कास्कीमा लागूऔषधसहित दुई जना पक्राउ

पाेखरा | असोज ४, २०८३

कास्कीमा लागूऔषधसहित दुई जना पक्राउ

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार र २४ वर्षीय इच्छे चुँदार रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

 

प्रहरीले शरीर रीतपूर्वक खानतलासी गर्दा उनीहरूले लुकाइछिपाइ ल्याएको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ डिजिटल तराजुसहित १.४० ग्राम (प्लास्टिकबाहेक) बरामद गरेको जनाएको छ।

 

त्यसैगरी उनीहरूको साथबाट ट्रिपेन्डाडोल १९० चक्की, डाइजापाम ७९ एम्पुल र मोबाइल थान–१ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ।   आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...

थप पढ्नुहोस्

काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

थप पढ्नुहोस्