पोखरा:  पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्...

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए ।  पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी बढीरहेको बताए ।  त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका लागि महानगरको  तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे । त्यसैगरी रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माण, शिक्षा क्षेत्रमा निर्माणाधिन युनाईटेड छात्राबास संगै स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै महोत्सवमा स्थानिय उत्पादनलाई समेत साथ दिएर आफ्नो पालिकाका कृषकहरुलाई समेत सहभागी गराएकोमा धन्यवाद ब्यक्त गरे । त्यसैगरी महोत्सवका मुख्य प्रायोजक मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक श्री बिनोद रौनियारले बिगत ६ वर्षदेखि पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । बेटरले आगामी दिनमा पनि युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गरेर अगाडी बढ्ने समेत रौनियारले बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले युनाईटेड क्लबले गरेको सामाजिक कामलाई आफुले नजिकबाट नियालेको बताउदै युनाईटेड क्लबले निर्माण गरेको युनाईटेड छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँले महोत्सव एक उत्सव रहेको बताउदै महोत्सवले स्थानिय उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने बताए । महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले गर्ने विभिन्न सामाजिक काममा आफ्नो वडाको समेत संधै सहयोग रहने उनको भनाइ रहेको थियो । त्यस्तै समाज कल्याण परिषदका उपाध्यक्ष परमेश्वर कार्कीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले आयोजना गरेको सामाजिक कामको प्रशंसा गरे । त्यस्तै पोखरा महोत्सवको सहयोगी संस्था अमरसिंह माविका प्रध्यानाध्यापक  बलराम पोख्रेलले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठमा सहायता पु¥याउने गरी शैक्षिक सामाग्रीहरु वितरण गरिरहेको बताउदै आगामी दिनमा पनि युनाईटेड क्लबलाई साथ र सहयोग रहने बताए । सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार टीका बहादुर कार्कीले पोखरा महोत्सव एक उत्सव मात्र नभइ युनाईटेड क्लबको सामाजिक अभियान भएको र उक्त अभियानमा सरिक भइ सहयोग गर्ने  सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे । त्यस्तै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा विशेष पहलकदमी गर्दै पोखराको लेखनाथमा खुल्ला चिडियाखाना निर्माणको काम अगाडी वढिरहेको बताउदै १४ औं पोखरा महोत्सव देखि पोखरा २७ अर्चलेमा निर्माणाधिन युनाईटेड छात्राबासको निर्माणमा काम गर्ने बताए । त्यसैगरी उक्त छात्राबास जाने बाटो निर्माणका लागि पोखरा २७ र २८ जोड्ने गरी सडक निर्माणका लागि पहल गरिदिन मेयर आचार्य संग आग्रह गरे । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले  १४ औं पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न गराउन दर्शकको मुख्य भुमिका रहेको बताए ।  युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काममै खर्च गरिने भएकाले महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेडको सामाजिक काममा साथ रहेको उनको भनाइ रहेको थियो । युनाईटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । यसैविच महोत्सवमा आयोजित टीकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारेका छन । आशिष इन्सटीच्युटको प्रायोजनमा सम्पन्न टिकटक प्रतियोगिताको उपाधि संगै लामाले नगद २५ हजार प्राप्त गरेका छन ।  गोलेले प्राप्त गरेको उक्त रकम क्यान्सर रोगबाट प्रभावित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई प्रदान गरे । नेपाली विगत ५ वर्षदेखि क्यान्सर रोगबाट प्रभावित छन । यसैगरी महोत्सवको मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बरावरको सामान खरिद गर्ने उपभोक्ता मध्ये प्रथम भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका ग्याल बहादुर गुरुङले १ टनको बेटर एसी, प्राप्त गरेका छन । गुरुङले बेटरको स्टलबाट एक लिटरको राइसकुकर किनेका थिए ।  त्यसैगरी दोस्रो भाग्यशाली उपभोक्ता पोखरा १६ लामाचौरका आयुष गुरुङले १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर प्राप्त गरेका छन ।  गुरुङले प्लस थ्री डिजिटल किनेका थिए । त्यसैगरी तेश्रो भाग्यशाली उपभोक्ता पोखराका शिशिर आचार्य घोषित भए उनले बेटर ब्रेथ नाइन्टी ग्लासहुड चिम्नी प्राप्त गरे । चौथो भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका शुसन गुरुङ भए  । गुरुङले रेडियान्ट भ्याकुम क्लिनर प्राप्त गरे । पाँचौ भाग्यशाली उपभोक्ता पोखरा १३ का भरत पराजुलीले कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गरे । यसअघि पोखरा महोत्सव युनाईटेड क्लबले जिल्ला खेलकुद बिकास समिति कास्कीलाई नगद १ लाख प्रदान गरेको छ । युनाईटेड क्लबले आयोजना गरेको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए ।  महोत्सव आयोजना गर्न गठित विभिन्न उपसमिति, सुरक्षा निकाय, स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी बहन गरेकै कारण १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ । महोत्सवमा विभिन्न ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकारहरुले दैनिक प्रस्तुती र साँझमा समेत ख्याति प्राप्त कलाकारहरुद्धारा लाइभ कन्सर्टबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सनारले जानकारी दिए । १३ दिन सम्म सञ्चालित महोत्सवमा दुईलाख पचास हजार भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवमा ९ करोड बढी कारोबार भएको व्यवसायीबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामाग्री लगायतलाई विशेष ठाँउ दिइएकाले पनि दर्शकहरुले महोत्सवलाई मन पराएका थिए ।  

पोखरा: रक्तदाता केवल बजार क्षेत्रमा मात्र सिमित नभई ग्रामीण क्षेत्रमा पनि छन् भन्ने माझठानाको सौर्यमा आयोजित रक्तदान कार्यक्रमले उदाहरण दिएको छ ।  माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा २८ द्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेर उदाहरणीय भूमिका निर्वाह गरेका हुन् । ग्रिन डेभलोमेन्ट वैकको सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा पोखरा २८ सौर्यस्थित उपशाखाका कार्यालय भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पाँच जना नयाँ रक्तदाता थपिनुका साथै नौ जना महिलाको सहभागिता रहेको थियो ।  माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष सारदा लामिछानेले पहिलो रक्तदाता ग्रिन डेभलोपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै समाजको स्थापना दिनवको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति रमा कोइरालले विभिन्न संघसंस्थाद्धारा आयोजना हुने नियमित रक्तदानले आकस्मिक उपचारमा रहेका विरामीको ज्यान जोगउन सफल भएको बताउनुभयो । कार्यक्रममा समाजकोतर्पmबाट डा.नरेन्द्र लामिछाने र ग्रिन डेभलोपमेण्ट बैकको जिम्मेवारी समाल्दै आउनु भएका हरिवहादुर वुढाथोकीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।  समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार दुर्गादत्त भुर्तेल,रत्नशोभा माध्यमिक विद्यालय भुतपूर्व विद्यार्थी एसोसिएसनका अध्यक्ष शुक्रराज शर्मा लगायतले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली सहितको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाईटी माझठाना उपशाखाका सभापति राजेन्द्र तिवारीले स्वागत र कार्यक्रम संयोजक विनोद तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम समाजका सचिव विष्णुहरि तिवारीले सञ्चालन गर्नुभएको थियो ।  

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा अध्यक्ष  नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभै समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि लाग्न आग्रह गर्दै उहाँले सुशासनसँगै सभ्य समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।       पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरतबहादुर खत्रीले मानव जीवनमा निरन्तरको कृयाशिलता आवश्यक हुनेमा जोड दिनुुभयो । समाजमा नैतिकता हराउँदै गएको बताउँदै उहाँले नैतिक शिक्षा अपरिहार्य भएको बताउनुभयो ।      समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले निजामति सेवासँगै सरकारका सार्वजनिक संस्थान, समिति आदिको प्रतिनिधित्व भएको अधिकृत समाज आँफैंमा बुहुआयामिक रहेको धारणा राख्नुभयो ।      अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकनाथ दवाडी गर्नुुभएको थियो भने कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी च्याप्टरका महासचिव असफल गौतम, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यप्रसाद बराल लगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान गर्न सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसी, सदस्य बसन्त चालिसेले कविता वाचन गर्नुभएको थियो ।      कार्यक्रमकै अवसरमा समाजद्वारा प्रकाशित पुस्तक ‘अधिकृत आवाज अङ्क ११’ को लोकर्पण गरिएको थियो । पुस्तकका सम्बन्धमा प्रा.डा. राजेन्द्र चापगाइँ(आहात)ले समालोचना गर्नुभएको थियो ।       उक्त अवसरमा समाजका संस्थापकद्वय तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देललाई सम्मान गरिएको थियो भने कार्यसमितिको उत्कृष्ट पदाधिकारी मध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो ।      अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित बन्नुभएको छ ।      त्यस्तै समितिका सदस्यहरूमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुुली, बसन्त चालिसे, चन्द्रवती अधिकारी(वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कंडेल रहनुुभएको छ ।      अधिवेशनका लागि दुुर्गाबहादुर शाह‘बाबा’को संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, देवेन्द्र केसी र विश्वनाथ पराजुली रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो ।      निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुुर्गाबहादुर शाह(बाबा)ले पद तथा गोपनीयता सपथ ग्रहण गराउनुुभएको थियो ।

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत जुधाएर आयोजना गरिने भएको भएतापनि पोखरा महोत्सवले दर्शकहरुको साथ पाइरहेको उनको भनाइ रहेको थियो । महोत्सवमा त्यसमा पनि १३ दिन सम्म लामो समयसम्म हरेक रात ख्यातिप्राप्त ब्याण्डहरुको प्रस्तुती प्रस्तुती हुने भएकाले पनि युवा पुस्ता माझ पोखरा महोत्सवको छुट्टै छाप रहेको महोत्सव आयोजक युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्नु र लाइभ ब्याण्डका कलाकार ल्याउन खर्चिलो हुने भएतापनि आयोजकले खर्चको प्रवाह नगरी महोत्सवलाई थप आकर्षण बनाउनतर्फनै आफुहरु लागि परेको उनको भनाई थियो । महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण पोखरेलीको माया र साथ महोत्सवले पाइरहेको युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा युनाईटेड क्लबले काम गर्दै आइरहेको उनले बताए । यसैविच १४ औं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्ड स्कुलले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा सूर्योदय बोर्र्र्डिङ स्कुल द्वितिय र शोसल पब्लिक स्कुत तृीतय स्थान हाँसिल गरेका छन । प्रतियोगितामा अन्जुली बोर्डिङ स्कुल, अमरसिंह मावि र विभूति शिक्षा सदनले शान्तवना स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने तीन समुहले क्रमश नगद ५०, ३५, २५ र १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमा उपाध्यक्ष गोरे गुरुङ, निवर्तमान सदस्य सचिव मन कुमार श्रेष्ठ, नृत्य निर्देशक द्वय माधव गुरुङ र राहुल थापाले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगिताका बिजेताहरुलाई महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सदस्य तथा प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सव समापनको संघारमा आइपुग्दा दर्शकहरुको भीड बढ्दै गइरहेको छ । महोत्सवमा दर्शकको उपस्थिती संगै स्टलहरुमा कारोबार समेत वढिरहेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवको १२ औं दिन लोकदोहोरी तर्फ प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए  ।  साँझको लाइभ कन्सर्टमा भीटेनको प्रस्तुतीमा युवाहरु झुमे ।  महोत्सवको अन्तिम दिन माघ ११ गते चोलेन्द्र पौडेल, मन्जु बिक, प्रकाश बराल, नेत्र खड्का, गंगा पौडेल, मुना राना मगर, नवराज अधिकारी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा पर्पलेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको समापन समारोह अपराह्न ३ बजे पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्ने महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।  प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतिय स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ । त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।      पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो ।      बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गर्नुभएको हो ।      बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गर्नुुभयो ।      संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।      असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।         

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।  महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन बढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ । महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । शान्तारानी संगै बुधवार पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाल लगायत कलाकारहरूको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएभने  जादुगर दीपक थापा मगरको जादु कलामा दर्शकहरुले मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा रकहेड्सको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा आयोजित विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुति रहेको थियो ।  विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बिहीबार अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ ।  जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै  गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।  त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको  एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आयोजित छेलो प्रतियोगिताको फाइनल बिहीबार विहान ९ बजे हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।  जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो । महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो । आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ ।  वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ ।      सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।  

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार दिन प्रतिदिन बढ्दै गइरहेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी लत्ता कपडा, घरायसी सामाग्री, कृषिजन्य सामाग्रीको बिक्री बढिरहेको उनको भनाइ रहेको थियो । महोत्सवकै आयोजना गरि सामाजिक काम गर्ने भएकाले पनि युनाईटेड क्लबको पोखरा महोत्सवलाई दर्शकको साथ पाएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पोखरा महोत्सव दर्शकहरुकै साथले १४ औं संस्करण सम्म आइपुगेको बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्राबासमा खर्च खरिने बताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य खेलकुद पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको  छ । महोत्सवमा दिन प्रतिदिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि पोखरा महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेको महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दिनमा लोकदोहोरी र महोत्सव अवधिभर हरेक साँझ लाईभ ब्याण्डको प्रस्तुति हुने भएकाले पनि युवाहरु दिनमा भन्दा साँझको समयमा बढी मात्रामा महोत्सवको अवलोकनको लागि आउने गरेका छन । महोत्सवको सातौं दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अर्जुन संगै सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुतीमा दर्शक झुमे । साँझको लाइभब्याण्ड तर्फ लेकाली ब्याण्डको प्रस्तुतीमा पोखरेलीहरु झुमे । त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहेको प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको आठौं दिन मंगलबार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पुजा तामाङ लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ ब्याण्ड तर्फ एवाइजीको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।