पोखरामा मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” हुने, तयारीमा तीव्रता

पाेखरा | मंसिर १४, २०८२

पोखरामा मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” हुने, तयारीमा तीव्रता

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ । 


झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए । 


कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । रेडियोको रजत वर्षको  अवसरमा  वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।  


पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्‍टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे । 


कार्यक्रममा सहभागी हुन उनले वडावासीलाई आग्रह समेत गरेका छन् । रेडियोको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा  वडा कार्यालय जोडिन पाएकोमा खुशी व्यक्त गरे । वडाले गीत संगीत, कला, साहित्यको क्षेत्रलाई समेत महत्व दिने गरेको उनको भनाइ छ । 


कार्यक्रम पोखराको  महेन्द्रपुलमा रहेको फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।  


प्रवेश निःशुल्क हुने यो कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न सकिने भएकोले सबैजनालाई उपस्थित भएर साथ दिन संयोजक पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारङ्गीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् । 


कार्यक्रमलाई भव्य बनाउन प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ३, वडा नम्बर ११ र वडा नम्बर १२ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एस।के साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन र नेवा मिसस् पुचस् कास्की लगायतको सहयोग समेत रहने छ । 


रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ,  झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ । 


रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २५ वर्षको अवधिमा रेडियोले सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल  भएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्