पोखराः   पोखरामा पुस २७ देखी अमरसिंह चौरमा सञ्चालन भएको ११ औं पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले य...

पोखरा:    एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ,  आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm​ मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:    एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ,  आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm​ मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:  अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रह्यो । महोत्सवमा शनिबार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमी समेत रहेकी  लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोग संग जुध्दै अगाडि वढिरहेकी पोखरा १७ निवासि सामाजिक अभियनता एवं महिला उद्यमी समेत रहेका लक्ष्मी शर्मा भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो । भट्टराईलाई युनाईटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ,  संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सचिव पूर्ण कला पोख्रेल र कोषाध्यक्ष सीमा गुरुङ सहित क्लवका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक जयराम आचार्यले दोसल्ला, नगद र सम्मान पत्र सहित सम्मान गरेका थिए । सो अवसरमा वोल्दै सम्मानित ब्याक्तित्व लक्ष्मी शर्मा भट्टराईले आफु क्यान्सर जस्तो रोगबाट ग्रसित भइरहदा विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगले आफुमा आत्मबल बढेको वताउदै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लवले केही आथिक सहयोग सहित सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै कुनैपनि रोग लागेका हरुलाई आत्मबल बढाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन । भट्टराई नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा समेत सम्मानित भएको हुंदा युनाइटेड क्लबले सम्मान सहित बधाइ समेत ज्ञापन गरेको थियो । महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरजन्न लिए । खाँड संगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्धारा दर्शकहरुले मनोरन्जन लिनुका साथै सांझको लाइभ ब्याण्डमा युवाहरु बीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको एघारौं दिन लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार बिद्यालय स्तरिय लोनृत्य प्रतियोगिताको समेत फाइनल हुने छ । 

ढोरपाटनः    हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् ।  माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेटा, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । त्यसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकीन छैन तर स्थानीय वर्षौं पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृति छुट्टाछुट्टै भए पनि एकैदिन, एकैसाथ नाचिन्छ । माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरी कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डो¥याइन्छ । बेलाबेलामा त्यसमाथि खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । त्यसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउँसो तरबार समाएका केही व्यक्ति नाच्छन् । त्यसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकैदिन प्रदर्शन गरिन्छ ।  राजारानीको सम्झनामा नाचिन्छ पुतली नाच बाइसेचौबिसे राजाका पालादेखि नाच्दै आएको भनिए पनि यकीन मिति छैन । पाकापुर्खाले मनाउँदै आएको हुँदा आफूहरुले त्यसको निरन्तरता दिँदै आएको स्थानीय ८१ वर्षीय मानसिंह बुढामगर बताउनुहुन्छ । उहाँका अनुसार बाइसेचौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष माघे सङ्क्रान्ती मेला मनाउने र पुतली नाच नाच्ने गरिन्छ ।  उहाँ भन्नुहुन्छ, “म अहिले ८० पूरा भएर ८१ वर्षमा लागे, सानै हुँदा हाम्रो बाउबाजेले यो नाच नाच्ने गर्नुहुन्थ्यो, यो कहिलेदेखि नाचेको भन्ने उहाँहरुलाई पनि थाहा थिएन, हामी सयौँ वर्ष पहिलेदेखि हुँदै आएको मान्छौँ, बाजेहरुले यहाँ मगर राजाले राज्य सञ्चालन गरेको र राजारानी तथा उनीहरुको स्याहारसुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ ।” उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्ध पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पड्काउने, पुतलीलाई डोलामा डुलाउने र नाचिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ । स्थानीय डिलबहादुर घर्तीमगर पहिले यो नाच ननाच्दा गाउँमा अनिष्ट हुन्छ भनेर नाचलाई निरन्तरता दिइएको बताउनुहुन्छ । निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगरले सयौँ वर्ष पहिले यहाँ मगर राजाले राज्य गरेको र उहाँको मृत्युपछि शोकमा परेका जनताले स्मृतिमा पुतली नाच नाच्न थालेको बताउनुभयो । उहाँ यो संस्कृतिले यो ठाउँ र मगर समुदायको पहिचान बोकेको बताउनुहुन्छ । “यो ठाउँमा मगर राजाले राज्य गरेको एतिहास छ, यसलाई धेरैले मेटाउन खोजेको पाइन्छ, तर यहाँ हुने विभिन्न संस्कृतिले त्यो इतिहास संरक्षण गरेको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ, “बुढापाकाले निकै मेहनतका साथ पुतली बनाउनेदेखि नाच्ने र खोलामा लगेर सेलाउनसम्म विधिपूर्वक गर्दै आउनुभएको छ, यो एउटा सिङ्गो इतिहास हो ।” सेनाको तालिम पट्टा नाच पट्टा नाच पनि माघ ३ गते पुतली नाचसँगै नाचिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्ति नै यो नाच नाच्ने गर्छन् । बाइसेचौबिसे राजाका पालामा राजाका सिपाहीले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय नैनासिंह बुढामगर बताउनुहुन्छ ।  “पट्टा नाच र पुतली नाच एकैपटक नाचिन्छ, पुतली नाच्नेहरुले नै अहिले यो नाच नाच्ने गरेका छन्, यो हामीहरु सानैदेखि नाच्ने गथ्र्यौं, हाम्रो बाउबाजेले यसैगरी सिकाउनुभएको थियो, उहाँहरुले राजाका सेनाको तालिमलाई पट्टा नाच भनिएको हो भन्नुहुन्थ्यो, राजाका सेना पट्टाना नाच जस्तै गरी तालिम गर्थे रे, यो सयौँ वर्ष अगाडिको कुरा हो, यसको सबै इतिहास जान्ने पाका मान्छे छैनन् ।” पट्टा नाच्दा दुईतर्फ तरबार तथा ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफैँ गर्दछन् । देवि खुसी पार्न खेलिन्छ होरे कापै  स्थानीय युवा माघ १ गतेदेखि होरे कापै खेल्न सुरु गर्छन् । होरे कापै तिहारमा देउसी, भैलो खेले जस्तै हो । माघ १ गतेदेखि उनीहरु घरघरमा पुगेर खेल्ने गर्छन् र भुसा, रोटी, तरुल पैसा दानका रुपमा लिने गर्छन् । यसबेला कुनै पनि अश्लिल शब्द बोल्दैनन् । माघ २ गते होरे कापै खेल्ने हातमा डम्फु लिएर बजाउँदै भट्याउँछन् ।  पुतली बनाउने दिन माघ २ गते साँझदेखि ३ गते पुतली खोलामा लगेर नसेलाउञ्जेलसम्म भट्याउने गर्छन् । यसरी भट्याउँदा देवि खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय मानसिंह बुढा बताउनुहुन्छ ।  देवीलाई खुसी भालुको पित्त देखाइन्छ माघ ३ गतेका दिन भल्कोट गाउँमा हुने पुतली नाचसँगै भालुको पित्त देखाइन्छ । पुतली नाच र कापैसँगै देखाइने भालुको पित्त देख्दा जो कोही पनि अचम्मित पर्छन् । स्थानीयले एक मानिसलाई नचिनिने गरी मुख छोपिदिए र खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ । रक्सी खुवाएर लठ्ठ भनेको उसलाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ ।  उसँगै दुई÷चार जना रक्सीले लठ्ठिएका मान्छे हुन्छन् । उक्त अपरिचित मान्छेलाई मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसलाई देखाइ खरानी, माटो हाल्दिने गर्दछन् । त्यसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय प्रमुखसिंह घर्ती मगर बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “यो त सयौँ वर्ष पहिलेदेखि चल्दै आएको चलन हो, अहिले भालु बन्न पनि मान्दैनन्, भालु भनेर पित्त देखाउँदा पनि राम्रो मान्दैनन्, यसरी त परम्परा हराउँछ, ठट्टा गर्नका लागि गरेको होइन, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने मान्यता छ, यो त हाम्रो बाउबाजेले गर्दै आएको कुरा हो ।” यस्ता कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थापन गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताउनुभयो । पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पुतली नाच देशकै गहना हो, यस्तो परम्परा अन्य कुनै ठाउँमा छैन, पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ, तर यसको संरक्षणका लागि हामीहरु लागि रहेका छौँ, यो अलिकति खर्चिलो पनि छ”, अध्यक्ष थापाले भन्नुभयो, “पुतली नाच प्रदर्शनमा लाग्ने खर्चदेखि अन्य व्यवस्थापन हामीहरुले गरेका छौँ, सरकारले पनि यसतर्फ ध्यान दियो भने यसको संरक्षण युगौँसम्म हुने थियो ।” गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले गाउँपालिका कला, संस्कृतिको केन्द्रबिन्दु भएको उल्लेख गर्दै पुतली नाच ऐतिहासिक भएको बताउनुभयो । पुतली नाचको संरक्षण तथा प्रवद्र्धन गर्नका निम्ति गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने र यसलाई पर्यटनसँग जोड्ने उहाँ बताउनुहुन्छ । “पुतली नाच विशिष्ट संस्कृति हो, सयौँ वर्ष इतिहास बोकेको यो संस्कृति अहिले पनि जिवितै छ, यसको संरक्षणमा स्थानीय लाग्नुभएको छ, गाउँपालिकाले पनि बजेट विनियोजन गरेर संरक्षणमा लागेका छौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “पुतली नाचसँगै यहाँका गाउँहरु थुप्रै संस्कृति छन्, तिनीहरुको प्रवद्र्धनका लागि हामीहरु गम्भीर भएर लागेका छौँ ।”  

पोखराः  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन ।    युनाइटेड क्लबले आयोजना गरेको ११ औं महोत्सवमा करिव १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने महोत्सवमा करिव ४ करोड बरावरको कारोवार भइसकेको अर्थ संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।   महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका छन् । त्यसैगरी हास्यब्यङग्य मार्फत पोखरेली धुर्मुस र माग्ने बुढाको प्रहसन मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती मार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए । युनाइटेड क्लबले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचार लगायतका सुविधा संगै विदेशी पर्यटकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्ट तर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने  कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।  

पोखराः   तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लबले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका उवाथोकमा रहेको सामुदायिक होमस्टेको टोलीले महोत्सव स्थलमा स्टल बनाइ महोत्सवमा आउने दर्शकहरुलाई पाहुनाको रुपमा आफ्नो होमस्टेमा आउनका लागि आमन्त्रण गरेको हो । २०७५ देखि सञ्चालनमा आएको होमस्टेमा ३५ देखी ४० जना पाहुनालाई राख्न सकिने होमस्टेका सल्लाहकार मन बहादुर रानाले जानकारी दिए । १२ वटा घरमा सञ्चालित होमस्टेमा आउने पाहुनाहरुलाई कोदोको ढिंडो, मकैको च्याख्ला, स्थानीय गोफा खोलाको लोकल माछा, लोकल कुखुरा, लोकल कालो सुंगुरको परिकार, लोकल खसी, सिस्नुको परिकार, लोकल दुध, दही, मह, खुदो लगायतका परिकारहरु पस्किने गरेको छ ।     होमस्टेमा हाल सम्म विदशी र स्वदेशी गरी २५ सय वढी पर्यटकहरुले घरबास गरिसकेका छन । उवाथोक होमस्टेमा आउने पर्यटकहरुले घिरिङकोट भ्युटावरबाट कालीगण्डकीको फेरो संगै पर्यटकीय शहर पोखरा, नवलपरासीको देवचुली वरचुली लगायतका मनोरम दृश्यहरु संगै गोफाखोलामा निर्माणाधिन घुमाउने तालको अवालोकन गर्न सक्ने होमस्टेका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । होमस्टेमा घरबास गर्ने पर्यटकहरुले मगर संस्कृति झल्कने कौरा नाच, स्थानिय झ्याउरे र दोहोरीमा रमाइलो गर्न सक्ने समेत थापाले बताए । महोत्सवमा उवाथोक संगै लम्जुङको पुरानोकोट होमस्टेको टोलीपनि पर्यटकहरुलाई आफ्नो होमस्टेमा आउनका लागि अनुरोध गर्दै महोत्सव स्थलमा आइपुगेको छ । महोत्सवको छैठौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागीता समेत वढ्दै गएको छ भने महोत्सवमा राखिएको स्टलहरुमा ब्यापार समेत बढ्दै गइरहेको महोत्स्व प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने लोकदोहोरी गायक प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नविना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवको सातौं दिन प्रिति आले, प्रजापति पराजुली, जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

गण्डकीः   कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।  प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे।।। सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।।।’  जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो ।  पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो । गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ ।   लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो ।  उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो ।  गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।” आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो ।  “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्रोतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।” ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ ।  तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।”  बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो ।  पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो । “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।” छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् । 

पाेखरा:  गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक रोशन गाहामगरले मगर समुदायमा शैक्षिक जागरणको आवश्यकता रहेको बताएका छन् ।   सिर्जनशिल एकता मगर समाज मध्यनेपाल नगरपालिका ५ मगरगाँउ लमजुङको व्यवस्थापन तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङद्वारा माघे सक्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रमुख सचेतक गाहामगरले शैक्षिक योग्यताले पहुँच स्थापना गर्न मद्दत पुर्याउने बताउदै शैक्षिक जागरण आवश्यक  रहेको बताएका हुन् ।    उनले शैक्षिक योग्यताकै कारण प्रशासनिक तथा राजनीतिक क्षेत्रमा पहुँच स्थापना गर्न भूमिका खेल्ने बताउदै मगर जाति शैक्षिक रुपमा अब्बल हुनुपर्ने बताए ।  ‘समग्र जातिको जनसँख्या हेर्ने हो भने हामी तेस्रोमा छौ । अनि आदिवासी जनजातिमा पहिलोमै छौ । तर समुदायको विकासको हिसाबले, आर्थिक उन्नती र शैक्षिक योग्यताको हिसाबले, सामाजिक प्रतिष्ठाको हिसाबले र राजनीतिक पहुँचको हिसाबले हेर्ने हो भने धेरै पछि छौ’, उनले भने, ‘त्यसैले शैक्षिक जागरण आवश्यक छ किनभने हाम्रो सत्रु भनेकै अशिक्षा हो ।’    उनले मगर समुदायको विकास र पहुँका लागि मगर समुदायको नेतृत्व पङ्ती गम्भीर बन्नुपर्ने धारणा राखे ।  ‘सँख्याको आधारमा अघि तर पहुँच र विकासको हिसाबले पछि पर्ने यो विषयलाई नेतृत्व पङ्तीले गम्भीर भएर सोच्नुपर्छ’, गाहामगरले भने, ‘यो मगर जातिको मात्रै समस्या होइन । आदिवासी जनजातिकै समस्या हो । हामी अशिक्षाकै कारण पछि परेका हौं । त्यसैले पहिलो प्राथमिकता हामीले शिक्षालाई दिन जरुरी छ ।’   अभिभावकहरुले आफ्ना सन्तानलाई शैक्षिक योग्यता वृद्धि गर्नतर्फ अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । ‘तपाइहरुको गैह्रीखेत, टारीखेत जे भनेनी तपाइहरुकै छोराछोरी हो । त्यसैले शिक्षित बनाउन सम्झौता गर्नुहुँदैन ।’ गाहामगरले भने ।    उनले फरक प्रसंगमा बोल्दै माघे सक्रान्ति मगर समुदायको राष्ट्रिय पर्व रहेकाले एकताको सुत्रमा बाध्न सहयोग पुर्याउने बताए । ‘माघे सक्रांतीलाई पछिल्लो समय राष्ट्रिय पर्वको रुपमा मनाइएको छ’, उनले भने ‘यो परिवर्तित समय अनुसार पनि चल्नुपर्छ । पहिले आफ्नो चेलीबेटीलाई बोलाएर आफ्नो क्षमता अनुसार मिठो मसिनो खुवाउने चलन थियो । अहिले एकताका लागि सामुहिक रुपमा मनाउने प्रचलन रहेको छ । यसले आत्मियता बढाउँछ ।’   उनले आदिवासी जनजाति सँस्कृतिकै कारण फरक पहिचान भएको बताउदै भने, ‘हामी भाषा, कला, धर्म र सँस्कृतिकै कारण पृथक छौं त्यसैले यसको संरक्षण तथा जगेर्ना गर्न अतिआवश्यक छ ।’   गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक तथा प्रदेश सांसद गाहामगरले आगामी दिनमा नेपाल मगर संघ लम्जुङको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।      सोही कार्यक्रमकाबीच प्रभु बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजु रानामगर तथा लमजुङको विभिन्न स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत सम्मान गरिएको थियो ।    माघे सक्रान्तिको दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङले हरेक वर्ष लमजुङ जिल्लाको विभिन्न मगर गाउँमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरि माघी पर्व मनाउँदै आएको  छ । २०६८ को जनगणना अनुसार लमजुङ जिल्लामा मगर जातिको जनसँख्या करिब ५ हजार रहेको छ ।      

पोखराः   पोखरा– १४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् । तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी सुमिता तामाङ्ग पोखरा सराङ्गकोट निवासी हुन् । भर्खरै व्यवस्थापन संकायमा दश जोड दुई सकेकी सुमिता आफ्नो प्रेरणा तथा साहसको प्रतिकका रुपमा आमालाई मान्छिन् । आत्मविश्वासी बन्न चाहने सुमितालाई मिस तामाङ्ग पोखरामा सहभागी भइसके पछि आफ्नो समुदायको बारेमा धेरै विषयहरुमा जान्न पाएकोका खुसी लागेको छ । मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी रेनुका तामाङ्ग पोखरा २७ रिठेपानीमा बस्छिन् । भर्खरै सुनकोशी माविबाट दश जोड दुइको अध्ययन पुरा गरेकी रेनुका पेशागत रुपमा एक शिक्षिका पनि हुन् । उनले ओखलढुङ्गाको श्री सुनकोशी माविमै अध्यापन गराउछिन् । आफ्नो आमाको प्रेरणाको कारण उनि मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । उनले प्रतियोगितामा सहभागि भए पछि तामाङ्ग समुदायको बारे आफुले थाहा नपाएको इतिहास देखि आज सम्मका विषयमा जानकारी पाएकोमा दंग छिन् । पछिल्लो युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले समाजले प्रतियोगिता आयोजना गर्दै आइरहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । बढ्दो आधुनिकता सँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कम हुँदै गएकाले तामाङ्ग समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए । सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग,  निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग,  आकृति तामाङ्ग,  विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहने छ ।