कांग्रेस सांसदले १५ दिन बराबरको तलब भूकम्पपीडितलाई दिने

काठमाडाैं | कात्तिक १९, २०८०

कांग्रेस सांसदले १५ दिन बराबरको तलब भूकम्पपीडितलाई दिने

नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोगस्वरुप उपलब्ध गराउनुहुने भएको छ ।

 

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो ।

 

प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट गरेको उल्लेख छ । बैठकले विनासकारी भूकम्पका कारण जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । 

पोखरा:    पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता हुने भएको छ ।  पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म भेट्रान्...

थप पढ्नुहोस्

चितवन:   चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ।   ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो। ...

थप पढ्नुहोस्

तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री श...

थप पढ्नुहोस्