काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।   शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...

पोखरा:  कास्कीको लेखनाथमा शुक्रवार देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो क्वाटफाइनल खेलमा  स्याङ्गजाको होराइजन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । होराइजनले आयोजक आदर्श क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको  ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागिता रहेको उक्त  प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ । शनिवारको खेलमा स्याङ्गजाको होराइजन क्लबका जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ द म्याच बन्न सफल भइ रु पाँच हजार पुरस्कार जितेका थिए ।   प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो । निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जित निकाल्यो । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चक जित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन । पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि ३–० को शानदार जित दर्ता ग¥यो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीले पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो । च्याम्पियनसिपअन्तर्गत भोलि आइतबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र न्यू डायमण्डबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै पुलिस र थाइल्यान्ड क्विन्स भिड्नेछन् ।  त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।   माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । 

काठमाडौं:  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।   महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।  टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो ।  जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो ।  नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा  सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट लिनुभयो ।  १३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो ।  चार विकेट गुमाएको नेपालले १९ ओभर तीन बलमा १३३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।   यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ ।  घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ ।  पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो ।  अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ । उक्त खेलको नतिजाले नेपालको सुपर सिक्स यात्रा तय गर्नेछ । चार वटा खेल खेलिसकेको जिम्बाब्बे सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ । 

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन् । च्याम्पियनसिपमा आजको दोस्रो खेल महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुने तालिका छ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।   

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत ग¥यो । पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्न सफल रह्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो । आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई स्तब्ध पा¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो । तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत ग¥यो । प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ ।  भोलिको दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । 

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि.  ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन । दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १७ मिलिसेकेण्डमा पार गर्दै तृतीय स्थान पक्का गरे । दौडमा रेम्बो एकेडेमीका रोनाल थापाले शान्तवना स्थान हासिल गरे । महिला तर्फको पाँच किमि दौडको उपाधि सेन्ट मेरिजकी समृद्धि मार्सलले जितिन । मार्सलले निर्धारित दुरी ११ मिनेट ११ सेकेण्ड ९३ मिलिसेकेण्डमा पार गर्दै उपाधिको रक्षा गरिन । दौडमा निर्धारित दुरी १२ मिनेट १७ सेकेण्ड ३७ मिलिसेकेण्डमा पार गर्दै सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले दोश्रो स्थान हाँसिल गरिन । त्यस्तै थ्री एन्जलकी छात्रा ओमेगा शाहीले निर्धारित दुरी १२ मिनेट २४ सेकेण्ड ९९ मिलिसेकेण्डमा पार गर्दै दौडमा तेस्रो स्थान सुरक्षित गरिनभने सेन्ट मेरिजकी दीब्याले शान्तवना स्थान हाँसिल गरिन । महोत्सवको अन्तिम दिन शनिवार महानगर स्तरिय साइकल दौड, ह्वीलचियर दौड, ह्वीलचियर बास्केटवल प्रतियोगिता, आमा समुह तथा टोल बिकास संस्था स्तरिय महिला भलिवलको फाइनल खेल र पुरुष तर्फ टोल बिकास संस्था तथा क्लब बीचको फाइनल फुटवल प्रतियोगिता संगै समापन समारोह हुने महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए । 

पोखरा:  पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता रहेको छ ।  टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र महिलातर्फ थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी जनाएको जानकारी दिए । पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्सले सहभागिता जनाएको आयोजकले जनाएको छ । च्याम्पियनसिपको पहिलो खेल भोलि बिहान ९ बजे महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । दोस्रो खेल पुरुषतर्फको आर्मी र माल्दिभ्स भलिबलबिच हुने तालिका छ । उद्घाटन खेल गण्डकी प्रदेश र एपीएफबिच हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए ।  खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय फुटबलको उपाधि हात पारेको छ । बुधवार सम्पन्न विद्यालयस्तरीय फुटबलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको हो । त्यसैगरी टोल तथा क्लबस्तरीय फुटबलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग  दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए । विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ । छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो । छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो । छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो । छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि  महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए ।  त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे । त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन । त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन ।  त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी  ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतिय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ  तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे । पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए । प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए ।   त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । पुरुष तर्फको भलिबलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ । विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो । क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । महानगर विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो । छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो । पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।