पोखरा रामबजारमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न
पाेखरा | साउन २०, २०८०
पोखरा: पोखरा महानगरपालिका १५ रामबजार लक्ष्मीटोलमा नेपाल मगर महिला संघ रामबजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
तालिमको समापन समारोहमा संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.वेन वहादुर आलेमगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जाका साथ अगाडी बढ्न सुझाव दिए । त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए ।
कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या. अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतले बोलेका थिए ।
श्रावण १५ गतेदेखि सुरु भएको द्घोषण , भाषण तथा नेतृत्व विकास तालिममा ४५ जना प्रतिक्षार्थीहरुको सहभागिता रहेको थियो, भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहमा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

