निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पाेखरा | मंसिर १६, २०८२

निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।


डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 


पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले पुरस्कार घोषणासँगै अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ ।


कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए । पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई थियो । पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था मगरले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘आफ्नै अगाडि धेरै पुरस्कार केही वर्षमा वितरण गर्न रोकिएको उदाहरण देखिरहेका छौं, अब अक्षयकोष स्थापना भइसकेपछि निट डेण्टल पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने छ,’ उनले भने ।


निट डेण्टल पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारलाई मात्र नभएर अन्य समुदायका पत्रकारलाई समेत समेट्दै अगाडि बढ्ने संघीय सचिव आस्थामगरको विश्वास छ । यो पुरस्कार पोखरा वा गण्डकी प्रदेशका पत्रकारहरुमा मात्रै्र सीमित नगरेर देशभरीका पत्रकारलाई सम्मान गर्ने गरेर स्थापना गरिएको उनले जानकारी दिए ।

 

बागलुङ:  तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्त...

थप पढ्नुहोस्

पोखरा:  पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् ।  स्नातक तहमा आमसञ्चार तथा पत्र...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ता...

थप पढ्नुहोस्