पोखरामा पुष्प मेला सुरु

पाेखरा | कात्तिक १७, २०८०

पोखरामा पुष्प मेला सुरु

पोखरा:    पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँठो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । 

 

पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

 
मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले  व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् । 


व्यापार भन्दा पनि प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । फुल आवश्यक परेमा वडा स्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न उहाँले अनुरोध पनि गर्नुभयो । 


पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्