त्रिशक्ति समाज सेवाको साँस्कृतिक कार्यक्रम, इन्फ्लेमको कन्सर्टमा झुम्यो सिम्पानी
पाेखरा | मंसिर ५, २०८०
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा त्रिशक्ति समाज सेवा क्लबले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शुभ दिपावलीको अवसरमा क्लबले आयोजना गरेको दोस्रो संस्करणको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै वडाध्यक्ष प्रधानले क्लबले सामाजिक क्रियाकलापसँगै वडाको विकासमा सहयोग पुर्याएको बताए ।
उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने सुझाव दिदै क्लबको सकरात्मक कार्यमा सधै साथ र सहयोग गर्ने धारणा राखे ।
यस्तै विभिन्न समुदायको कला संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा क्रिस्टल क्लजले नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो । कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।


पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

