पोखरा:    फेवातालमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  काठको डुङ्गामा भाडामा लिएर फेवातालमा सवार गरेका दुई जना अचानक आएको हावाहुरीका कारण तालको बीचमा अलपत्र ...

तनहुँ:  व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।   ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।   सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।   ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

पाेखराका विभिन्न ठाउँमा आज र भोलि अर्थात् सोमबार र मंगलबार दिउँसो १ देखि ४ बजेसम्म लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।   पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने भएकाे हाे ।   केन्द्रले जारी गरेकाे सूचनाअनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा ‌औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म लाइन आउने छैन ।   यसैगरी भोलि (मंगलबार) सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा लाइन नआउने बताएकाे छ ।  

कास्की:   जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफँै ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागिता थियो । सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो । तर माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु दुई लाख जरिवाना गरेको छ ।  भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड ९ङ० बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो ।   सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना गर्नेलगायत कार्य गरेकामा रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना लाग्ने उल्लेख छ । “तोकिएको परिमाणभन्दा कम परिमाणमा खाजा ल्यानुभयो । तोकिएका परिकारभन्दा निकै कम परिकार थिए, मूल्य तोकिएकै थियो । त्यसैले तत्कालै कारबाही गरेका हौँ”, सहायक प्रजिअ क्षेत्रीले भन्नुभयो । प्रशासनका अनुसार सो भोजनालयका सम्बन्धमा यसअघि समेत उपभोक्ताबाट गुनासो आउने गरेका थिए । 

पोखरा:    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।  शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आपूm आसावादी रहेको बताईन ।  उनले पछिल्लो समय बर्षासंगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठुलो मात्रमा धनजनको क्षति भएको उल्लेख गर्दै क्लवहरुले पीडितहरुका लागि उद्धारसंगै राहतका कार्यमा लागेको बताइन् ।  गभर्नर थापाले गत आउन महिनामा गोरखाको धार्के लगायत विभिन्न ठाउँहरुमा ठुलो मात्रमा धनजनको क्षति भएकाले लायन्स अन्तराष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन ।  उनले यस पटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तराष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको बताउदै विभिन्न ठाउँका पीडितका लागि सहयोग गर्ने योजना बनाएको बताइन् ।  उनले विपत्तिमा परेका नागरिकका लागि क्लवस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर थापाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्नु पर्ने बताइन् । गभर्नर थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्सको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण समेत गराएकी थिइन । पुर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले डिष्ट्रिक गभर्नर थापासहित क्लव पदाधिकारीहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको उल्लेख गरे। उनले डिष्ट्रिक गभर्नर थापासहित पदाधिकारीको योगदानकै कारण उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए ।   त्यसैगरी पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे । लायन वर्ष २०२३÷०२४ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐन बहादु ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, सुन्दर चौतारीका मिना भट्टराई र लियो पोखरा चौतारीका सहनशित पौडेलले जानकारी गराएका थिए ।  उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्य गरेको उल्लेख गरे । त्यसैगरी लायन वर्ष २०२४÷०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमाष दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए ।  उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पोखरा चौतारीका २०२३÷०२४ अध्यक्ष ऐन बहादुर ऐरले गरेका थिए । कार्यक्रमका स्वागत मन्तब्य पोखरा चौतारीका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गभर्नर ध्रुर्ब बहादुर थापाले गरेका थिए ।  कार्यक्रम संचालन पोखरा चौतारीका पूर्व अध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्र बहादुर कार्कीले गरेका थिए ।  त्यस्तै कार्यक्रमा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सचित कृष्ण बहादुर अधिकारीले गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।      पोखरा–३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिनुभयो ।      सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराउनुुभयो ।       पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।      सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुुभएको थियो ।  कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा  लगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गर्नुभएको थियो भने आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले  सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ ।      कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित बन्नुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।  उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तिर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।    शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख  गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ - ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’ उहाँले बडा दशैं, २०८१ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ुसमृद्ध नेपाल, सुखी नेपालीु को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरा:  शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।      स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गर्नुुभएको हो ।      कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृतिका सर्जक बरालले मिहिनेतका साथ महत्वपूर्ण कृति बजारमा ल्याउनुुभएको बताउनुुभयो । सभ्य समाज निर्माणमा यस्ता कृतिको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुुभयो ।      पुस्तकबारे समिक्षा गर्दै प्रा.डा.रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताउनुुभयो ।      नारीहरूको पतिब्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्तिलाई कृतिमा प्रस्तुत गरिएको बताउँदै उहाँले रामायण र महाभारतका पात्रहरूलाई पुस्तकमा प्रस्तुत गरिएको जानकारी दिनुुभयो ।       बर्तमानमा उत्तरआधुुनिकता तर्फ बढीरहेको हाम्रो समाजलाई पुस्तकले पूर्वीय आदर्शमा डो¥याउने काम गरेको उहाँले बताउनुुभयो ।      गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताउनुुभयो । साहित्य, कला संगीतको क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।      स्रष्टा समाज पुम्दीभुुम्दीका कावा. अध्यक्ष नवराज बरालको अध्यक्षता एवम् सचिव ध्रुुबराज बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष हिमलाल बराल, शुक्रराज माध्यमिक विद्यालयका प्रधानाध्यापक नरनाथ बराल, पत्रकार रविन्द्र माकाजुु, कृतिका स्रष्टा शोभाकर बराल, सदस्य राजन बराल, निशान बराल लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा कस्केली अधिकृत समाजका सदस्य बसन्त चालिसेले चिन्ता शीर्षकको कविता वाचन गनुुभएको थियो ।       

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ ।    युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।   उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे ।    सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे ।     यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।   उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सुर्यबहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका समाग्रीहरु उपलब्ध छन् ।   ‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरु एकै ठाउँबाट किन्न पाउनुहुनेछ । त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरु उपलब्ध गराउने  उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौं ।’ व्यवसायी गुरुङले भने  ।    पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।      

पोखरा:    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत पोखरा– चितवन सौराहाका लागि रोयल पोखराको २ वटा सुविधासम्पन्न बस सञ्चालनमा आएको छ ।    दुई पर्यटकीय गन्तव्य जोड्ने गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगन्द्र बहादुर केसीले करिब १ करोड ५० लाखको लागतमा घटस्थापनाको अवसर पारेर आजदेखि सेवा सुरु गरको हो ।   पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका संरक्षक तथा वरिष्ठ यातायात व्यवसायी केशव अधिकारीले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् ।      उक्त बस पर्यटक बसपार्कबाट छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।    उनले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै यात्रुहरुलाई गन्तव्य पु¥याउन लागि परिरहेको बताए ।    ‘देशमा बाढी पहिरो लगायतका विभिन्न कारणले सार्वजनिक यातायात सञ्चालन गर्न धेरै चुनौतीहरु सृजना भएका छन्’, अध्यक्ष केसीले भने, ‘तथापी हामी यातायात व्यवसायी मजदुरहरु आत्मविश्वासका साथ प्रस्थान बिन्दुबाट गन्तव्य विन्दुमा पु¥याउन लागि परिरहेका छौं, ।’    उनले यात्रुहरुलाई सुविधासहितको सेवासहित पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बस पोखरा–चिवतन सौराहा लागि बस सञ्चालनमा ल्याएको समेत बताए ।      ‘यात्रुहरुलाई कति सकिन्छ सुविधासहितको सेवा दिने प्रयास गरिरहेका छौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बसहरु सञ्चालमा ल्याइरहेका छौं’, उनले भने, ‘ सोही सन्दर्भमा पोखरा–चितवनको सौराहा जोड्ने बसको शुभारम्भ गरेका छौं, यसरी नै हामीले पर्यटकीय गन्तव्यलाई जोड्ने गरी भिआईपी गाडी सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’   सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यसहित दुर्घटनारहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित यातायात व्यवसायीहरु लागि परिरहेको बताए ।    उनका अनुसार पोखरा– चितवनको सौराहा र सौराहा–पोखरा बिहान ७ बजे बस छुट्नेछ । भने, भाडादर १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।