नागढुंगाको युनिक होटलमा भिमादकी सुकु मृत फेला, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा
मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा
पाेखरा | मंसिर ६, २०८०

पोखरा: पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् ।
नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् ।
युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ ।
‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने, ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’
कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा
मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए ।
उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’
उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए ।
‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’
मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...