प्रहरीले गर्‍यो दुर्गा प्रसाईंलाई सोधपुछ

काठमाडाैं | कात्तिक १९, २०८०

प्रहरीले गर्‍यो दुर्गा प्रसाईंलाई सोधपुछ

नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ।

 

प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।

 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए। 

 

‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्