सहारा क्लबको देउसी भैलोबाट ९ लाख संकलन
५५ हजार भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने
पाेखरा | मंसिर ९, २०८०
पोखरा: पोखराको सहारा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
क्लबले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम सहयोग गरेको क्लवका अध्यक्ष केशवराज बरालले बताए । नेपालमा हुने यस्ता ठुला विपदसंग सामना गर्न सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ ।
क्लबले आयोजना गरेको ५ दिने देउसी भैलो कार्यक्रमबाट ९ लाख ४८ हजार ६ सय ७५ रुपैया संकलन भएको क्लबले जनाएको छ । बचत भएको उक्त रकम सहारा फुटवल एकेडेमीको लागि खर्चिने भएको महासचिव अधिकारीले बताए । एकेडेमीमा हाल १२ जना बालकहरु रहनु भएको छ । क्लबले ३० जनाको एकेडेमीको व्यबस्थापन गरेको छ भने बाँकी केहीको लागि भर्ना लिने प्रकृयामा रहेको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

