पोखरामा मादी ६ को घुम्ती सेवा
पाेखरा | साउन २०, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ ।
मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’
मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

