खेलकुद पत्रकार मञ्च गण्डकीले गर्‍यो पूर्व अध्यक्ष घलेको स्वागत

पाेखरा | कात्तिक १०, २०८०

खेलकुद पत्रकार मञ्च गण्डकीले गर्‍यो पूर्व अध्यक्ष घलेको स्वागत

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो ।


पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गरें । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए ।


मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उनले गरें । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उनले भने ।


खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाए ।


मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराए ।


यसैबिच यहीं कार्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाए । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्