शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न एमालेको निर्देशन

काठमाडाैं | मंसिर ६, २०८०

शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न एमालेको निर्देशन

काठमाडौं:    नेकपा (एमाले)ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 


बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको छ । राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ । त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ ।”


यसैगरी, उनले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिए । उनले भने, “मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ । यो महत्त्वपूर्ण निर्णय हो ।”


सो दिन बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर पदयात्रा सुरु हुने उनको भनाइ छ । यसैगरी, जाजरकोट र रुकुमपश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रमा आवासविहीनलाई राज्यले उचित ध्यान दिन नसकेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको पनि उनले बताए । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्