झिर हाउस र बोहोराफाँटलाई क्लबस्तरीय भलिबलको उपाधि
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
पाेखरा | मंसिर १४, २०८२
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (आइतबार) भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै पुरुषतर्फ भने, बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो ।
उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे । यस्तै सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी,झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
यस्तै पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेर मगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेण्डर, नरेठाँटीका दिप्सन ठकुरी उदियमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

