वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ: मुख्यमन्त्री अधिकारी
पाेखरा | बैशाख ३१, २०८१

पोखरा: नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ ।
सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो ।
पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू नै भौतारीदा समस्या देखिएको उहाँको भनाई छ । ‘म कसैको टिप्पणी गर्न चाहन्न, यत्रो त्याग तपस्या र समर्पणबाट यहाँसम्म आउनुभएको छ, निरन्तर त्यसमा निष्ठापूर्वक लाग्नुभएको छ, र, पुष्पलालको बाटो ठिक हो भनेर हामी हिडिरहेका छौँ, तर भौतारीयाँै, भङ्गालै भङ्गाला हिड्नुपर्ने कारण के ?’, उहाँको प्रश्न थियो ।
कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभएपनि कार्यनीतिका कारण पछाडि परेको उहाँले बताउनुभयो । ‘हामी कार्यनीतिका कारण पछाडि प¥यौँ, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा जान्छौँ त्यसको विश्लेषण गरौँ’ उहाँको आग्रह थियो ।
इतिहासको बखान गरेर मात्र रमाउन कम्युनिष्टहरू नहुनेमा उहाँको जोड छ । ‘कम्युनिष्टहरूले इतिहासको भजन कीर्तन गरेर बस्ने होइन वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो’ उहाँले भन्नुभयो ।
यसभन्दा अगाडिसम्म कम्युनिष्टहरूले सिद्धान्तको आधारमा संगठन गर्ने तथा त्यो संगठन संर्घषको लागि हो भनेर भन्ने गरेकोमा अहिले त्यसमा शैली र मनोविज्ञान थप्नुपर्ने अवस्था आएको उहाँले थप्नुभयो ।
कार्यशैली र व्यक्तिको मनोविज्ञानले समेत लक्ष्यलाई असर पु¥याउने गरेको अनुभव उहाँले सुनाउनुभयो ।
पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा बाम बुद्धिजिवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारी टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्कीका इज्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनिष भट्टराईले समेत पुष्पलालको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्य प्रसाद पौडेलले गर्नुभएको थियो ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...