‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
भोला बने सर्वाेत्कृष्ट
पाेखरा | बैशाख १९, २०८३
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सविन मेमोरियललाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै मेजर एफसीले नगद रु ९१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको सविन मेमोरियलले नगद रु ५१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्टसँगै सर्वाधिक गोलकर्ताका रुपमा मेजर एफसीका भोला सिलवाल पुरस्कृत बने । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिव्यशक्ति गुरुङ घोषित भए ।
कुल १९ टिमको सहभागिता रहेको प्रतियोगितामा ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको प्रतियोगिता संंयोजक दिपक गुरुङ (मेजर) ले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी तथा पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

