गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका र नृत्य तर्फ करिना लाई

काठमाडाैं | असोज २८, २०८०

गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका र नृत्य तर्फ करिना लाई

पोखरा: गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका बि.घिमिरे जितेकि छन् भने नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी हुन् । उपाधि सगै दुबैले नगद २० ÷२० हजार र ट्रफि प्राप्त गरे । 


नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुबै तर्फ ४ ÷४ जना सहभागिलाई पछि पार्दै उपाधि जित्न सफल भएको कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले जानकारी दिए । उपाधि हात पार्ने कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ अध्ययनरन हुने भने, करिन पोखराको बिन्दाबासिनी मा.बिमा अध्ययनरत रहेकी छन् ।


यस्तै गायन तर्फ रोहित बि.क दोस्रो, महिमा खड्का तेस्रो दिपक परियार चौथो र कृपा गुरुङ पाचौ भए भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए । नृत्य तर्फ समिर बिश्वकर्मा दोस्रो,रितु क्षेत्री तेस्रो,सिमा सुनार चौथो र पूजा बस्तोला पाचौँ भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।  


प्रतियोगिताको वेष्ट प्रफमर दिपक परियार भए भने भिवर च्वाइसमा कृपा गुरुङले स्थान बनाइन् । गायन तर्फको निर्णयकमा बिनोद बानिया,आरजु बिष्ट सल्यानी,र सबिना सुनाम रहेका थिए ।  त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार,मिलन नेपाली,रोशनी छिनाल थिए । 


कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदश्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो।  कार्यक्रममा होटल शाराका प्रबन्धक सि.पि सुवेदीले कार्यक्रमले लोप हुन लागेको संस्कृतीलाई जोगाउन सफल बताए । कार्यक्रम निर्देशक देबेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । 


नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।  


 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्