बास्कोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास
पाेखरा | भदौ १, २०८०

पोखरा: पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो ।
स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उहाँले बताउनुभयो । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उहाँले बताउनुभयो ।
वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...