पोखरा:   पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।  सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए ।  कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोडे ।  सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट लिए ।  त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए। बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।   सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाए ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।  सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गरे । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन/तीन तथा तिलक भण्डारीले एक विकेट लिए ।  सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो ।  सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो ।  सुदूरपश्चिम अघिल्लो सिजनको समेत उपविजेता टिम हो ।  यो हारसँगै सुदूरपश्चिमले लगातार फाइनल पुगेर हारको सामना गरेको हो । 

पोखरा:  पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए । यसवर्षको प्रतियोगितामा  निजी तथा सामुदायिक विद्यालय गरेर १ सय ४० भन्दा बढि विद्यालयको सहभागिता रहने जनाईएको छ ।  जति धेरै विद्यालय सहभागी हुन्छ त्यति नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले बढिभन्दा बढि विद्यालय सहभागी गराउने आयोजकको तयारी छ । ग्रासरुट देखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पुर्‍याउने अध्यक्ष गोदारको विश्वास छ । प्रतियोगितामा खेल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रशिक्षक समेत तोकिएको छ । जसअनुसार भलिबलका लागि रामबहादुर लामिछाने, कबड्डीका लागि सागर भण्डारी, एथ्लेटिक्सका लागि गोप बहादुर अधिकारी, उसुका लागि दिलिप लामा, तेक्वान्दोका लागि निरज बहादुर नेपाली, कराँतेको लागि धन लामा प्रशिक्षकका रुपमा छन् । प्रतियोगिताको सन्दर्भमा शुक्रबार व्यवस्थापन तथा निर्देशन समितिसँग पोखरा महानगर खेलकुद विकास समितिले छलफल गरेको छ । छलफलका सहभागिले प्रतियोगितालाई प्रभावकारी बनाउनका लागि मिहिन ढङ्गले तयारी गर्नुपर्ने सुझाएका छन् ।   प्रतियोगितामा ग्रासरुट लेभलका खेलाडीका सहभागिता रहने भएको कारणले गर्दा उनीहरूलाई अनुशासनदेखि नियम लगायतका विषयमा समेत जानकारी दिएर निखारता थप्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा कमजोरी हुन नदिनको लागि व्यवस्थापनमा ध्यान दिनुपर्ने र फर्जी विद्यार्थी समावेश गरिएको भेटिएमा कारवाही समेत गर्नुपर्ने सुझाब दिएका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयको सहभागिता बढाउन समेत पहल गरिने अध्यक्ष गोदारको भनाइ छ । 

पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।   ‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनिन् ।  पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर  र बेलायतका फिन नर्वुड सान्त्वना भए ।  महिला तर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना भए ।  पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तुपा, भुम्दी, ठुलाखेत ुहदैँ कास्कीकोटबाट मेथलङ् हुदै खहरेमा पुगेर समाप्त भएको थियो ।  २१ किलोमिटर हाफ म्याराथनमा पुरुष तर्फ नेपालका विशाल राई  प्रथम  भए । उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गरे । नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना भए ।  २१ किलोमिटर हाफ म्याराथनमा महिला तर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा पार गरिन् । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकाी मारिलिया बोर्जेस सान्त्वना भए ।  पुरुष तर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले अग्रता कायम गरे ।  नेपालका विष्णु लिम्बु प्रथम भए । उनले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरे । यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ सान्त्वना भए ।  महिला  तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरीन् । ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना भए ।  फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानारी दिए । तिमिल्सिना सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए ।  प्रतियोगितामा २७ देशका धावकले सहभागिता जनाएका थिए ।   

पोखरा:   आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के–चि सुले फाइनलमा भेट पक्का गरेका छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी सर्किट १ अन्तर्गत पोखरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेईका टिङ–हो याङलाई ३–६, ६–३, ७–६(१)ले पराजित गर्दै कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका छन् । अर्काे सेमिफाइनलमा श्रीलंकाका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरे । त्यस्तै गल्र्स सिंगल्सतर्फ चाइनिज ताइपेईकी के–चि सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी शिवाली गुरूङ संग फाइनलमा भेट पक्का गरेकी छन् । अर्काे सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिका पद्मकुमारलाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।  त्यस्तै ब्वाइज डबल्सतर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जितेका छन् । यता गल्र्स डबल्सतर्फ शिवाली गुरुङ र के–चि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जिते ।  जारी प्रतियोगिताको सर्किट १ अन्तर्गतको फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङले जानकारी दिएका छन् ।  मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ  । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए । 

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडीबीच दिनभर कडा प्रतिस्पर्धा देखिएको थियो ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्सतर्फ प्रतीक शेओरन (भारत) ले राज बिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै अर्को चरण सुरक्षित गरे ।  ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराए भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाए । शशांक साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बंगलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गरे । यस्तै गल्र्स सिंगल्समा ध्रुती गुन्डु (भारत) ले सातौँ वरीयताकी बोइदेही उकिल (न्यूजिल्यान्ड) लाई ६–४, ६–४ ले हराउँदै अर्को चरणमा प्रवेश गर्न सफल भइन् । गल्र्स डबल्सतर्फ युनर ची (चीन) र नाला जोसेफिन मस्के (अमेरिका) को जोडीले आयेशा बग्ला र मेहा पाटिल (भारत) लाई ५–७, ६–३, १०–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै शिवाली गुरुङ (नेपाल) र क–चिए हसु (ताइपेइ) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै इभा खतिवडा (क्यानडा) र पूर्वा सिंह (भारत) लाई ६–१, ६–१ ले सहजै हराए । अर्को खेलमा सौम्या चटर्जी र रञ्जना संग्राम (भारत) ले अक्षिता आनन्थारामन (बेलायत) र अरुणिमा रोय (भारत) लाई ६–४, ६–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।  यसै गरी ब्वाइज डबल्समा शीर्ष वरीयताकृत जोडी शौनक चटर्जी (भारत) र रवर्ट डोल्या (सिङ्गापुर) ले गनुका फर्नाण्डो र रेहान गुणवर्धन (श्रीलंका) लाई ६–४, ३–६, १०–७ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे । दोस्रो वरीयता प्राप्त ह्यो जिन हा र युल हो जुंग (दक्षिण कोरिया) ले मोहम्द आरिज खान र ओजस्वीर सिंह (भारत) लाई ६–४, ६–१ ले पराजित गरे। क्युंग बिन आन (कोरिया) र दर्शिल श्रेष्ठ (नेपाल) ले अयन दहिया र शशांक साई प्रसाद करणाटी (भारत) लाई ६–४, ६–३ ले हराउँदै अर्को चरणमा प्रवेश गरे । त्यस्तै खब्बो गयेन (बंगलादेश) र जियालियाङ गु (चीन) ले शास्वत बज्राचार्य र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–४ ले पराजित गरे । तेस्रो वरीयताकृत जोडी यन्सुओ पान र जुनलिन सु (चीन) ले एमडी महद बिन मालिक र एमडी तनभिर (बंगलादेश) लाई ६–३, ६–२ ले सोझो सेटमा हराउँदै अघि बढे । नेपालका प्रणव मानन्धर र राज बिर प्रधानले उत्कृष्ट समन्वयसहित यश कुमार र हर्ष मरवाहा (भारत) लाई ६–३, ६–३ ले हराए । आयुष्मान हजुर घले र सक्षम विक्रम शाह (नेपाल)ले पनि प्रभावकारी खेल प्रदर्शन गर्दै प्रतीक शेओरन र अनुज अभिजित तसिल्दार (भारत) लाई ७–६(२), ६–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन् ।  मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ  । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले बताए ।   

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (आइतबार) भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।  बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।  उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  यस्तै पुरुषतर्फ भने, बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।  बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो ।  उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे । यस्तै सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।  निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी,झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।  यस्तै पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेर मगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेण्डर, नरेठाँटीका दिप्सन ठकुरी उदियमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।   २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।   

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।  पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने ्कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् । उनले भनेका छन्–“पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिव २ सय  जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।” प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ  । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङले बताए । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा  (१२८४), शिवाली गुरुङ  (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ ।  त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ । टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिब समेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”  प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।  कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।” सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए । 

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् ।  पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (शनिबार) पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।  शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । लिगचरणको आठौ खेलमा  बोहोराफाँटले पोखरा युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको थियो । लिगचरणको नवौं खेलमा नरेठाँटी युवा क्लबले एपिएफ पोखरालाई ३–२ को सेटमा पराजित गरेको थियो ।  बोहोराफाँट समाज जापान समूह ‘ए’को विजेता र ठकुरी समाज तनहुँ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो । भने, नरेठाँटी युवा क्लब समूह ‘बी’ को विजेता र एपिएफ पोखरा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थियो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।  आइतबार हुने फाइनल खेलमा पुरुषतर्फ बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब भिड्ने छन्  । भने, महिलातर्फ सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका एपिएफ र ठकुरी समाजले नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।   

पोखरा:   पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ ।  ७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समिकरण भने पूरा भएको छैन ।  पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शिर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।  पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको पोखरा युनाइटेडको ३ अङ्क छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र भने अङ्कविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बोहोराफाटले एक खेल खेल्न बाँकी छ ।  पोल ‘बी’ मा रहेका एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ समान ६÷६ अङ्कसहित सेमिफाइनलमा स्थान पक्का गरेपनि समूह विजेता र समूह उपविजेता लागि भएको खेल लाइट प्रोस्टेटका कारण खेल स्थगित भयो ।  आज भएको लिगचरणको पाचौं खेलमा पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३,२५–१८ र २५–१५ ले पराजित ग¥यो ।  छैठौं खेलमा बोहोराफाट समाज जापानले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।  बोहोराफाटले पोखरालाई २५–१८, २५–१६र २५–२३ ले पराजित ग¥यो । आज नै भएको लिगचरणको तेस्रो खेलमा ठकुरी समाज तनहुँले पोखरा युनाइटेडलाई ३–२ को सेटमा पराजित ग¥यो ।  सातौ खेलमा ठकुरी समाजले पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले उत्कृष्ट पूनरागमन गरेको ठकुरी समाजले पाँचौ तथा निर्णायक सेट २२–२० ले जित्यो । पराजित भएको पोखरा युनाइटेडले ठकुरी समाजबाट एक अङ्क खोज्न भने सफल भयो ।   आज नै भएको लिगचरणको आठौ खेल एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ बीचको खेल भने, लाइट प्रोस्टेटका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोस्टेटका कारण स्थगित भएको हो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवांै वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।  पुरुषतर्फको खेल लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।  खेल लिगकम नकआउटको आधारमा सञ्चालन भएकाले पहिलो सेमिफाइनलमा पोल ‘ए’को विजेताले पोल ‘बी’को उपविजेता र  दोस्रो सेमिफाइनलमा पोल ‘बी’को विजेताले पोल ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।  उनका अनुसार महिलातर्फ भने सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरी सकेका छन् ।   पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ ।