रोहित हत्या प्रकरण: पेस्तोल बिक्री गर्ने व्यक्ति पनि समातिए

पक्राउ पर्नेको संख्या ६ पुग्यो

धरान | साउन २०, २०८०

रोहित हत्या प्रकरण: पेस्तोल बिक्री गर्ने व्यक्ति पनि समातिए

विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ। 

 

प्रहरीले शुक्रबार र शनिबार गरी हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो।

 


 

यो पनि पढ्नुहोस

 

 
 


 

 
 

कोशी प्रदेश प्रहरी कार्यालयले गत बुधबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। 

 

प्रहरीले रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्ने हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिने व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो। 

 

पक्राउ पर्नेमा विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका-१ घर भई धरान उपमहानगर-८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्