स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

पोखरा:   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अस्वाभाविक निर्णय फिर्ता लिन मागसहित गण्डकी प्रदेश सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ ।   पोखरामा आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको हित विपरित गरको निर्णय फिर्ता लिनको लागि अल्टिमेटम दिएको हो ।   महासंघका प्रदेश संयोजक केदार प्रसाद पौडेलले व्यवसायीलाई मारमा पार्ने गरि गरिएको निर्णय मान्य नहुने बताए । उनले गत २७ गते अर्थ मन्त्रालय र भौतिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताउदै अबको ७ दिन भित्र सो निर्णय फिर्ता लिन आग्रह गरे ।    संयोजक पौडेलले उक्त निर्णय फिर्ता नगरे शान्तिपूर्ण आन्दोलनमा जाने बताए । ‘हामीले सुरुवाती चरणमा शान्तिपूर्ण भनेका छौं । हामीले हाम्रो गाडी सडकमा तर्साउने भनेका छैनौं । हामी गाडीहरु घर र ग्यारेजमा थन्काउछौं, उनले भने, ‘यदि सरकारले बेवस्ता र नकरात्मक खालको अवस्था सिर्जना गर्याे भने हामी कुनै पनि चुनौतीको सामना गर्न तयार हुनेछौं ।’   उनले सरकारलाई शान्तिपूर्ण आन्दोदलन मार्फत संकेत दिने बताउदै भने, ‘हाम्रा गाडीहरु घर ग्यारेजबाट रोडमा ल्याउन नपरोस । यो हाम्रो प्रदेश सरकारलाई विनम्रपूर्वक आग्रह हो । त्यसैले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले दबाउन खोज्छ भने साँच्चै हामी कडा रुपमा प्रस्तुत हुनेछौं ।’   उनका अनुसार महासंघका २१ वटा यातायात कम्पनीहरु आवद्ध रहेका छन् । भने शान्तिपूर्ण आन्दोलनको कार्यक्रमलाई अन्य कम्पनीहरुले पनि एक्येवद्धता जनाएका छन् ।    गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी सानमा विद्यार्थी सहुलियत, ज्येष्ठ नागरिक, जनआन्दोलनका घाइते, अपाङ्ग, लगायतलाई सहुलियत प्रदान गरेबापत सरकारबाट ६० प्रतिशत छुट दिदै आएको थियो । यस आर्थिक वर्षबाट ३३ प्रतिशत मात्रै छुट दिने निर्णय गरेको थियो ।   यसैगरि सरकारले यसअघिसम्म नवीकरणमा जरिवाना ३२ प्रतिशत लिदैं आएको थियो भने आर्थिक वर्षबाट २ सय प्रतिशत बढाएको छ । यसैगरि वर्षमा २ पटक सवारी जाँचपास गर्नुपर्ने प्रावधान पनि सरकारले अघि सारेको थियो ।  सोही निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध जनाउदै आएको छ ।

  पोखरा:   दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा बिहिबार पोखरामा  नीति निर्णयकर्ताहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।   फेडोले नीति निर्णयकर्ताहरुसगँ  आयोजना गरेको  सो छलफल महिला जातिय बिभेद, लैङ्गकि बिभेद र बजेट योजना तर्जुमामा रहेको संघ कास्कीकी परियोजना कार्यक्रम संयोजक इश्वरी बिकले बताइन् ।   कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीको तर्फबाट महिला सेल समिक्षा खत्रिले गण्डकी प्रदेशमा घटेका महिला हिसांका घटना,जातिय हिसांका घटनाहरुको साथै तथ्याङको बारेमा जानकारी गराएकी थिइन् ।   कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, कोपिला नेपालको तर्फबाट श्याम सुन्दर ढुङगाना, सिआइसीका अमिन परियार एकल महिला संघको तर्फबाट जुना केसी, वडा नम्बर ६ र ८ को वडा सचिव, र जनप्रतिनिधि गैसस, एन्जियो फेडे्सन कास्कीका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।   दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक इश्वरी बिकले गरेकी हुन ।

पोखरा:   नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो ।   यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ ।   सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित अन्य प्याकेजमा सुविधा उपलब्ध गराउनेछ । स्पासँगै सलून, साउना, स्टिम, ज्याकुजीको सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए ।   “हामीले सेवालाई थप आधुनिक र परिस्कृत गदै लैजानेछौँ” उनले भने ।   ट्रान्क्युलिटी स्थापले पोखरामा बिगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । राजधानी काठमाडौंमा करिब १५ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आइरहेको ट्रान्क्युलिटी स्पाको दुइवटा शाखा मलेसियामा समेत छ ।   ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।   स्पामा अन्तर्राष्ट्रियस्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने उनले बताए । शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुन्छ ।   यसबाहेक ब्युटी र स्पासम्बन्धि विश्वस्तरीय तालिम पनि केही दिनमा नै सुरु हुने उनले जानकारी दिए । तालिममा नेपाली र विदेशी सबैले सहभागी हुन पाउनेछन ।

पोखरा:  पोखरा महानगरपालिका २६ अर्घौचोकस्थित रहेको एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको छ ।   कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार गत बुधबार बिहान पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चारी भएको हो । फरार व्यक्तिको खोजिकार्य तिव्र पारेको बताउदै तिवारीले भने, ‘अनुसन्धान भइरहेको छ ।’   प्रहरी स्रोतका अनुसार उक्त एटिएममा बैंकले १५ लाख राखेको थियो भने सो मध्ये केही रकम सेवाग्राहीले झिकेका थिए भने बाँकी रकम अज्ञात व्यक्तिले लगेको बताइएको छ ।    कास्की प्रहरीका अनुसार एटिएमको बाकस अघौंचोकपछाडी रहेको बिचारी चौतारीमा फेला परेको थियो । ‘बैंकको सिसिटिभी फुटेज हेर्दा अचम्मै छ । केही समयमै झिकेर लगेको देखिन्छ, एक प्रहरी अधिकारीले भने,  ‘त्यसमा केही बल प्रयोग गरेको र तोडफोड गरेको देखिदैंन ।’   उनका अनुसार उक्त घटना रातको २ बजे भएपनि प्रहरीलाई सुचना बिहान ७ बजे मात्रै आएको थियो ।    तर यसअघि सोही व्यक्तिले तालचोकस्थित रहेको एनआइसी एसिया बैंकको एटिएममा चोरी गर्ने प्रयास गरेका थिए । बैंकबाट तत्काल प्रहरीलाई खबर गरेपछि ३ मिनेटमै प्रहरी पुगेको थियो  । त्यसपश्चात बुलेट मोटरसाइकरलमा रहेको व्यक्त फरार भएका थिए ।   त्यसको केही समयपश्चात एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको थियो । तर प्रहरीलाई भने भोलिपल्ट मात्रै सुचना पुगेको कास्की प्रहरीले बताइएको छ ।   सो घटनाको विषयमा सबैचोक र बैंकको सिसिटिभिी फुटेज संकलन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । गतहप्ता पोखरा ८ न्यूरोडस्थित एनआइसी एसया बैंकको एटिएम फोड्ने सिताराम पुन पक्राउ परिसकेका छन् ।  

कास्की:  यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले विभागबाट प्राप्त सर्भर, उपकरण र कार्यालयमा रहेका जनशक्ति उही भएको खण्डमा गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्ने बताएका छन् ।   रिज्यालले सुनगाभा न्यूजसँग बोल्दै सिमित स्रोत साधन तथा जनशक्तिका कारण सरकारले ह्वीप जारी गरे अनुरुप सवारी साधनमा इम्बोस्ड जडान गर्न नसकिने स्पष्ट पारे ।    उनले आफ्नो कार्यालयलाई उपलब्ध भएको बायोम्याट्रिक सर्भर, उपकरण र जनशक्तिको क्षमता अनुसार दैनिक ४० सवारी साधनमा मात्रै इम्बोस्ड जडान गर्न सकिने बताए ।  ‘विभागले जडान गरिदिएको सर्भरले एक दिनमा ४० वटा भन्दा बढि गर्नै सकिदैन । साउन १ गतेबाट सबै सवारीमा अनिवार्य जडान गर्नेबारे धम्कीपूर्ण सुचना आएको थियो, कार्यालय प्रमुख रिज्यालले भने, ‘भीडैभीड र सर्भरले ४० वटा भन्दा थाम्दैन । त्यही जनशक्ति र त्यही सर्भर हो भने गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्दोरहेछ ।’   उनले यही वर्षभित्र जडान सम्पन्न गर्नको लागि दैनिक १ हजार ३ सयको सँख्यामा नम्बर प्लेट जडान गरिनुपर्ने बताए । ‘यदि यो वर्षभित्र सक्ने हो भने दिनमा १३ सय जडान गर्नुपर्छ । त्यसैगरि २ वर्षमा जडान सक्ने हो भने दैनिक ६ सय ५० जडान गर्नुपर्छ । जबकी हाम्रो क्षमता दैनिक ५० पनि छैन । भनेपछि त्यस्तो उर्दी फिजारेर नागरिकलाई त्रसित बनाउने स्थिति सिर्जना गर्न हुन्छ  ?’ उनले प्रश्न गरे ।     रिज्यालले ताकेता लगाएरै जडान गर्न दबाद दिनु आवश्यकता नरहेको धारणा राखे । ‘हामीले पनि त्यस्तो ताकेता लगाएर जडान गर्न भनेका छैनौं । त्यो सम्भव नै छैन । हामीले जनशक्ति, सर्भर र जडान गर्ने ठाउँको व्यवस्थापन नगरेसम्म कडाई गर्दैनौं । तपाइहरु ढुक्क हुनुहोस् ।’   तत्कालै इम्बोस्ड नम्बर जडान नगरे कारवाही नहुने बताउदै रिज्यालले भने, ‘इम्बोस्ड नम्बर जडान नगरे तपाइहरुलाई कारवाही हुदैन ।  कारवाही गर्ने मैले हो । विभागले होइन । यातायात व्यवस्था ऐन अनुसार सवारी कारवाही गर्न अधिकार कार्यालय प्रमुखको हुन्छ । त्यसैले इम्बोस्ड नम्बरको विषयमा विचलित हुनुपर्दैन ।’   ३ महिनामा ८ सय ‘इम्बोस्ड नम्बर’ जडान   गत फागुन २२ गतेदेखि जडान सुरु गरिएको बताउदै तीनमहिना बित्दा करिब ८ सयको सँख्यामा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । ‘अहिलेसम्म हाम्रो कार्यालयबाट दुई र चार पाङ्ग्रे गरि लगभग ८ सय जति जडान भएको छ । मंसिर १ गतेबाट लागूहुनेगरि राजपत्रमा इम्बोस्ड नम्बर अनिवार्य गर्न भनेर आको थियो, उनले भने, ‘मन्त्रालयले हामीलाई पत्र लेख्ने बित्तिकै हामीले फागुन २२ गतेबाटै नम्बर जडान गर्न सुरु गरेका थियौ । अहिलेपनि नयाँ सवारीमा जडान त जारी नै छ ।’     कति लाग्छ शुल्क ? सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ । जसअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ ।   त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चारपाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।  

  पोखरा:     पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरेन्द्रदेव भारती आउने भएका छन् । प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएपछि भारती आउने भएका हुन् । भारती यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।   बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । प्रशासकीय अधिकृतको रुपमा रहेर उनलेकरिब ८ महिना पोखरामा काम गरेका छन् ।

      पोखरा:   पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो दिन तनहुको व्यास गुफाका पिठाधिश दामोदर बाबा सहभागी बन्नुभएको छ ।      ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको हो ।     नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यका अनुसार अखण्ड संकीर्तन अवधिभर विभिन्न धार्मिक तीर्थस्थलका गुरुहरू सहभागी बन्नुहुने कार्यक्रम छ ।     यस अवधिमा विभिन्न स्थानबाट तीर्थालुहरू सहभागी बनी पुण्यलाभ गर्नुहुने समितिले जनाएको छ ।

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को तरलता अभाव झेल्नुपरेको थियो ।   नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कोभिड–१९ महामारीका कारण लामो समयदेखि कर्जा विस्तार ठप्प भएकाले तरलताको अवस्था सहज भएपछि गत आवको शुरूदेखि नै बैंकहरू कर्जा प्रवाहमा आक्रामक देखिएका थिए । तर, बैंकहरूको कर्जा प्रवाहअनुसार निक्षेप वृद्धि नभएको संघले जानकारी दिएको छ ।   २०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवमा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । आवको अन्त्यमा नेपाल बंगलादेश बैंक प्राप्त गरेर एकीकृत कारोबार शुरू गरेको नबिलको निक्षेप गत आवमा १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । नबिलले बंगलादेश बैंक प्राप्त गरेर असार २७ गते एकीकृत कारोबार शुरू गरेको थियो ।   मर्जरबाट भएको निक्षेप वृद्धिबाहेक निक्षेप बढाउनेमा नेपाल बैंक अग्रस्थानमा छ । यसको निक्षेप गत आवमा ३३ अर्ब ५६ करोडले बढेको छ । यसैगरी एनसीसीले ३० अर्ब ७१ करोड, सानिमाले २८ अर्ब र कुमारीले २५ अर्ब ७८ करोड रुपैयाँले निक्षेप वृद्धि गरेको छ । गत आवमा दुईओटा बैंकको मात्र निक्षेप घटेको छ । संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४६ करोड र एनआईसी एशियाको ५ अर्ब २७ करोड रुपैयाँ निक्षेप घटेको छ ।   वाणिज्य बैंकहरूले २०७८ असारसम्ममा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अर्को बैंक प्राप्त गरेका कारण कर्जा प्रवाह वृद्धि गर्ने बैंकहरूको अग्रस्थानमा पनि नबिल नै छ । बंगलादेश बैंक प्राप्तिका कारण नबिलको ऋण प्रवाह सबैभन्दा बढी १ खर्ब ३ अर्ब ४१ करोडले रुपैयाँले वृद्धि भएको छ । नबिलमा बंगलादेश बैंकबाट ७१ अर्ब रुपैयाँ ऋण प्रवाह वृद्धि भएको छ ।   यसपछि नेपाल बैंकले ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले २९ अर्ब ७१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २८ अर्ब ८९ करोड, एनसीसी बैंकले २७ अर्ब २ करोडले ऋण विस्तार गरेको छ । सबैभन्दा कम ऋण नेपाल इन्भेष्टमेण्ट बैंकको ९७ करोड रुपैयाँले मात्र वृद्धि भएको बैंकर्स संघले बताएको छ ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।   उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । साेमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।   बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ । कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ ।