नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

पोखरा:   बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ ।   पोखरा १ टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो ।      लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे ।   यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए ।    गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो ।   उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।     य​स्तै उपविजेता बनेको रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्याे ।   कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै साइकल प्राप्त गरे ।   उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए ।      यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी ट्रफीसहित जनही नगद रु ८/८ हजार प्राप्त गरे ।   सो प्रतियोगिताबाट अनुशासित टिमका रुपमा फायर पिज्जा नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।   विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका क्याप्टेन रक्षबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।            फाइनलमा लामागाउँसँग स्तब्ध बनेको उपविजेता टिम रामघाट ।    

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्ष्य छ ।   भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ।   नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ।    नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो।   त्यसयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन।   उता इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ।   आज एकअर्काविरुद्ध मैदान उत्रिँदा नेपाल र इटाली दुवै पहिलो जित हासिल गर्ने दाउमा हुनेछन्।   सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ। आफूले जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने हुन्छ।   समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन्।    अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्।   यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ।   एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्।   समान २/२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन्।   समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।   माघ २४ देखि भारत र श्रीलंकामा एकसाथ सुरु टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्।

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।   जावलाखेलको जितमा दुवै गोल दोस्रो हाफमा विदेशी खेलाडीले गरे ।   पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुआती समयमा जावलाखेलले अग्रता बनाएको थियो ।   ५४ औं मिनेटमा मछिन्द्रका डिफेन्डरले बल क्लियर गर्न नसक्दा निकोलस ओडेन ह्यामिल्टनले उक्त बललाई गोलमा परिणत गरे । निकोलस नै खेलमा म्यान अफ दी म्याच चुनिए ।   ६६ औं मिनेटमा निकोलसको पासमा बुबाकर सिसोखोले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । मच्छिन्द्रले दोस्रो हाफमा गोल गर्न नसकेपछि २–० को पराजय भोगेको हो । जावलाखेलले अब क्वाटरफाइनलमा चर्च ब्बाइजसँग प्रतिष्पर्धा गर्नेछ ।   सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।   प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा दीप युनाइटेड, रामघाट निलो, लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जा एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   क्लबका अध्यक्ष सन्तोष गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो क्वाटरफाइनल खेलमा दीप युनाइटेडले आयोजक बिटी ‘टिम ए’ लाई २–० गोल अन्तरले पराजित गर्दै दीप अन्तिम चारमा प्रवेश गर्याे ।   दीपको जीतमा सोभित भण्डारी र लोकेन छन्त्यालले समान १/१ गोल गरे । उक्त खेलबाट दीप युनाइटेडका अमित गुरुङ म्यान अफ द म्याच बने ।   यसैगरी दोस्रो खेलमा रामघाट निलोले एमटियुसीलाई १–० गोल अन्तरले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एमटियुसीका विमल ठकुरीको आत्मघाती गोलका कारण एमटियुसी क्वाटरफाइनलबाटै बाहिरियो ।   सो खेलबाट रामघाटका रोशन नेपाली म्यान अफ द म्याचबाट पुरस्कृत बने ।   तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले बिटी क्लब ‘टिम बि’माथी २–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।   लामागाउँको जीतमा सरोज गुरुङ र दिवस छन्त्यालले समान समान १/१ गोलको योगदान दिए । उक्त खेलबाट लामागाउँका सरोज तितुङ म्यान अफ द म्याच बने । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डेभिजफल्स क्लबमाथी फायर पिज्जाले ५–० को फराकिलो गोल अन्तरले सहजै जीत निकाल्यो ।   फायर पिज्जाको जीतमा म्यान अफ द म्याच बनेका मनिष ठकुरीले ह्याट्रिक पूरा गरे भने, अंकित गुरुङ र मनोज गुरुङले समान १/१ गोल गरे ।   बुधबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल दीप युनाइटेड र रामघाट निलोबीच हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।     उनका अनुसार दोस्रो सेमिफाइनल खेल लामागाउँ गुम्बा ‘टिम बि’ र फायर पिज्जाबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ ।   कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने संयोजक गुरुङले बताए ।   उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।   प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका सम्पूर्ण खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।   उनका अनुसार आज भएको पहिलो खेलमा दीप युनाइटेडले रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै दीप क्वाटरफाइनलमा प्रवेश गर्याे ।   दीप युनाइटेडको जीतमा लोकेन छन्त्यालले निर्णायक गोल गरे ।   यसैगरी दोस्रो खेलमा डेभिज फल्सले लभ्ली ब्वाइजलाई २–० गोल अन्तरले हरायो । डेभिज फल्सको जीतमा सँगम गुरुङ र विरेन्द्र मल्ल ठकुरीले समान १/१ गोल गरे ।   तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले एट टु नाइनमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।     लामागाउँको जीतमा समन श्रेष्ठले निर्णायक गोल गरे ।     चौंथो खेलमा फायर पिज्जाले एनएसवाइसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । फायर पिज्जाको जीतमा अंकित गुरुङले २ गोल गरे भने नवराज गुरुङले १ गोलको योगदान दिए ।   यसैगरी पाँचौ खेलमा बिटी क्लब ‘टिम बि’ले रामघाट हरियोलाई २–० गोल अन्तरले पराजित गर्याे । बिटीको जीतमा नारायण कार्कीले २ गोल गरे ।    आयोजक बिटी ‘टिम ए’ र ठमेल एकताबीच भएको छैटौं खेल गोलरहित भएपछि पेनाल्टीमा आयोजक ३–२ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।   यसैगरी स्याङ्जा युथ क्लब र एमटियुसीबीच भएको सातौ खेल पनि गोलरहित भएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले एमटियुसी विजयी बन्यो ।   आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’माथी रामघाट ह्वाइटले ४–० को फराकिलो गोल अन्तरले सहज जीत निकाल्यो ।    रामघाटको जीतमा विश्वास श्रेष्ठले २ गोल गरे । यस्तै आयाम क्षेत्री र सविन नेपालीले समान १/१ गोलको योगदान दिए ।    अब बुधबार वाटरफाइनलका ४ खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।   डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे ।   यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे ।   तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।   लामागाउँको जीतमा सरोज तामाङले निर्णायक गोल गरे ।   चौंथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा राजेश राजपाल र समिर पुरीले समान १/१ गोल गरे । भने, डल्ला एफसीको तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना १ गोल फर्काए ।   एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीच भएको पाँचौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ गोल अनतरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।   'सिक्स भर्सेस सेभेन'   यस्तै आज भएको अन्तिम खेल निकै रोचक बन्यो । मिक्की एफसी र रामघाट ह्वाइटबीच भएको खेलमा १४ औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गरे ।   त्यसपछि खेलको दोस्रो हाफको २१ औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले १ गोल फर्काउदै खेल बराबरीमा ल्याए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्डको शिकार बने ।    रामघाट ६ जना खेलाडीमा सिमित बन्यो । तर, त्यसको फाइदा भने मिक्की एफसीले उठान सकेन ।     रामघाटमाथि हाबी भएपनि खेलको २९ औं मिनेटमा रामघाटका लागि सुदेश गुरुङले अर्काे गोल गर्दै दोब्बर बनाए ।   अन्त्यमा त्यही गोल निर्णायक बन्याे । र, रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।   उनका अनुसार अब मंगलबार प्रिक्वाटरफाइनलका ८ खेल हुनेछ ।   प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो ।   पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो ।   आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २१ ब्लमा १८ रनको योगदान दिए ।   प्रतिभालाई विशाल स्कोर बनाउनबाट रोक्ने क्रममा मदरल्याण्डका भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडन ओभरसहित ४ रन खर्चेर ३ विकेट लिए भने विलोभ मल्ल, सद्रीस पौडेल, रमेश भट्ट र शुभम गिरीले १÷१ विकेट लिए ।   १३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सिमित बन्यो ।   मदरल्याण्डलाई सस्तैमा समेट्न प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट र सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । खेलमा प्रतिभाका अलराउण्डर सफल श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए ।   च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।   प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्स म्यान र बाल मन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने । उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो ।   बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यो प्रतियोगिता ग्रासनेस टु ग्रेटनेस क्रिकेटका लागि कोशेढुंगा सावित हुनेछ ।’   आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।   प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । यसपटक छात्रहरुबाट शुरु गरेका छौं,उनले भने,‘आगामी वर्षदेखि छोराछोरीहरु सबैले खेल्नसक्ने गरी छात्र, छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँछु ।’

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।   स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।   दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह 'बी' मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।   समूह 'डी' बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ।​ अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।    

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।   उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्याे ।   यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।   यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो ।   मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।   रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे ।    छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।     सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले  मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे ।    आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो ।    लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए ।   सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।    प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।