पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खे...

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो । यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो । आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।   च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । 

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो ।  पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।   टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपीएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपीएफले थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो । अब आजको दोस्रो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।   

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन जागृति आमा समूह च्याम्पियन बनेको छ ।  बन विज्ञान क्याम्पसको खेल मैदानमा वडावासीको उत्साहजनक सहभागिताका बिच भएको आजको फाइनल खेलमा सानिमजुवा र दिव्यज्योती युवा क्लब बिच रोचक प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउट बाट गरिएको थियो । पेनाल्टीमा सानिमजुवा ३–२ ले विजयी बन्यो । भने, महिला भलिबलमा जन जागृति आमा समूहले एकता आमा समूहलाई पराजित ग¥यो ।  समापन कार्यक्रममा १७ खेल विधाका विजेता, उपविजेता, तेस्रो तथा वेस्ट प्लेयरहरूलाई नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जु देवी गुरुङले वडा नं १५ ले खेलकुदलाई  विशेष प्राथमिकतामा राखेको बताइन्। उनले खेलकुदको माध्यमबाट समाजमा भएको विकृति विसङ्गतिलाई हटाउनुपर्छ र यहाँ भएका विभिन्न संघ संस्थासँग हातेमालो गरी खेलको माध्यमबाट समृद्धिको बाटोतर्फ लाग्नुपर्छ भनेर वडाले विगतका वर्षहरूबाट खेलकुद महोत्सवलाई निरन्तरता दिएको बताइन् ।  खेल महोत्सवमा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेको भन्दै हिजोका दिनमा घरायसी काम काजमा  सीमित रहने र चुल्हो चौकोसमा रमाउने महिला आज यसरी खेलकुदमा रमाइरहनु अत्यन्त सकारात्मक रहेको बताउँदै वडा नं १५ ले वडावासीको क्षमता विकास गर्दै सामाजिक रूपान्तरण गर्ने जस्तो अत्यन्त सम्मानजनक काम गरेकोमा आफू र महानगरको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।   वन विज्ञान क्याम्पस प्रमुख नारायण प्रसाद शर्माले खेलकुद कार्यक्रमले शरीरलाई बलियो मात्र बनाउने नभई मनलाई दरिलो बनाउनुका साथै साथी समूह र समुदाय बिचमा बन्धुत्वको भावनाको विकास गराएको प्रतिक्रिया दिए। उनले पोखरा महानगर भित्र वडा नं १५ सामुदायिक कार्यमा उत्कृष्ट वडा रहेको भन्दै वन विज्ञान अध्यन संस्थान यहाँका विद्यार्थी भाइ बैनीको शैक्षिक कार्यकमका लागि सहकार्य गर्न तयार रहेको पनि बताए ।  यस्तै, वडा अध्यक्ष तोरण बानियाँले खेलकुदप्रति वडावासी नागरिकले देखाएको उत्साह, माया र सहयोगले नै चौथो संस्करण पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए । उनले खेलकुदको माध्यमबाट नागरिकको सर्वाङ्गीण  विकास गर्न र खेलकुदलाई मनोरञ्जन र  प्रतिस्पर्धा मात्र नभई शारीरिक मानसिक र स्वास्थ्य सुधार सँगसँगै समाजलाई रूपान्तरण गर्न सकिने भन्दै यस्ता खेल कार्यक्रम निरन्तर चलिरहनुपर्ने धारणा व्यक्त गरे। बानियाँले स्थानीय खेलकुद परम्परालाई जीवित राख्नु पर्ने र खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई व्यवस्थित र प्रोत्साहित गर्दै आर्थिक गतिविधिको सृजना गरी राष्ट्रिय गौरवको अनुभूति गराउने अपेक्षा लिएको बताए ।   खेल महोत्सवको पाँचै दिन हरियो खर्क अस्पताल (आइएनएफ) ले निशुल्क स्वास्थ्य शिविरलाई राखी सुगर परीक्षण र प्रेसर चेकजाँचको व्यवस्था मिलाइएको थियो ।    

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय लिएको हो। बीसीबीले निरन्तर बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न दबाब दिँदै आएको थियो। यता आईसीसीले विश्वकपको निर्धारित तालिका परिवर्तन गर्न नसक्ने बताएपछि अन्तत बंगलादेश विश्वकपबाटै बन्चित भएको हो।  बिहीबार बीसीबीले भारतमा खेल्न नजाने निर्णय गरेपछि आईसीसी बोर्ड बैठकले भारतमा खेल्न नजाने बंगलादेशलाई प्रतियोगिताबाट हटाएर अर्को टिमलाई मौका दिने निर्णय लिएको हो। अब बंगलादेश आउट भएपछि युरोप छनोट पार गर्न नसकेको स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ। आईसीसीले बंगलादेश नखेल्ने भएपछि विश्वकप खेल्ने देशबाहेक माथिल्लो वरियतामा रहेको स्कटल्याण्डलाई अवसर दिएको हो।  इन्डियन प्रिमियर लिग (आईपीएल)को कोलकाता नाइट राइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको विवादले बंगलादेश भारतमा क्रिकेट खेल्न नजाने अवस्थामा पुगेको हो। यो घटनापछि भारतीय क्रिकेट बोर्ड र बीसीबीबीच तनाव बढेको थियो। सोही तनाव व्यवस्थापन नहुँदा बंगलादेशको पूरै टिमले विश्वकप खेल्न भारत आउन अस्वीकार गरेको हो।  यो विवादपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको छ।  

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेखनाथले गण्डकी स्पोट्र्स क्लबलाई ४८ रनले हराएको छ भने अरण्यज्योतिले एभरेष्टलाई १९३ रनले हराएको छ ।     लेखथनामा लेखनाथ क्रिकेट क्बलले गण्डकी स्पोट्र्स क्लबलाई हराएको हो । १९१ रनको विजयी लक्ष्य पाएको गण्डकी ४१ ओभरमा १३७ रन बनाउँदै अलआउट हुन पुग्यो । गण्डकीका लागि सौरभ शर्माले अर्धतकीय पारी खेलेपनि जितका लागि पर्याप्त रहेन । उनले ५६ रन बनाए । यस्तै विवेक अधिकारीले १७ र सम्राट अधिकारीले १५ रन बनाए ।  लेखनाथका लागि सुवाष वास्तोला, सुशिल सुवेदी र साजन क्षेत्रीले समान २÷२ विकेट लिए ।  त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लेखनाथले ४२.५ ओभरमा अलआउट हुँदै १९० रन बनायो । लेखनाथका लागि राजकुमार छन्त्यालले अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ५७ रन बनाए । देव यादवले २४ तथा सुवाष वास्तोलाले १८ रन बनाए ।  गण्डकीका लागि दीक्ष्यन अर्याल र अनिष पोखरेलले ३÷३ विकेट लिए भने हिमाल आचार्यले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच लेखनाथका राजकुमार छन्त्याल घोषित भए ।  यस्तै शनिबार नै भएको अर्को खेलमा अरण्यज्योति क्रिकेट क्बलले एभरेष्ट क्रिकेट क्लबलाई १९३ रनले हराएको छ । २५३ रनको विजयी लक्ष्य पाएको एभरेष्ट ३६ ओभरमा १५९ रनमा अलआउट हुन पुग्यो । एभरेष्टका लागि कमल थापाले ३७, समिर आलमले १९ र सचिन कडेलले १८ रन बनाए ।  अरण्यज्योतिका लागि आकाश वोगटीले ३ तथा अभिषेक भुजेल र सफल थापाले समान २÷२ विकेट लिए ।  त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ४७.४ ओभरमा ३५२ रन बनाउदै अलआउट हुन पुग्यो । अंकित गजुरेलले शतकीय पारी खेले । उनले ८३ बलमा ११० रन बनाए । विमोचन सापकोटाले ६५ तथा प्रदिप पौडेलले ४८ रन बनाए । एभरेष्टका लागि सिजन पौडेलले ४ विकेट लिए भने युवराज ठाकुरले ३ तथा शिवकुमार महतोले २ विकेट लिए ।   

पोखरा:  कास्कीको लेखनाथमा शुक्रवार देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो क्वाटफाइनल खेलमा  स्याङ्गजाको होराइजन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको  ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागिता रहेको उक्त  प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ । शनिवारको खेलमा स्याङ्गजाको होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ द म्याच बन्न सफल भइ रु पाँच हजार पुरस्कार जितेका थिए ।   प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो । निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जित निकाल्यो । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन । पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि ३–० को शानदार जित दर्ता ग¥यो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो । च्याम्पियनसिपअन्तर्गत भोलि आइतबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र न्यू डायमण्डबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै पुलिस र थाइल्यान्ड क्विन्स भिड्नेछन् ।  त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।   माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । 

काठमाडौं:  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।   महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।  टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो ।  जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो ।  नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा  सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट लिनुभयो ।  १३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो ।  चार विकेट गुमाएको नेपालले १९ ओभर तीन बलमा १३३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।   यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ ।  घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ ।  पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो ।  अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ । उक्त खेलको नतिजाले नेपालको सुपर सिक्स यात्रा तय गर्नेछ । चार वटा खेल खेलिसकेको जिम्बाब्बे सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ ।