नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडाैं | मंसिर ६, २०८०

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ।

 

जडिबुटीस्थित एक ब्याङ्क्वेटमा बस्ने केन्द्रीय समिति बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ।

 

नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्।


गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्