आहा! रारा गोल्डकपमा सहारा दोस्रो पटक च्याम्पियन, जावलाखेल उपविजेतामा सीमित
मुकुन्द बने सर्वाेत्कृष्ट खेलाडी
पाेखरा | फागुन ९, २०८२
पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपाधि जितेको हो ।
यो उपाधिसँगै सहारा क्लब दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सहारा क्लबले २०७० सालमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।
२५ औं संस्करणको उपाधि दिलाउन सहाराका मुकुन्द कुमार निउरेले खेलको २५ औं मिनेटमा र टाय डानियल बडारुले ७३ औं मिनेटमा गोल गरे ।
तर, जावलाखेलले भने पाएको मौका सदुपयोग गर्न नसक्दा उपाधि जित्ने लक्ष्य पुरा गर्न सकेन । जावलाखेल १४ वर्षअघि पनि फाइनलमै स्तब्ध बनेको थियो ।
यसपटकको उपाधि विजेता सहारा क्लबले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको जावलाखेलले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
प्रतियोगिताबाट उदीयमान खेलाडीको उपाधिसँगै सर्वाेत्कृष्ट खेलाडीका रुपमा सहाका क्लबका मुकुन्द कुमार निउरे नगद २५ हजार रुपैयाँ र टेल्जीको स्कुटरसहित पुरस्कृत बने ।
यस्तै प्रतियोगिताबाट सर्वाधिक गोलकर्ताका रुपमा प्लानिङ ब्वाइजका पापा इबोइकेबे, उत्कृष्ट गोलरक्षकका रुपमा सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै टाय डानियल बडारु, उत्कृष्ट मिडफिल्डरका जावलाखेलका बोउबाकार सिसोको, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमका धर्बेन्द्र कुँवर घोषित हुँदै जनही ट्रफिसहित नगद रु २५ हजार प्राप्त गरेका थिए ।
मोफसलकै प्रतिष्ठित आहा! रारा पोखरा गोल्डकपको २५ औं सस्करण गत माघ २७ गतेदेखि पोखरा रंगशालामा सञ्चालनमा रहेको थियो ।
आहा! रारा पोखरा गोल्डकपको उपाधि सबैभन्दा बढि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले जितेको छ । यी दुवै टिमले अहिलेसम्म ६÷६ पटक उपाधि जितेको छ ।
पोखरा: नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्र...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...

