महानगरद्वारा ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ मा सूचिकृत हुन आह्वान
काठमाडाैं | कात्तिक १९, २०८०
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचिकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ ।
महानगरको सामाजिक विकास विभागले आइतबार सूचना प्रकाशन गरेर आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगरको गौरव योजनाको रुपमा रहेको सो योजनाले महानगरका बासिन्दालाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने, विभिन्न पेशा, रोजगारमा आबद्ध बनाउने तथा आर्थिक रुपमा सशक्त बनाउन विविध सीप विकास कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।
महानगरपालिकाको वेब साइटमा रहेको सूचनामा फाराम भरी एक हप्ताभित्र आवेदन पेश गर्न सम्बन्धित सामाग्री यसै सूचनासँग सार्वजनिक गरेको छ । महानगरपालिकाको स्थायी बासिन्दा, फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा, करदाता वा महानगरभित्र बसोबास गर्ने १८ वर्ष पुरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिकले यसका लागि सूचीकृत हुन सक्ने सामाजिक विकास विभागले जनाएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

