आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने
पाेखरा | कात्तिक २१, २०८०

पोखरा: बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले भूकम्प पीडित लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
भूकम्प पीडितहरुकालागि सहयोगको भावना जागृत गराउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गएको कात्तिक १७ गते शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको थियो ।
अहिले सो क्षेत्रका लागि देशभरबाट राहातहरु जुटिरहेको छ भने उद्धारमापनि सुरक्षाकर्मीहरुसँगै निजी क्षेत्रका व्यक्तिहरु खटिरहेका छन् ।
यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेजका अध्यक्ष योगश उप्रेतीले बताए ।
‘गएको शुक्रबार मध्यरात गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ’, अध्यक्ष उप्रेतीले भने, ‘विपद्को समयमा पीडितसमक्ष सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’
कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हाद्धिक श्रन्दाजली व्यक्त गर्दै घाइते भएकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले हाल काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा कलेज सञ्चालन गरिरहेको छ ।
आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रमपनि थप गरेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...