फलोअप: हाइमास्ट र स्मार्ट लाइटको महसुल तिर्न महानगरलाई दुईपटक पत्र

पाेखरा | कात्तिक २०, २०८०

फलोअप: हाइमास्ट र स्मार्ट लाइटको महसुल तिर्न महानगरलाई दुईपटक पत्र

पोखरा:   पोखरा महानगरपालिका भित्र जडान भएका २३ वटा हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइट उद्घाटन भएर बलेको मितिले दुई महिना नाघेको छ ।

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौ १७ गते औपचारिक उद्घाटन गरेका थिए । 
 

कानूनी व्यवस्थानुसार समयसिमा नाघेको ६० दिनपछि जुनसुकैबेला पनि लाइन काट्न पाउने प्राधिकरणलाई अधिकार छ । 

 

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा पोखराको मुख्य चोकमा २३ वटा हाइमास्ट र न्यूरोड र छोरेपाटन–विरौटा सडकखण्डमा गरेर २ हजार ७ वटा सडक बत्ती (स्मार्ट लाइट) जडान गरिएको थियो ।

 

पोखराका मुख्य चोक र न्यूरोड र छोरेपाटन–विरौटा सडकखण्डमा जडान भएको हाइमास्ट र स्मार्ट लाइट (सडकबत्ती)को महसुल तिर्न नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाले ८ दिन अगाडी नै पोखरा महानगरपालिकालाई पत्र काटेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए । 

 

सो पत्रमा भनिएको छ, ‘राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाबाट मास्ट लाईट तथा सडक बत्ती प्रयोजन लागि यस कार्यालयका पोखरा महानगरपालिकाको नाममा रहेको ग्राहकहरुमा जाडन इनर्जि मिटरमा पोखरा महानगरपालिका क्षेत्र भित्र सडक बत्ती प्रयोग गरे बापत आर्थिक वर्ष ०७९/०८० देखि ०८० असोज मसान्तसम्म ८ लाख ७७ हजार ८ सय ९८ रुपैयाँ भुक्तानीको व्यवस्थाको लागि अनुरोध छ ।’

 

सूचना अधिकारी भुवाजीका अनुसार मिटर रिडिङ भएको ६० औँ दिनसम्म महसुल नतिरे लाइन काट्न पाइने प्रावधान छ ।

 

 

‘नेपाल विद्युत प्राधिकरणको प्रावधानमा मिटर बिलिङ्ग भएको ६० औँ दिनसम्म महसुल नतिरे ६१ औँ दिनबाट जुन दिनपनि लाइन काट्न सक्ने व्यवस्था छ, सूचना अधिकारी भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘महसुल नतिर्ने ग्राहकको लाइन काट्न यो त्यो भन्ने हुँदैन ६० दिनभित्र महसुल नतिरे जसको पनि जतिबेला लाइन काटिन्छ ।’

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले पोखरा महानगरपालिकालाई पत्र काटेको ७ दिनभित्र बक्यौता भुक्तानी गर्न समय दिएको छ तर ८ दिन बितिसक्दा पनि महानगरले बक्यौता भुक्तानी गरेको छैन । 

 

पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी भुवाजीले बक्यौता भुक्तानीको विषयमा पोखरा महानगगरसँग छलफलको चरणमा रहेको बताए । 

 

‘पोखरा महानगरको ग्राहकमा नाममा हाइमास्ट र स्मार्ट बत्तीको नाममा ८ लाख ७७ हजार बक्यौता देखिएको छ’, उनले भने, ‘बक्यौता भुक्तानी गर्ने विषयमा महानगरमा पत्र पठाएका छौं, महानगर प्रमुखसँग छलफल भएपछि मेयर साब पोजेटिभ हुनुहन्छ ।’

 

यस्तै पोखरा वितरण केन्द्रले यसअघि पनि पोखरा महानगरपालिकालाई भदौ ७ गतेपनि सडक बत्तीको बक्यौता भुक्तानी गर्न पत्र काटेको थियो ।

 

महानगरलाई पठाएको पहिलो पत्र

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको तथ्याङ्क अनुसार आफ्नो कार्यक्षेत्रभित्रका सबै सडकबत्तीको बक्यौता कुल रकम ११ करोड ७० लाख रहेको छ भने सो मध्ये पोखरा महानगरको नाममा २३ वटा हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइटको महसुल ८ लाख ७७ हजार ८ सय ९८ रुपैयाँ रहेको छ । 


 

यो पनि पढ्नुहोस

 

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ ।  प्र...

थप पढ्नुहोस्

पोखरा:     गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगी...

थप पढ्नुहोस्

पोखरा:     मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ ।  प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी व...

थप पढ्नुहोस्