काठमाडौं:  जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार इ...

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत गरेको छ ।   सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो ।  प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणका प्रतिभाले समग्रमा ३१ अंक प्राप्त गरेको थियो ।  यसै गरी सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको छ ।  छात्र बास्केटबलमा मष्ट भेलुयलबल प्लेयर प्रतिभाका अलन शेरपुजा बने भने हाइऐष्ट स्कोरर मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट भेलुयबल प्लेयर तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइऐष्ट स्कोरर घोषित भए ।  यता छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले फाइनलमा प्रतिभालाई २५–२३, २५–२० ले पराजित गरी टिम च्याम्पियन हुदा तेस्रो स्थान न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भयो ।  न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो । छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।  १८औं हिसान स्पोर्ट्स मिट अन्तर्गतका फाइनल खेलसँगै पुरस्कार वितरण कार्यक्रम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको थियो ।  समापन कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बास्केटबल खेलको शुभारम्भ गर्दै शिक्षासँगै खेलकुदको अपरिहार्यतामा जोड दिएका थिए ।  बिजेता टिम तथा खेलाडीहरुलाई हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त र डा.स्वागत श्रेष्ठ, केन्द्रिय सदस्य सूर्य बहादुर जिशी, हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्मा, हिसान कास्कीका उपाध्यक्षद्वय ढाकाराक कंडेल र पुरन कुंवर लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  लगातार ५ दिन सम्म सञ्चालन भएको १८ औं संस्करणको हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्न्यवविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका थिए ।  जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धाहरु सञ्चालन भएका थिए ।   निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।  हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको सचिब किरण सापकोटाले जानकारी दिए ।   

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर भीम बहादुर बिकले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिन सफल भए ।  जवाफी ब्याटिङमा उत्रेको डायमण्डले १९ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १६ रन बनाउन सफल भए । डायमण्डका ब्याटर सुशान्त तिवारीले ३३ बलमा ४१ रन, सन्दिर तिमिल्सिनाले १५ बलमा १७ रन बनाउन सफल भए । त्यस्तै जनप्रकाशका बलर रोहित किसानले ४ ओभरमा २७ रन दिदै ३ विकेट लिन सफल भए । हिमाल आचार्यले ४ ओभरमा १ मेडेन राख्दै २० रन दिएर ३ विकेट लिन सफल भए । डायमण्डले उक्त खेल २ विकेटले जित्न सफल भयो । खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । प्रतियोगिताको बेष्ट बलर प्रतिभा सेकेण्डरीका साहबुद्धिन अनसारी भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे । बेष्ट बलर हिमालय बोर्डिङका आयुष पनेरु बन्न सफल भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे  । सर्वोत्कृष्ट खेलाडी डायमण्डका सुसांक तिवारी घोषित भए उनले हिमालय एकेडेमीको भर्ना फिमा १०० प्रतिशत छुट प्राप्त गरे । उदयीमान खेलाडी रत्नज्योतीका प्रितिश गुरुङले हात पारे उनले समेत एकेडेमीमा शत प्रतिशत छुट प्राप्त गरेका छन । प्रतियोगिताका बिजयीहरुलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, हिमालय क्रिकेट एकेडेमी प्रा.लि.का अध्यक्ष शक्ति बराल, खेलकुद पत्रकार मञ्च झापाका भुमिका पिया लगायतले, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

काठमाडौं:   भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षण सोमबार हुनेछ । टोलीमा एनपिएलमा सानदार प्रदर्शन गर्नुभएका युवा खेलाडी शेर मल्ल, भेट्रान विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि पर्नुभएको छ ।  प्रारम्भिक चरणको प्रशिक्षणमा पर्न सफल खेलाडीहरुमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेस बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेश कुमार सिंह हुनुहुन्छ ।    नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकप खेलेको थियो ।  यसपटक विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान रहेको छ ।  यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश, इटली र नेपाल रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका छन् भने बास्केटबल तथा भलिबलतर्फ फाइनल समिकरण पुरा भएको छ ।   प्रतियोगिताको चौथो दिन कक्षा ११–१२ (प्लस टु) ब्याडमिन्टनतर्फ समग्रमा प्रतिभा र मदर ल्याण्डले ७–७ अंक प्राप्त गरी टिम च्याम्पियन भएका छन् ।  त्यस्तै ग्लोबल कलेजियटले ५ अंक प्राप्त गरी उपविजेता, रेन्वो र कास्की मोर्डनाइन्डले ३–३ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे ।  त्यस्तै विश्वविद्यालयतर्फ ७ अंक प्राप्त गरी इन्फरमेटिक्स पहिलो हुदा, ५ अंक प्राप्त गर्दै पोखरा लिंकन दोस्रो तथा पोखरा कलेज अफ म्यानेजमेन्टले ३ अंक प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ  ।  यसै गरी टेबुल टेनिसतर्फ सिर्जना मावि ७ अंकका साथ टिम च्याम्पियन हुदा प्रतिभा मावि ५ अंकका साथ उपबिजेता बनेको छ भने ग्लोबल ३ अंकका साथ तेस्रो भएको छ ।  ब्याडमिन्टन फाइनल  सम्पन्न छात्रा ब्याडमिन्टन सिंगल्सतर्फ मदर ल्याण्डकी दिलाशा रानाले ग्लोबलकी रक्षा फगामीलाई २१–६, २१–६ ले पराजित गरी स्वर्ण पदक जितेकी छन् भने डबल्सतर्फ दिलाशा र कन्चन रानामगरको जोडीले फाइनलमा ग्लोबलका रक्षा र प्राप्ती खड्कालाई २१–९, २१–१३ ले पराजित गरी स्वर्ण पदक जिते । प्रतियोगितामा कास्की मोर्डनाइज्डकी प्रजु थापा र प्रतिभाकी लिजा छुमी तामाङले तेस्रो स्थान हात पारे ।  त्यस्तै छात्र सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा मदरल्याण्डका दिप रानालाई २१–१४, २१–१५ ले पराजित गरे । त्यस्तै छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र पवन गुरूङ, रेन्वोका रिसाल गुरूङ र किस्मत गुरूङ, कास्की मोर्डनाइन्जका रोहित श्रीष र ओजन भण्डारी तथा मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्की क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।  विश्वविद्यालय छात्रा सिंगल्समा इन्फरमेटिक्सकी स्वेच्छा खड्काले फाइनलमा पिसिएमकी दिक्षा घर्तीमगरलाई २१–६, २१–१८ ले हराउँदै स्वर्ण पदक जित्दा छात्रतर्फ पोखरा लिंकनका रिजन सूर्यवंशीले फाइनलमा १८–२१, २१–१९ र २१–५ ले आफ्नै कलेजका हेप्पी गुरूङलाई पराजित गरे । छात्र सिंगल्समा इन्फरमेटिक्सकी रोनिका बुद्धाचार्य र ला ग्राण्डीकी आरती कुमारी तथा छात्रतर्फ इन्फरमेटिक्सका प्रिथक गुरूङ र विशेष बस्नेत तेस्रो भएका छन् ।  त्यस्तै डबल्सछात्रतर्फ इन्फरमेटिक्सका प्रीथक गुरूङ र विशेष बस्नेतको जोडीले पोखरा लिंकनको हेप्पी गुरूङ र प्रकाश विकको जोडीलाई २१–१८, १९–२१ र २२–२० ले पराजित गरी स्वर्ण पदक हात पारे ।  पेकका अमित भण्डारी र विश्वास धिताल तथा सोचका रोहित खार्जा र अर्पित नेपालीको जोडी तेस्रो भएका छन् । यता छात्रातर्फ इन्फरमेटिक्सका रोमीका बुद्धाचार्य र स्वेच्छा खडकाको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरुले फाइनलमा पोखरा लिंकनको जोडी रेनु गुरूङ र समिक्षा कुमाललाई २१–९, २१–१३ ले पराजित गरेको छ भने पिसिएमका दिक्षा घर्ती मगर र सलिना जैशी तथा पेकका अनिषा अधिकारी र कल्पना गुरूङको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ ।  टेबुल टेनिस फाइनल  यसै गरी प्रतियोगिताको चौथो दिन सम्पन्न प्लस टु टेबुल टेनिस छात्र सिंगल्सतर्फ सिर्जनाका विशेष गौचन प्रथम, प्रतिभाका गौरव शेरचन दोस्रो, प्रतिभाकै युनिश भुजेल र ग्लोबलका अशिम घले तेस्रो भएका छन् । छात्रातर्फ सिर्जनाकी तृषा गुरूङ, सगरमाथाकी सेजल बाँनिया, सिर्जनाकी प्रजिता मुडभरी तथा मदरल्याण्डकी अनुस्का भट्टराईले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।  त्यस्तै टेबुल टेनिस प्लस टु छात्र सिंगल्सतर्फ  प्रतिभाका गौरव भुजेल र युनिश भुजेल पहिलो, सगरमाथाका सुमित कोइराला र आर्यन क्षेत्री दोस्रो, सिर्जनका रोमिक थापा र विशेष गौचन तथा ग्लोबलका अशिम घले र सार्थक सिग्देलले तेस्रो स्थान हात पारे । त्यसै गरी छात्रा डबल्सतर्फ सिर्जनाका तृषा गुरूङ र प्रजिता मुडभरी, प्रतिभाका गौरी भुजेल र सुस्मी गुरूङ, सगरमाथाका सेजल बाँनिया र राधिका जैशी तथा ग्लोबलका मन्दिरा राई र मेलिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।  प्रतियोगिताअन्तर्गत सम्पन्न विश्वविद्यालयतर्फ छात्रा टेबुल टेनिस सिंगल्समा इन्फरमेटिक्सकी अविशा श्रेष्ठ, पेककी रोनिका रुम्वा, इन्फरमेटिक्सकी दावा डोल्मा गुरूङ  र पेककी अनुस्का थेवे तथा छात्र डबल्सतर्फ पेकका सुवर्ण रुम्वा र मदन कार्की, त्रिवेणीका पवन खत्री तथा पिएलआइसीका सन्सार गुरूङ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।  त्यस्तै डबल्स छात्रतर्फ पेकका सूवर्ण रुम्वा र मदन कार्की, पोखरा लिंकनका संसार गुरूङ र प्रकाश विक, माउन्ट अन्नपूर्णका सिद्धार्थ खड्का र प्रवेग बस्नेत, पिसिएमका सुजन गौतम र निर्भय लिगलले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे भने छात्रा डबल्सतर्फ इन्फरमेटिक्सका दावा डोल्मा गुरूङ र अभिषा श्रेष्ठ, पेकका अनुस्का थेवे र रोनिका रुम्वा, ला ग्राण्डीका प्रतिक्षा कार्की र जेशीका गुरूङ, पिसिएमका प्रतिक्षा केसी र सजिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।  भलिबल  १७ औं हिसान स्पोर्टस मिट छात्र भलिबलतर्फ प्रतिभा मावि र पोखरा युनाइटेड भिड्ने भएका छन् । प्रतिभाले न्यू ग्यालेक्सीलाई २५–१५, २१–२५ र २५–२१ ले तथा पोखरा युनाइटेडले माउन्ट अन्नपूर्णलाई २५–१३ र २५–१४ ले पराजित गरेको हो । तेस्रो स्थानका लागि न्यू ग्यालेक्सी र माउन्ट अन्नपूर्ण आमने सामने हुनेछन् ।  त्यसै गरी छात्रा भलिबलको फाइनलमा प्रतिभाले गुरूकुलको सामना गर्ने भएको छ । आज सम्पन्न सेमीफाइनलमा प्रतिभाले पश्चिमाञ्चललाई २५–१५ र २५–२० ले पाखा लगाउँदै फाइनलमा स्थान बनाउँदा गुरूकुलले न्यू ग्यालेक्सीलाई १९–२५, २५–२२ र २५–१६ ले जित हात पारेको हो । सेमीफाइनलमा पराजित दुबै टिम न्यू ग्यालेक्सी र पश्चिमाञ्चल तेस्रो स्थानका लागि खेल्नेछन् ।  बास्केटबल  हिसान स्पोर्ट्स मिटअन्तर्गत प्लस टु छात्र बास्केटबलमा फाइनलमा प्रतिभा मावि र मनकामना भिड्ने भएका छन् । सम्पन्न सेमीफाइनलमा प्रतिभाले कास्की मोर्डनाइज्डलाई ५४–३० र मनकामनाले न्यू ग्यालेक्सीलाई ४९–४८ को स्कोरले पराजित गरे । पराजित दुबै टोली तेस्रो स्थानका लागि खेल्नेछन् भने छात्रा फाइनलमा फिसटेल र न्यूग्यालेक्सी फाइनलमा प्रवेश गर्दा पोखरा आदर्श र कास्की मोर्डनाइज्ड तेस्रो स्थानका लागि भिडनेछन् ।  १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका छन् । जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ ।  त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम,  टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डबल्सतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिएका छन् ।  त्यस्तै, विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् ।  १५औं देखि १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार तीन पटक र न्यू ग्यालेक्सीले लगातार चार पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् । निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।  

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० गाेल अन्तरले हराउँदै च्याम्पियन बनेकाे हो ।   रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्युस्टार 'ए'लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने, न्युस्टार 'बि' ले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।   उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको न्युस्टार बिले  ५० हजार रुपैयाँ प्राप्त गर्याे ।   प्रतियोगितबाट उत्कृष्ट खेलाडीका रूपमा रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।   पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो ।   दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।   समापनमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले पुरस्कार वितरण गरेका थिए ।  

पोखरा:   ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् ।   संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।   टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई ब्यवास्थित बनाउन अतिथी सत्कारको उपसमितिमा संस्थाका उपाध्यक्ष देबेन्द्र केसी र महासचिब प्रकाश बराललाई जिम्मेवारी दिएको छ भने आर्थिक उपसमितिमा कोषाध्यक्ष हरि कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।   सम्पन्न बैठकले मञ्च ब्यवस्थापनको उपसमितिको संयोजकमा रामकृष्ण ज्ञवाली, सचिवालयमा डिबी नेपाली, प्रचार प्रसारमा डिआर पोख्रेल, खेल मैदानमा खुम थापा, स्वयं सेवक एवं सुरक्षामा विरेन्द्र खडका, यातायातमा गोविन्द थापा मगर, प्राविधिकमा याम बहादुर गुरूङ, स्वास्थ्यमा शुक्रराज कंडेल, विदेश समन्वयमा धोज कुमार गुरूङ, सास्कृतिकमा राजु थापा, टिम समन्वय तथा ट्रफी, मेडलमा राज कुमार गुरूङ र आवाशमा शंकर गुरूङलाई संयोजक तोकिएको छ ।   टाइगर ग्रुपले गत मंसिर ५ गते नै प्रतियोगिताको संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डिआर पोख्रेललाई जिम्मेवारी सुम्पिएको थियो ।   छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् ।   यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । छैटौ सस्करणको प्रतियोगिता माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ ।

काठमाडौं:  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै  नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ ।  समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन् । 

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई २–० गोलअन्तरले हराउन सफल भएको छ । दोस्रो खेलमा बौद्ध शान्ति क्लब रामघाटले खेम माइला क्लबलाई २–० ले पाखा लगायो । तेस्रो खेलमा आयोजक दोभान क्लबलाई मुलमिलले टाइब्रेकरमा ४–३ ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ । चौथो खेलमा रामघाटले म्याग्दीलाई ३–० ले हराउँदा अन्तिम खेलमा धारापानीले डाडाँपाखालाई टाइब्रेकरमा ५–४ ले हराउन सफल भयो ।  २४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ 

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ । रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् । आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस प्रतियोगिताले पालिकाको सोचअनुसार खेलकुदको विकासमा टेवा पुगेको बताइन् । फुटबलसंगै अन्य खेलकुद प्रतियोगिताको आयोजना गर्न आवश्यक रहेको उनले सुनाइन् । कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले सुनाइन् । वडा ५ का वडाध्यक्ष राजन खनालले क्लबले ऐतिहासिक प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुद युवाको मेरुदण्डको रुपमा रहेको रुपा खेलकुदमा पहिचान थप्ने नयाँ आयाम थपिएको बताए । वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाकै युवाको नेतृत्वमा नविनतम कार्य गर्न आवश्यक रहेको सुनाए । रुपा ६ का वडाध्यक्ष नारायण गुरुङले क्लबले गुर्नपर्ने दायित्व र खेल्नुपर्ने भूमिका दोभान क्लबले पुरा गरेको सुनाए । उनले पहिलो पटक पालिकाभित्र फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुदले स्वास्थ्य र सद्भाव कायम गर्नुपर्ने भन्दै एक वडा एक खेल मैदानको अभियान चालेको बताए । खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । दोभान क्लब विभिन्न काल खण्डमा सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आइरहेको र अब फुटबलमा समेत पालिकालाई अब्बल बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरुलाई जोड्ने बताउँदै क्लबले खेलकुदलाई प्राथमिकता दिदाँ खुसी लागेको बताए । दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठले रुपा गाउँपालिकामा फुटबल खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । रुपामा भलिबलको पहिचान हुनेगरेपनि फुटबलमा पहिचान नभएको र पहिचान स्थापित गराउने मुख्य लक्ष्य रहेको उनले सुनाए । अब युवाहरु भलिबलमा मात्र नभइ फुटबलमा समेत आकर्षित हुने उनको विश्वास रहेको छ । २१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।