पोखरामा मादी ६ को घुम्ती सेवा
पाेखरा | साउन २०, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ ।
मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’
मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

