चर्च ब्वाइजलाई स्तब्ध पार्दै जावलाखेल सेमिफाइनलमा प्रवेश

पाेखरा | फागुन ४, २०८२

चर्च ब्वाइजलाई स्तब्ध पार्दै जावलाखेल सेमिफाइनलमा प्रवेश

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ । 

 

पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

जावलाखेलको जीतमा ४८ औं मिनेटमा धर्वेन्द्र कुँवरले पहिलो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निकोलस ओडानेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । र,  ९० औं मिनेटमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए ।

 

यता चर्च ब्वाइज क्लबले भने जावलाखेलको दबाब मात्रै सहन पर्याे । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज क्वाटरफाइनलबाट बाहिरिन बाध्य बन्यो । 

 

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् । 

 

अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।

 

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्