‘एक्सिस’ ब्याण्डले पोखरामा एक दशकपछि आज प्रस्तुती दिदैं

पाेखरा | असोज २५, २०८०

‘एक्सिस’ ब्याण्डले पोखरामा एक दशकपछि आज प्रस्तुती दिदैं

पोखरा:    नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा आज बिषेश प्रस्तुतीः राख्ने भएको छ । आज बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो । 


पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली आज बिहान पोखरामा आइपुगेको आयोजकले जनाएको छ । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो, त्यो हाम्रो टिमले अवश्य पाउने छ । ” 


किङसमा एक्सिस व्याण्डको प्रस्तुतीः सहित किङस हाउस व्याण्ड र डि।जे। गरी तीन चरणको कार्यक्रम हुने भएको किङसका लाउन्ज पोखराका संचालक धुर्व केसीले बताउनु भयो । बेलुका करिब ७ः१५ बजे देखि आफ्नै ब्याण्ड किङस हाउस ब्याण्डको प्रस्तुतीले सुभारम्भ भएको माहोलमा बेलुका करिब ९ः३० बजे पछि नेपालकै चर्चीत ब्याण्ड एक्सिसको बिषेश प्रस्तुती रहने भएको उहाँले जनाउनु भयो । युवा बर्गलाई आकषर्ण गर्न ब्याण्डको साथमा डि।जे।को समेत प्रस्तुती रहने भएको केसीले बताउनु भयो । कोभिड १९ बाट प्रभावित भएको पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा उक्त कार्यक्रमले थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।


सन् २००३ मा संगठित भएको उक्त व्याण्डले २००४ मा ब्ल्याक एण्ड ह्वाइट मार्फत पहिलो एलबम बजारमा ल्याएको थियो । त्यसै गरी २००९ मा माफ गरिदेउ र २०१७ मा गाउँ घर गरी तीन एलबम श्रोता तथा दर्शक माझ ल्याएको छ । त्यसै गरी उक्त व्याण्डले ल्याएको एलबममा अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, तिमी फेरी आउन, हे मोरी, एक चोटी लगायतका चर्चीत गितहरु रहेका छन्। उक्त व्याण्डका चर्चीत भोकलिष्ट सन्दिप विश्वकर्मा रहनु भएको छ । 


यसैबिच, एक्सिसले हालै पाइला एलबम बजारमा ल्याएको छ । उक्त एलबम पाइला आफ्नो अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरेको हो ।

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्