पोखरा: पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८ टिम भिड्ने भएका छन् । आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औं संस्करणको आदर्श कपमा दुई विभागीय क्लबसहित ८ टिमको सहभागिता हुने पक्का भएको हो । पोखरामा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको क्लबका अध्यक्ष पदम गुरुङ बताए । ‘२१ औं संस्करणसम्म जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै अहिले हामी अहिले २६औं संस्करणमा आइपुगेका छौं, अध्यक्ष गुरुङले भने,‘कोभिड लगायत विविध कारणले केही वर्ष प्रतियोगिता हुन नपाएपनि हामीले पुनः प्रतियोगितालाई निरन्तरता दिँदै अहिले पुस ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं ।’ अध्यक्ष गुरुङका प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की ११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ स्याङ्जा, म्याग्दी खेलकुद विकास समितिको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न करिव ६१ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्याईस फुड्स लिमिटेड शुद्धोधन–४ रुपन्देही रहेको छ ।
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो । शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । माघी मेलाको अवसरमा सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। विजेताले सुनारले रु ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उपविजेता भएका उनले ४० हजार नगद पुरस्कार प्राप्त गरे । आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो । आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।
पोखरा–१४ मनकामना टोलमा मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे । उद्घाटन गर्दै मन्त्री थापाले एकआपसमा सौहार्दता वृद्धि गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि आफुले मन्त्रालयकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रतियोगिताअन्तर्गत पहिलो दिन आयोजक मनोहर युवा क्लब ‘ए’ र पोखरा युनाइटेढ अर्को चरणमा प्रवेश गरे । आयोजक टोलीले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत ग¥यो । दोस्रो खेलमा कप्स एण्ड विडर्सको अनुपस्थितीमा पोखरा युनाइटेड वाकओभरमार्फत अर्को चरणमा प्रवेश ग¥यो । १४ टोली सहभागी प्रतियोगितामा भोलि ४ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति पोखरा–१४ र मादी–७ बीच हुनेछ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीलाई १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ । भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ । प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ । प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरू गरिएका छन् ।
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउँस्तरीय पुरुष भलिबल, पुरुष भेट्रान्स भलिबल र क्लबस्तरीय महिला भलिबलमा आयोजक नै च्याम्पियन बनेको हो । पुरुष भलिबलतर्फको फाइनल खेलमा बौद्ध सिर्जना युवा क्लब घलेलले घाचोकलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गर्दै आयोजकले प्रतियोगितामा च्याम्पियन बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार च्याम्यिन बनेको घलेलले नगद रु ८५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपबिजेता बनेको घाचोकले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार हात पार्याे । यसैगरी भेट्रान्स भलिबलतर्फ घलेलले घाचोकलाई २–१ को सेटले पराजित गर्दै उपाधि जित्यो । भने, महिला भलिबलतर्फ घलेलले नयाँपुल साँखुलाई २–१ को सेटले पराजित गर्दै आयोजक नै च्याम्पियन बन्यो । भेट्रान्सतर्फ बिजेताले घलेलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपबिजेता घाचोकले शिल्ड, मेडल तथा नगद रु २० हजार हात पार्याे । महिलातर्फको बिजेता घलेलले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तद्वारा पुरस्कृत भयो । भने, उपबिजेता नयाँपुल साँखुले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । प्रतियोगितामा पुरुष भलिबलतर्फ उत्कृष्ट खेलाडीको रुपमा घलेलका आयुष गुरुङ, भेट्रान्सतर्फ घलेलकै जापान गुरुङ र महिलातर्फ घलेलकै अस्मिता परियार पुरस्कृत बनिन् । प्रतियोगितामा पुरुषतर्फ ३२, भेट्रान्सको ८ र महिलातर्फ ३ टिमको सहभागीता रहेको थियो ।
काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको छ। बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्। उप कप्तान दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी,करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्। बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् । दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुने । नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ। नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्नेछन्।
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा आयोजना हुनेछ । भेट्रान खेलाडीका लागि आपसी भाइचारा कायम गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विरेन्द्र गुरुङले जानकारी दिए । ‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेर हिडेर आज परिवारसँग बस्दै आएका र फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने, ‘यो प्रतियोगितामात्रै होइन । हाम्रो आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने थलो पनि हो ।’ पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैले साथ र सहयोग गर्न उनले आग्रह गरे । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

