पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस
पाेखरा | मंसिर १७, २०८०
पोखरा: “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएकोे छ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥याली सहित कार्यक्रम गरी मनाइएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको ¥याली पोखरा सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बन्ने बताउनुभयो । विगतमा के भए थाहा नभएन उहाँले भन्नुभयो,“महानगरले अव निर्माण गर्ने सबै संरचना अपांगमैत्री बन्छ ।” उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्ने तर्फ ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो । उहाँले महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गर्ने समेत बताउनुभयो ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने ब्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिनुुभएको छ । उहाँले समाजले अपांगता भएका ब्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका ब्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र ब्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले अपांगता भएका ब्यक्ति वा परिवार पाल्नुपर्ने महिलाहरुलाई उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउदै आएको बताउनुभयो ।
कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुर प्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, धनराज आचार्य हेमोफिलिया सोसाइटि गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना ब्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्चालका अध्यक्ष गंगा बहादुर खड्का अध्यक्षतामा भएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

