पोखरामा ६ जुवाडे ४६ हजार रकमसहित प्रकाउ
पाेखरा | कात्तिक १९, २०८०
पोखरा: पोखरा महानगरपालिका ४ मानवअधिकार चोकमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई ४६ हजार ९ सय ७५ रुपैयाँसहित कास्की प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा ४ मानवअधिकार चोकमा यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सी किराना पसलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ६ जनालाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने ३२ वर्षीय पसल सञ्चालक यमबहादुर गुरुङ, पोखरा १० फुलबारी बस्ने ३५ वर्षीय भोजबहादुर गुरुङ, रामबजार बस्ने ३२ वर्षीय गमाुन गुरुङ, पोखरा १ बगर बस्ने ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटन बस्ने ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारीपाटन बस्ने ४० वर्षीय शान्ति गुरुङलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका ६ जनालाई जुवा सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

