व्यास गुफाका पिठाधिश दामोदरबाबा अखण्ड संकीर्तनमा
पाेखरा | साउन ४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो दिन तनहुको व्यास गुफाका पिठाधिश दामोदर बाबा सहभागी बन्नुभएको छ ।
ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको हो ।
नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यका अनुसार अखण्ड संकीर्तन अवधिभर विभिन्न धार्मिक तीर्थस्थलका गुरुहरू सहभागी बन्नुहुने कार्यक्रम छ ।
यस अवधिमा विभिन्न स्थानबाट तीर्थालुहरू सहभागी बनी पुण्यलाभ गर्नुहुने समितिले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

