कास्कीमा एकै दिन विभिन्न मुद्दाका २७ फरार प्रतिवादी पक्राउ, कुन मुद्धाका कति?

पाेखरा | जेठ २, २०८३

कास्कीमा एकै दिन विभिन्न मुद्दाका २७ फरार प्रतिवादी पक्राउ, कुन मुद्धाका कति?

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा २० जना पु​रुष र ७ जना महिला गरी कुल २७ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर गर्नका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।

 

प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ४ वर्ष १५ दिन कैद सजाय भुक्तान हुन र ४८ लाख १ हजार ८ सय ८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो ।

 

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर कसूरका १२ जना र केही सार्वजनिक अपराध कसूरका ५ जना रहेका छन् । 

 

यसैगरी अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना तथा बैंकिङ कसूरका २ जना प्रतिवादी पक्राउ परेका छन् । 

 

सवारी ज्यान सम्बन्धी कसूर र अभद्र व्यवहार सम्बन्धी कसूरका १–१ जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्