पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखरा:  कर तिर्नेलाई कदर गर्ने नीतिका साथ पोखरा वडा नंं ९ कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने दुई संस्थालाई सम्मान गरेको छ । वडा स्थित पोखरा ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मानपत्र र मायाको चिनो दिएर कदर गरेको हो । पोखरा वडा नंं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले नियमित कर तिर्ने दुई संस्थालाई गरिएको सम्मान करदातालाई उत्साहित गर्ने अभियान रहेको बताए । ‘राज्यले कर लिने मात्र होइन, व्यवसायीलाई उत्साहित गर्नका लागि सम्मान गर्न पनि यस्ता कार्यक्रम जरुरी छ । त्यसैले हामी करदाताकै कार्यालयमा स्वयं उपस्थित भएर सम्मान गरेका हौँँ ।’ वडा अध्यक्ष मर्सानी नेतृत्वको टोली प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिलाई साथै लिएर करदाताकै कार्यालयहरुमा पुगी सम्मान गरेको हो । अध्यक्ष प्रजापति, वडाध्यक्ष मर्सानीले ओम हस्पिटल प्रालिका अध्यक्ष डा. मुकुन्दप्रसाद आचार्यलाई र गोशली हाउसका अध्यक्ष शुशिल कुमार गोशलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे । पोउवा संघ अध्यक्ष प्रजापतिले मुलुक चलाउनका लागि अर्थतन्त्र मूल आधार भएकाले करको दायरालाई फराकिलो बनाउँदै सबैलाई कर प्रणालीमा सहभागी गराउनुपर्नेमा जोड दिए । व्यवसायीसमेत रहेका प्रजापतिले करको दर नभई दायरालाई बढाउनुपर्ने धारणा राखे । व्यवसायी मैत्री कर प्रणालीलाई ध्यान दिँदै मित्रवत् व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए । वडासचिव कुलराज पौड्यालले करदातालाई करको दायरामा समाहित गराउनका लागि कर शिक्षा जरुरी रहने भएकाले वडाबासीलाई सचेत गराइने बताए । सबैभन्दा बढी व्यवसाय शुल्क तिरेर सम्मानित करदाता ओम हस्पिटलका अध्यक्ष डा. मुकुन्द आचार्यले पहिलो पटक घरदैलोमै आएर वडाले सम्मान गर्दा स्थानिय सरकार रहेको अनुभूति भएको बताए । सबैभन्दा बढी एकीकृत सम्पति कर बुझाउने गोशली हाउसका शुशिल कुमार गोशलीले कर तिर्दा मुलुक सञ्चालन र विकास निर्माणमा सहयोग पुग्ने भएकाले सबैले कर तिर्नुपर्ने बताए । व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम यसैबीच, वडाले राजश्व अभिवृद्धिका लागि व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम पनि गरेको छ । अध्यक्ष, सचिव, जनप्रतिनिधिहरू भावना श्रेष्ठ, गीता चर्माकार, नन्दराम गिरी, लक्षमी पहारीसहितको वडाको टोली पसल पसल पुगी व्यवसाय दर्ता भए नभएको अनुगमन गरी नगरेको खण्डमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।  

पोखरा:   भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि सत्तारुद दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखरामा वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ ।  अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको लखनचोकमा आज (बुधबार)देखि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो ।      अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका सचिव सुमन सुवेदी (लेनिन)ले पोखराको विभिनन क्याम्पस र चोकचोकमा भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको बताए ।  वृहत हस्ताक्षर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय सापकोटाले भ्रष्टाचारको विषयमा कुनै पनि राजनीतिक दलका नेताहरु मुछिएको भए कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।  ‘भ्रष्टाचार र तस्करको विषयमा कुनैपनि राजनीतिक दलका नेताहरु मुछिए खुट्टा नकमाएर सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताहरु सुशासनको पक्षमा सरकारलाई हातमा हात मिलाएर साथ दिन तयार छौं । भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि अनेरास्ववियू (क्रान्तिकारी) कास्कीले १० दिनसम्म हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ ।   

पाेखरा:  देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।   जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।   पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ ।   पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।   “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उनले भने, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।   निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियो ।   पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए ।   “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उनले भने, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।   पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।   निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।  

पोखरा:   पोखरा महानगरपालिकाले नदीजन्य समाग्री (गिट्टी, बालुवा, दहत्तर –बहत्तर) विक्री वितरणका लागि बोलपत्र आह्वान  गरेको छ ।   सेती नदीको महानरपालिका भित्र पर्ने विभिन्न घाटको नदीजन्य समाग्री उत्खननका लागि आज (सोमबार) बोलपत्र आह्वान गरेको हो ।   महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले न्यूनतम २२ करोड ६१ लाख २६ हजार ३ सय २० रुपैयाँ उठाउने लक्ष्यसहित टेण्डर खुला गरिएको बताए । ‘२१ वटा घाटको टेण्डर खुला भएको छ, भारतीले भने, न्यूनतम २२ लाख उठाउने महानरले लक्ष्य राखेको छ ।’   उनका अनुसार आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर व्यवसायी टेण्डरमा सहभागि हुन पाउनेछन् ।    उनले २१ वटा घाटमध्ये सबैभन्दा कम रकम १२ लाख ३० हजार पुरुन्चौर नयाँ घाटको रहेको बताए । प्रशासकीय अधिकृतका भारतीका अनुसार सर्वाधिक रकम रामघाटको रहेको छ । जसको ६ करोड ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।   टेण्डर खुला भएको अन्य घाटहरुमा दशखेत, तुलसीतारा, रुद्रमहादेव, ढाव घाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजरेघाट (रु.२ करोड २३ लाख ६७ हजार ९ सय ६०), याम्दी, लालटिन बजार, पुरुन्चौर ढोडेनी, नारायणस्थान, पशुपति घाट बायाँ, पशुपति घुमाउरोघाट (रु.१ करोड २० लाख ६८ हजार ८ सय) रहेका छन् ।   यस्तै  द्वारा कस्यार गाउँखर्क ओखलढुंगाभेडिफारम (रु.२ करोड ९ लाख ५५ हजार १ सय), रातोपहिरो खोली बायाँ (रु.१ करोड, ८५ लाख ३ हजार ३ सय), तल्लो खेत बीच भाग, सिसौघारी, लामगादी (रु.१ करोड ३१ लाख २० हजार), सुइखेत खोला, काहुँखोला र विजयपुर खोलाको बोलपत्र आह्वान गरिएको छ ।   सूचना:-    

पोखरा:    पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।   ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए ।    उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए ।     डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् ।   ‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’   शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।   सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।  

पोखरा:    नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।   एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।   सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी  हुँदै  पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।    समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् ।   उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् ।   थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् ।   सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी  र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।  

पोखरा:  पोखराको मुख्यचोक लखनचोक (पृथ्वीचोक) देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाएको छ ।    जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो ।    जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुप्मा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’   उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका –५ रिभान स्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि स्वीजरल्याण्डका नागरिकले १५ लाख आर्थिक सहयोग गरेका छन् ।  गत वर्ष अविरल वर्षाका कारण पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पत्तीले उक्त रकम सहयोग गरेका हुन् ।  स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा जाँदा विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएपछि सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतले जानकारी दिए ।  ‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए, स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थिएनौं’, उनले भने, ‘ तर आज त्यो प्रतिवद्धता पूरा भएको छ, हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।” पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ । स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि अब काम अगाडि बढाउने प्रधानाध्यापक रावतले बताए ।