१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

पाेखरा | मंसिर ६, २०८०

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

पोखरा:    युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो ।


बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय  स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।  


सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफुहरुको साथ र सहयोग रहने गुरुङको भनाइ रहेको थियो । 


त्यस्तै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम संगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । 


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवदेखीनै गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्दै आइरहदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सहित गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । 


सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्त सम्म हुने उल्लेख छ ।  

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्