सर्वोच्चको आदेशपछि रिगल प्रकाउ

काठमाडाैं | कात्तिक १६, २०८०

सर्वोच्चको आदेशपछि रिगल प्रकाउ

काठमाडौं:    सर्वोच्चको आदेशलगत्तै रिगल भनिने योगराज ढकालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।


सर्वोच्चको आदेशलगत्तै रिगल भनिने योगराज ढकाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो। तर उनी आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। 


राष्ट्रपति रामचन्द्र पौडेलबाट पाएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचाल गरिएको थियो।


राष्ट्रपतिले दिएको आममाफीविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्। 


बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा। कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरिदिएको हो।


सर्वोच्च अदालतले रिगल ढकाललाई बाँकी कैद सजाय कम गर्ने वा कट्टा गर्नेगरी भएको निर्णय समेत नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको हक प्रतिकूल रहेको उल्लेख गरेको छ। प्रत्यर्थीहरूले यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्त र दिइएको आदेश अनुकूल काम कारवाही गरेको नदेखिएकाले संविधानको धारा १२८ को उपधारा (४) प्रतिकूल काम कारवाही भएको समेत देखिएको र यसका अतिरिक्त, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (५), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ को त्रुटिपूर्ण रूपमा प्रयोग गरेको आदेशमा उल्लेख छ। 


रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरु बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपूर, नेपालगञ्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी देखिएको ११ वर्ष, ११ महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्न सर्वोच्चले परमादेश जारीसमेत गरेको छ। 

 

साभार अन्नपूर्ण 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्

विराटनगर:    दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्‍याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...

थप पढ्नुहोस्

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...

थप पढ्नुहोस्