‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’

भोला बने सर्वाेत्कृष्ट

पाेखरा | बैशाख १९, २०८३

‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।

 

पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सविन मेमोरियललाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै मेजर एफसीले नगद रु ९१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको सविन मेमोरियलले नगद रु ५१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगिताबाट सर्वाेत्कृष्टसँगै सर्वाधिक गोलकर्ताका रुपमा मेजर एफसीका भोला सिलवाल पुरस्कृत बने । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिव्यशक्ति गुरुङ घोषित भए ।

 

कुल १९ टिमको सहभागिता रहेको प्रतियोगितामा ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको प्रतियोगिता संंयोजक दिपक गुरुङ (मेजर) ले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी तथा पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्