पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   उक्त फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक संस्थाका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार आइतबार भएको पहिलो सेमिफाइलन खेलमा स्याङ्जा युवा क्लबमाथी २–० गोल अन्तरले जीत निकाल्दै मिक्की एफसी फाइनलमा प्रवेश गरेको हो ।    मिक्कीको जीतमा उपेन गुरुङ र आशिक गुरुङले गोल गरे । सो खेलबाट मिक्कीका अमिर गुरुङ म्यान अफ दि म्याच घोषित भए ।    यसैगरी अर्काे सेमिफाइनल खेलमा  रामघाट एफसी ग्रिनले आयोजक सूर्यतारा क्लबमाथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै उपाधि नजिक पुग्यो ।   रामघाटको जीतमा विशाल बिक र सुशान्त गुरुङले गोल गरे भने सूर्यताराका लागि आकाश थापा मगरले सान्त्वना गोल फर्काए ।   प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ ।   यस्तै द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।   महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।     प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् ।   इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।     सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन ​एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् ।    हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।   ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ ।  खेल महोत्सव चैत्र ३० गते समापन गरिने प्रचार संयोजक इश्वर अधिकारीले जानकारी दिए ।  

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आज (आइतबार) भएको फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो ।   न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने ।   प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको एनकेलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताबाट न्यूरोड एफसीका नरेश केसी सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए ।   उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए ।    यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद रु २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो ।   मैत्रीपूर्ण खेलमा स्ववियु पिएन क्याम्पस विजयी   प्रतियोगिताको फाइनल अघि आमन्त्रित महिला मैत्रीपूर्ण खेलमा सम्पदा अंकित स्पोर्टस्लाई ४–० गोल अन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस विजयी बन्यो ।   महिलाहरुलाई पनि फुटबलमा आकर्षण बढाउन सकिने लक्ष्यसहित आमन्त्रित मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको कार्यक्रम संयोजक दीपक मुल्मीले जानकारी दिए ।     उनका अनुसार दुवै टिमलाई मायाको चिनोसहित नगद रु ५/५ हजार प्रदान गरिएको उनले बताए ।   प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, क्लबका अध्यक्ष, पुरस्कारदाता, क्लबका सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए ।   सोहीबीच ५७ वर्षको उमेरसम्म पनि सक्रियताका साथ फुटबल खेल्दै क्लबलाई योगदान  पुर्याएको भन्दै पोखरा ५ का कृष्ण कोइरालालाई दोसल्ला तथा सम्मान पत्र अर्पण गरिएको संयोजक मुल्मीले बताए ।    उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।      

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन अनुसार पहिलो खेलमा भ्यु पोइन्ट एफ सीललाई आर एस पोखराले पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्याे । सो खेलबाट आर एस पोखराका सदीस कार्की म्यान अफ दि म्याच घोषित भए ।    यस्तै दोस्रो खेलमा एस एस एप सीको अनुपस्थितिमा वाकओभर मार्फत  सूर्य तारा क्लब सी विजयी बन्यो ।    तेस्रो खेलमा स्याङ्जा एफसीले पेनाल्टी सुटआउट मार्फत काउले एफसीलाई ३–२ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे ।   चौथो खेलमा विपिन एफसी ए टिमले रामघाट एफ सी सेतोलाई पेनाल्टी सुट आउटमा  २–१ अन्तरले पराजित ग¥यो । उक्त खेलमा विपिनका सिदन श्रेष्ठ मेन अफ दि म्याच बने ।   पाँचौ खेलमा सूर्य तारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।    सो खेलबाट सूर्य ताराका राज कुमार कुँवर मेन अफ दि म्याच घोषित हुँदै पुरस्कृत भए ।  ्   छैटौँ खेलमा रामघाट एफ सी  ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो ।    उक्त खेलबाट रामघाटका सुशान्त गुरुङ म्यान अफ दि म्याच घोषित भए ।     आज भएको अन्तिम खेलमा पोखरा २९ लाई  स्याङ्जा युथ क्लबले १–० गोल अन्तरले हराउँदै स्याङ्जा दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार उपसमितका संयोजक इश्वर अधिकारीले जानकारी दिए ।   उनका अनुसार सो खेलबाट स्याङजाका आइत तामाङ म्यान अफ दि म्याच घोषित भए ।   प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको छ ।   प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।   महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् ।   महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ हात पार्नेछ ।   खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ ।    जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।   ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।     प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।     सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।   ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गतेसम्म चल्नेछ ।  

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् ।   उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए ।   गुरुङका अनुसार आज (शनिबार) भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो ।   गोलरहित खेलको निर्धारित समय सकिएपछि  खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।   यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड एफसीले आयोजक गण्डकी स्पोर्टस् क्लबविरुद्ध १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्दै फाइनलमा एनके एफसीसँगको भेट पक्का गर्याे ।      न्यूरोडको जीतमा बिकी कुँवरले दोस्रो हाफमा गोल गरे । सोही गोल नै फाइनल यात्राको निर्णायक गोल बन्यो ।    प्रतियोगिताको फाइनल खेल हुनुपूर्व एन्फा कास्कीको महिला टिम र पृथ्वीनारायण क्याम्पसको महिला टिमबीच मैत्रीपूर्ण खेल हुने प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगिताको विजेता टिमलाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ ।   यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।   प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमीले उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा एलिट भलिबलले बौद्ध सृजना युवा क्लब घलेललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।  उपाधि जितेको एलिटले २० हजार र उपविजेता भएको बौद्ध सृजनाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला भलिबलमा १० टिमको सहभागिता रहेको थियो ।   २९ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबलतर्फ २४ समूहको सहभागिता रहेको छ । आज भएको पुरुष तर्फको खेलमा घाचोक टुसे, घलेल, फेरी भेटौला,नयाँपुल साखु र डाँडागाउँले पहिलो चरणमा खेलमा विजयी भएका छन् ।  खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।  भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् ।   यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ । मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए । ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।

पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   मालेपाटन खेलमैदानमा आज (शुक्रबार) भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्याे ।   आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १/१ गोलको योगदान दिए ।   त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो ।    एनकेको जीतमा मनिष थापाले २ गोल गरे भने कन्या गुरुङले १ गोलको योगदान दिए ।   तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्याे ।   पोखरा १५ को जीतमा अशोक लामा र रोशन सुनारले समान १/१ गोल गरे ।   यस्तै चौथों खेलमा पोखरा लायन्सले टिचर्स एफसीविरुद्ध ५–२ गोल अन्तरले सहज जीत निकाल्यो ।   पोखरा लायन्सको जीतमा दिपेन शाही, विष्णु केसी, रोशन सुहाङ, विष्णु लामिछाने र विजय गुरुङले समान १/१ गोल गरे भने, टिर्स एफसीको तर्फबाट डिटी मगर र भरत अधिकारीले समान १/१ गोल गरे ।   यसैगरी आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा हेमजा एफसीविरुद्ध कस्केरी भेट्रान्सले २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।   कस्केरीको जीतमा अन्तिम गुरुङ र लक्ष्मण महतले १/१ गोल गरे भने हेमजाको तर्फबाट मिलन गुरुङले सान्त्वना १ गोल फर्काए ।   अब शनिबार क्वाटरफाइनलका ४ खेल हुने र्यामोस गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो ।   आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्याे ।    सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १/१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए ।   यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।    उनका अनुसार आज भएको अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्शमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।    अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए ।    मुल्मीका अनुसार शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् ।    तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथों खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।    प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र्यामोस गुरुङले जानकारी दिए ।    उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।    प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।    मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र  मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा रहेकी छिन् ।   वर्षभरीको  प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए ।    यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ ।    जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् ।  जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ ।    मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने, आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ ।   अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ ।   सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् ।    गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई  टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।    त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए ।   खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो ।   मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।   पोखरा स्पोर्ट्स  अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।   अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ ।   अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।  

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   मेलाको मुख्य आकर्षणका रुपमा खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र माछापुच्छ्रे गाउँपालिकास्तरीय सामूहिक नृत्य प्रतियोगिता रहेका छन् ।    खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।    महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला भलिबलमा १० टिमको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् ।    यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ ।   मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए ।   ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।