आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने
पाेखरा | कात्तिक २१, २०८०
पोखरा: बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले भूकम्प पीडित लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
भूकम्प पीडितहरुकालागि सहयोगको भावना जागृत गराउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गएको कात्तिक १७ गते शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको थियो ।
अहिले सो क्षेत्रका लागि देशभरबाट राहातहरु जुटिरहेको छ भने उद्धारमापनि सुरक्षाकर्मीहरुसँगै निजी क्षेत्रका व्यक्तिहरु खटिरहेका छन् ।
यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेजका अध्यक्ष योगश उप्रेतीले बताए ।
‘गएको शुक्रबार मध्यरात गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ’, अध्यक्ष उप्रेतीले भने, ‘विपद्को समयमा पीडितसमक्ष सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’
कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हाद्धिक श्रन्दाजली व्यक्त गर्दै घाइते भएकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले हाल काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा कलेज सञ्चालन गरिरहेको छ ।
आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रमपनि थप गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

