ढोरपाटनलाई खेल पर्यटन मार्फत प्रवद्र्धन गर्न चाहन्छौ: केन्द्रिय महासचिव थापा
पाेखरा | मंसिर ६, २०८०
पोखरा: गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा यहि मंसिर ८ देखि ९ गतेसम्म ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुदैछ । खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको बृद्धिविकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकाससंगै ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफÞ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यकासाथ बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको हो ।
नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ (आईटीएफ) को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा आयोजना गरिएको सेमिनारमा देशका विभिन्न जिल्ला र प्रदेशबाट करिब ४ सय खेलाडीको सहभागिता हुदैछ । यसैविषयमा कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघका केन्द्रिय महासचिव घम थापासंग गरिएको छोटो कुराकानी ।
सेमिनारबाट के अपेक्षा गरिएको छ ?
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघसँग आबद्ध खेलाडी र प्रशिक्षकको प्राबिधिक ज्ञानको अभिबृद्धि गर्न यस्ता खाले प्रशिक्षणको निरन्तर आवश्यक पर्दछ । यस्तै खेलकुदका गतिविधिहरु ग्रामिण क्षेत्रमा गर्न सके यसको पहुँच र बिकास गर्ने मद्धत पुग्नेछ भन्ने हाम्रो विश्वास छ । साथै देशभरीबाट त्यहाँ आएका हाम्रा खेलाडीहरुलाई प्रशिक्षणकै क्रममा ढोरपाटन जस्तो सुन्दर स्थानको अवलकन गराउने पनि हाम्रो चहाना हो । ढोरपाटन म आफु जन्मिएको स्थान पनि हो,अनि म व्यवसायिक रुपमै खेलकुदको विकासमा लागि परेको व्यक्ति हुनाले यस स्थानलाई खेल पर्यटन मार्फत विकास र प्रवद्धन गर्नुपर्छ भन्ने उद्धेश्यले यस सेमिनारले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छु ।
बागलुङ खेलाडी उत्पादन गर्ने उर्वर जिल्ला पनि हो, खेलाडीहरुको अवस्था कस्तो छ ?
हाम्रा खेलाडीको प्राविधिक ज्ञानको अबस्थाको कुरा गर्ने हो भने देशैगरि नै राम्रा मान्नुपर्दछ । साउथ एसियामा पदकका हिसाबले हेर्ने हो भने आईटिएफ तेक्वान्दो विधा दोस्रो स्थानमा छ । एसियाकै दृष्टिकोणबाट नियाल्ने हो भने पनि हामी पदक जित्ने क्षेमता राखदछौ । तर विश्व प्रतियोगितामा हाम्रो प्रदर्शन कमजोर छ । भविष्यमा नेपालका लागी पदक जित्ने हाम्रो मिसन हो । यस्लाई नै मध्यनजर गरेर हामीले समय समयमा अन्तराष्ट्रिय प्रशिक्षकहरु मार्फत हाम्रा खेलाडीहरुलाई प्रशिक्षण दिईरहेका हुन्छौ । बागलुङ जिल्लाको हकमा प्राबिधिक तर्फ धेरै राम्रो ज्ञान भएका खेलाडी छन् । आर्थिक अबस्थाको कुरा गर्ने हो भने हाम्रा प्रशिक्षकहरुले क्लव सञ्चालन गरेर वा स्कुलहरुमा प्रशिक्षण गरि आफ्नो आधारभुत आवश्यक्ता पूरा गर्ने क्षेमता राख्नु हुन्छ जसका कारण यो विधाका खेलाडीहरु व्यवसायीक रुपमा खेल क्षेत्रमा आवद्ध रहेका धेरै छन्,यस गतिविधिले म र हाम्रो महासंघ खुसी र गर्भ गर्दछ ।
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अबस्थाको कुरा गर्ने हो भने हाम्रा खेलाडीहरुलाई पर्याप्त अवसर सिर्जना भएको छ । फलस्वरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता भएका छन् । र समाजमा आत्मासम्मानित भएर बाचेका छन् । उनीहरू जिल्ला प्रदेश र केन्द्रीय तहसम्म नेतृत्व गर्ने सक्षम छन्,त्यस प्रति गर्भ लाग्दछ ।
यद्यपी यति भनिरहदा राजनैतिक र संगठनात्मक चेतनामा भने कमजोर नै छ । त्यस कारण धेरै ठाँउमा चुक्नुपर्ने अवस्था रहेको छ । तर खेलाडी र प्रशिक्षकले राजानिति गर्नु पर्दछ भन्ने मेरो मान्यता होइन । खेलाडी तथा प्रशिक्षकमा नेतृत्व बिकास हुनु पर्दछ र नेतृत्व बिना कुनै क्षेत्रको बिकास रुपान्तरण सम्भव छैन र दिगो हुदैन भन्ने मेरो बुझाइ हो। तर समाजमा खेलकुदको महत्व र शिक्षा को अभाव छ । जसकारण खेलाडी तथा प्रशिक्षकले समाज र राज्यबाट पर्याप्त साथ सहयोग पाएको छैन,त्यो सत्य कुरा हो । त्यसर्थ कठिनाइ पनि छ । संख्यात्मक रुपमा देशैभरी हाम्रो विधामा करिव २० हजार खेलाडी छौ ।
तपाई खेलाडी भएर खेल्न सुरु गरेदेखि अहिले यो पदमा रहेर काम गरिरहदा समाजको सोचमा कतिको परिवर्तन पाउनु भएको छ ?
म खेलकुद क्षेत्रमा लाग्दा बिशेष गरेर मार्शलआर्ट खेलकुद प्रति समाजको दृष्टिकोण गलत थियो । मार्शल अर्थात गलत उद्धेश्यले खेलिन्छ भन्ने बुझाइ थियो । खेलकुदले युवायुवती विग्रन्छन भन्ने बुझाइ थियो । ग्रामीण क्षेत्रको कुरा त के कुरा गर्ने विकसित सहरहरुमा पनि त्यस्तै सोच थियो । तर अहिले सोच बदलिएर अहिले खेल स्वास्थ,अनुशासन, मनोरञ्जन लगाएतका दृष्टिकोणले ठिक छ सिक्नु पर्दछ भन्ने चेतना सम्म आईपुगेको छ समाज,तर खेलको भावना,मर्म ,मार्ग दर्शन र यसले व्यक्ति , समाज र देशलाई पुर्याउने सकरात्मक योगदान बारे अनविज्ञ नै छ । यी सवै समस्याका समाधानको हुन्छ भन्ने लक्ष्य लिएर यो सेमिनार ढोरपाटन जस्तो स्थानमा गर्न लागिएको हो ।
स्टेफन हकिनले दोस्रो विश्व युद्धको समयमा बेलयातमा जन्म लिए पछि उनका बुवा आमाले उनलाई स्कुल भर्ना गरिदिए । र उनि स्कुलमा सधैं दोस्रो र अन्तिम हुन्थे । तर उनको चाहना र क्षमता अन्तै हुन्थ्यो । पछि उनि विश्व प्रसिद्ध वैज्ञानिक हुन सफल भए । त्यसैले बालबालिकाको क्षमता र चहाना बिभिन्न क्षेत्रमा हुन सक्छ र त्यस क्षेत्रबाट आफ्नो जीवन मात्र होइन समाज र देश लाई नै रुपान्तरण गर्न सक्दछ्न भन्ने कुरा पनि सामाजले बुझ्न आवश्यक छ ।
कार्यक्रम गर्ने मात्रै गर्नुहुन्छ कि यसको प्रभावकारीताका विषयमा अनुगमन गर्ने गर्नु भएको छ ?
मेरो बुझाइ कार्यक्रम बिना खेलाडी प्रशिक्षक र खेल पनि दिगो बिकास र भविष्य छैन । कार्यक्रमले नै निखारता ल्याउछ । कार्यक्रमले सङ्गठनलाई र सङ्गठनमा आबद्ध सदस्यलाई चलयमान र गतिशिल गराउदछ । अवसर प्रदान गर्दछ । यो प्रक्रिया निरन्तर हुनु पर्दछ भन्ने कुरामा म सय प्रतिशत विश्वस्त छु । त्यही बुझाइको धरातलबाट म यहाँसम्म आइपुगे को हुँ। त्यही सिकाई र कर्मबाट हामीले खेलाडी उत्पादन, खेलको दिगो बिकास लगाएतका उपलब्धि हासिल गर्न सफल भएका हौ। त्यसर्थ हामीले गरेका कार्यक्रम कृत्रिम हुदैन । कार्यक्रम पश्चात यसको रिजल्टमा पनि अनुगमन गर्ने गरेका छौ ।
व्यवसायीक खेलाडी बन्नका लागि सम्भावना र चुनौति केके छन् ?
व्यवसायी खेलाडी बन्नको लागी धेरै सम्भावना छ । यस्तै सम्भावनाहरुलाई पछ्याउदै अहिले सम्म म यो क्षेत्रमा क्रियाशिल छु । यसको लागी सम्बन्धित खेल संघ र त्यस संघको नेतृत्व र त्यसले लिने कार्ययोजना नीति तथा कार्यक्रममा भर पर्दछ । हामीलाई सामाजिक तथा राजनैतिक साथ आवश्यक पर्दछ । त्यसको लागी खेलकुद सम्बन्धि चेतना र दिगो बिकासको लक्ष्य आवश्यक छ । चुनौतिको कुरा गर्दा सरकारले खेलाडीहरुको लागि रचनात्मक कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन र यस क्षेत्रलाई विट मार्ने गरेका छन्,यो निकै दुखद कुरा हो ।
खेलाडी र खेलकुद विकासका लागि गरिने यस्ता कार्यक्रमहरु आयोजना गर्न आर्थिक जुटाउन कत्तिको चुनौति छ ?
यहाँले गरेँको प्रश्न निकै सान्दर्भिक छ, रहेक कार्यक्रमको आयोजना गर्न आर्थिक पक्ष मूख्य चुनौतीका रुपमा रहेको छ । अहिले सम्म हामीले जतिपनि खेलाडी र खेलकुद क्षेत्रमा कार्यक्रमहरु गर्दै आएका छौ यो सवै स्थानीय सरकार, खेलकुदका विभिन्न निकय, हाम्रा व्यक्तिगत सुभचिन्तकको सहयोग तथा संघको आन्तरिक स्रोतबाट नै सम्भव भएको छ । हरेक कार्यक्रमको एउटा लक्ष्य र मिसन हुन्छ र हुनु पर्दछ । हामीले गर्ने कार्यक्रम पनि मिसन र लक्ष्य बिनाको हुदैन भन्ने लग्छ । त्यसैले हामीले अहिलेसम्म कार्यक्रमहरु सफल बनाउन सम्भाव भएको छ ।
राज्यका तिनै तहका सरकारबाट अहिलेसम्म कति साथ पाउनु भएको छ र अपेक्षा राख्नुहुन्छ ?
अहिलेसम्म मेरो व्यक्तिगत पहल र संघको तर्फबाट प्रयास गरिएको हो । जसबाट राम्रो परिणाम आईरहेको छ,समग्रमा सरकारले सोचे अनुसार साथ त दिएको छैन तर पनि अवको नीतिमा सरकारले खेलाडी र खेल क्षेत्रलाई देशको अर्थतन्त्रसंग जोड्न आवश्यक छ । खेल पर्यटन मार्फत हामीले पनि महत्वपुर्ण जिम्मेवार निभाउन सक्छौ भन्ने सरकारले विश्वास गरिदिनुपर्दछ । देशभरिका कुरालाई मूल्यांकन गर्ने हो भने हामीले इमानदारी पूर्वक गरेका काम, हाम्रो योजना तथा कार्यक्रम र त्यसको उद्धेश्य र खेल बिकासमा गरेका परिवर्तन र उपलब्धिबारे बुझेर मूल्यांकनका आधारमा पर्याप्त साथ सहयोगको अपेक्षा गर्दछु ।
गण्डकी: मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनक...
पोखरा: पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...
झापा: नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो...