पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा:   पोखरा महानगरले उज्यालो अभियान अन्तरगत पोखरा बजार क्षेत्रमा २३ वटा हाइमास्ट र २ हजार ७ वटा सडकबत्ती (स्मार्ट लाइट) जडा गर्याे ।   मेयर धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामझामसहित विधिवत उद्घाटन गर्दै सञ्चालनमा ल्याए । त्यसयता अहिले रातको समयमा पोखरा झलमल्ल छ ।   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाको तथ्याङमा पोखरा क्षेत्रबाट ३५ करोड ८२ लाख रुपैयाँ महसुल बक्यौता छ ।   उज्यालो अभियान अन्तरगत जडित २३ हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइटको ८ लाख ७७ हजार बक्यौता देखिएको छ भने पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यक्षेत्रभित्र जडान भएका कुल सडकबत्तीको ११ करोड ७० लाख बक्यौता देखिएको छ ।      नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका अनुसार सो हाइमास्ट र सडक बत्तीका लागि पोखरामा ९० वटा मिटर जडान भएको छ ।      सोही मिटर अनुसार पोखरा महानगरको नाममा ८ लाख ७७ हजार महसुल बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका लेखा प्रमुख मनिराम पौडेलले बताए ।   ‘गत र चालु आर्थिक वर्षमा पोखराको सडकमा जडान भएका सडक बत्तीको लागि ९० वटा मिटर जडान भएको छ, उनले भने, ‘८ लाख ७७ हजार पोखरा महानगरको नाममा बक्यौता देखिएको छ भने बाँकी रकम अर्थमन्त्रालयमा मार्फत उर्जा मन्त्रालयमा रकम मिलान हुन बाँकी छ ।’ उनले कोरोना भाइरसको समयमा सरकारले घोषणा गरेको विभिन्न उद्योग, व्यक्ति, व्यवसायीहरुकोसमेत ११ करोड ५७ लाख बक्यौता रहेको बताए ।    यस्तै कोभिडको समयमा सरकारले अनुदान दिएको महसुलको रकमपनि प्राधिकरणसँग मन्त्रालयले हिसाब मिलान गर्न बाँकी रहेको पौडेलले जानकारी दिए ।   तिरेनन् महसुल, काटिइयो लाइन   नेपाल विद्युत प्राधिकरणले ६० औँ दिनसम्म बक्यौता रकम तिर्न समयसिमा निर्धारण गरेको छ । जसमा ६१ औं दिनबाट जुन पनि लाइन काटिन सक्ने प्राधिकरणले जनाएको छ ।    यस्तै समयसिमा भित्र बक्यौता रकम नतिर्ने कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास  तथा यातायात व्यवस्था मन्त्रालयको लाइन पोखरा मालेपाटन शाखाले लाइन काटेको छ ।    मालेपाटन शाखाका अनुसार कास्की कारागारमा प्राधिकरणका तीन वटा ग्राहक छन् । जसमा एक ग्राहकले १३ महिना र दुई ग्राहकको नाममा १० महिनाको बक्यौता बाँकी छ । लेखा प्रमुख पौडेलका अनुसार कास्की कारागारको तीन ग्राहकको नाममा १९ लाख ८७ हजार ४ सय रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कारागारमा बारम्बार बक्यौता तिर्न आग्रह गरिएपनि रकम नआएपछि लाइन काटेको प्राधिरणको भनाई छ ।    यस्तै गण्डकी प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको २७ हजार ६४ रुपैयाँ ९६ पैसा बक्यौता रहेको मालेपाटन शाखाको तथ्याङ्कमा उल्लेख छ ।   कसको बक्यौता कति ?   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका अनुसार सबैभन्दा बढी पोखराको हाइस्मार्ट र सडकबत्तीको बक्यौता छ ।    पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरणको कार्यक्षेत्र भित्र जडित कुल सडक बत्तीको ११ करोड ७० लाख, व्यक्ति (ग्राहक)को नाममा ७ करोड १५ लाख र उद्योग, व्यवसायीहरुको नामममा १ करोड २० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।    यस्तै अन्य बक्यौतामा ३ करोड १६ लाख गरेर कास्कीमा ३५ करोड ८२ लाख बक्यौता उठ्न बाँकी रहेको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।   कास्कीमा ९७ हजार ग्राहक रहेको मालेपाटन शाखाले जनाएको छ ।    नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकको लाईन काटेर १ करोड ३४ लाख ४३ हजार ८ सय ५७ रुपैयाँ बक्यौता असुली गरेको जनाएको छ ।  ***(सच्चाइएको)

पोखरा १७ छोरेपाटन क्षेत्रको पहिलो सहकारी इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।   साधारण सभाका प्रमुख अतिथि कास्की वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भेषराज उपाध्यायले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरु निति नियम अनुसार चल्न नसक्दा समस्यामा पर्ने गरेको वताउँदै सहकारले तोकेका निति नियमलाई अक्षरस पालन गर्नु पर्ने वताए ।   सोअवसरमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, समाजसेवी झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव बहुमुखी क्याक्पसका अध्यक्ष श्रीराम सुवेदी, सल्लाहकारहरु देवराज आचार्य र सुभाष ढुंगाना र शेयर सदस्य सीता वराल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।   सोही अवसरमा सल्लाहकारहरु भेषराज उपाध्याय र रघुनाथ अधिकारी, लेखा समिति संयोजक प्रा.डा. टंकराज अधिकारी, संचालक समिति सदस्य नानीबाबु ढकाल, समाज कल्याण उपसमिति सदस्य देवीबहादुर थापालाई सम्मान गरियो ।​उत्कृट कारोबारकर्ताहरु  भीमबहादुर÷अमृता थापा, नेटबहादुर÷देवी गुरुङ, दुर्गादत्त÷भगवती पोखरेल, छायाँदत्त भट्टराई, हरिप्रसाद लम्साल, रोशनप्रसाद श्रेष्ठ, मोहन खड्का, चित्रबहादुर पौडेल क्षेत्री, रविला शर्मा र लक्ष्मी गोदारलाई सम्मान गरिएको थियो भने कर्मचारी केशव ढकाल, उत्कृष्ट अंक सहित स्नातकोत्तर, स्नातक र कक्षा १२ उतिर्ण शेयर सदस्यका छोराछोरीहरु कुशल पौडेल, प्रदिप पौडेल, अस्मिता पहारी, अन्जना पहारी, संजीव कुमार खत्री, स्मिता अधिकारी, आँचल सुनुवार, डा. विपिन कुमार क्षेत्री, प्रतिमा श्रेष्ठ, सुजन लम्साल र सुदर्शन वराललाई सम्मान गरिएको थियो ।   सहकारीका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दु कार्कीले, सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमिति संयोजक दिपकराज वरालले र संचालन सचिव डिल्लिराम शर्माले गरेका थिए ।  

पोखरा:  पोखरा महानगरपालिका ४ मानवअधिकार चोकमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई ४६ हजार ९ सय ७५ रुपैयाँसहित कास्की प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा ४ मानवअधिकार चोकमा यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सी किराना पसलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ६ जनालाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने ३२ वर्षीय पसल सञ्चालक यमबहादुर गुरुङ, पोखरा १० फुलबारी बस्ने ३५ वर्षीय भोजबहादुर गुरुङ, रामबजार बस्ने ३२ वर्षीय गमाुन गुरुङ, पोखरा १ बगर बस्ने ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटन बस्ने ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारीपाटन बस्ने ४० वर्षीय शान्ति गुरुङलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका ६ जनालाई जुवा सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:   गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ । मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको आचार्यले बताए । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद् कोषबाट खर्च बेहोरिने भएको छ ।

पोखरा:    पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँठो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।    पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।   मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले  व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् ।  व्यापार भन्दा पनि प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । फुल आवश्यक परेमा वडा स्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न उहाँले अनुरोध पनि गर्नुभयो ।  पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।

पोखरा:    सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ । प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी वडा प्रहरी कार्यालय बैदामको आयोजनामा आज ४० जना पाइलटहरुको मापस जाँच गरिएको गरिएको हो ।  प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो । आज विहीबार पोखरा महानगरपालिका वडा नं. २३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मापसे। गरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ । सो अवसरमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र पाइलटहरुबीच सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।

पोखरा:    पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते प्रतियोगितामा ४ वटा इभेन्ट हुने आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।   प्रतियोगिता ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा तय छ । पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको श्रेष्ठले सुनाए । अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको उनले प्रष्ट पारे । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिन्छ । यस्तै, ५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ ।   यो प्रतियोगिता शान्ति स्तूप, भञ्ज्याङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपैदीमै आएर सकिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा आएर सकिनेछ । प्रतियोगिताका विजेता महिला र पुरुषले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने अवसर पाउने छन् । दोस्रो हुने महिला, पुरुषले १५ हजार र तेस्रो हुनेले ७ हजार नगद प्राप्त गर्ने छन् ।   प्रतियोगितामा धावक हरि रोकायालाई नगदसहित सम्मान गरिनेछ । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । प्रदान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए ।

पोखरा:  पोखरामा लागूऔषधसहित स्याङ्जाका दुई युवा प्रकाउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।  स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ«े मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । ।  प्रहरीले बरामद गरेको लागूऔषध नाईट्रोभ्याट यस्तै स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागूऔषधसहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागूऔषध बरामद गरेको हो  ।  प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।