पोखरा:    गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ ।   कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन...

पोखरा:   नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा बल बहादुर रोकामगर सर्वसम्मत चयन भएका छन् ।   शनिबार भएको २० औं जिल्ला अधिवेसनबाट रोका मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   सो समितिको उपाध्यक्षमा कवितामा घर्तिमगर, सचिवमा दिपाल थापा मगर, सहसचिवमा प्रमिला थापा मगर र कोषाध्यक्षमा इन्द्रा थापा मगर निर्विरोध चयन भए ।   यस्तै सदस्यहरुमा करण पुन मगर, जीत बहादुर राना मगर, मिलन रोका मगर, मनोज खासु मगर, अस्मिता बुढाथोकी मगर, विजय बरम मगर, गुँरास राना मगर, कृपा थापा मगर, विना पुन मगर, सृजना घर्ति मगर, लक्ष्मी थापा मगर, सविना सोती मगर, दिपिका पुन मगर, चन्द्र बहादुर रोका मगर र तविना सेरपुन्जा मगर चुनिए ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए ।  परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३÷३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका हुन् । प्रतियोगितामा विभिन्न १३ समूहले प्रतिस्पर्धा गरेका थिए भने, सहभागी समूहलाई २÷२ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो । उनीहरु सबैलाई वडाध्यक्ष देवकृष्ण पराजुलीसहित वडाका जनप्रतिनिधिले नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् ।  यस अगाडि प्रतियोगिताको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले सबै जातजातिको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रसंशा गरे ।  प्रतियोगिताको उद्घाटन सत्रमा वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु सहायक चौथो मेनुका पौडेल र सहायक पाँचौं मनमायाँ रानालाई सम्मान गरिएको थियो ।  त्यसैगरी लाखे नाँच प्रतियोगितामा दोस्रो र सान्त्वना हुन सफल समूहलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष पराजुली र उपस्थित जनप्रतिनिधिले खादा, प्रमाण पत्र र नगदसहित सम्मान गरेका हुन् ।  प्रतियोगिताको आयोजक पोखरा ४ का वडाध्यक्ष पराजुलीले विकास आवशयकताको आधारमा हुने भन्दै संस्कृति संरक्षणमा वडा नम्बर ४ लागि परेको बताए ।  गण्डकी प्रदेशसभाकी पूर्व सांसद प्रभा कोइरालाले हेर्न र सुन्न पनि नसकिने गीतले संस्कृति संरक्षण गर्छन भन्न नसकिने बताइन् । उनले तीजको भावना र मर्म अनुरुपका गीत गाउनुपर्नेमा जोड दिइन् ।  उद्घाटन सत्रमा वडा नम्बर २ का वडाध्यक्ष एवं महानगरमा कांग्रेस दलका नेता दिवशमान प्रधानांग, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला, नविन मावि व्यवस्थापन समितिका अध्यक्ष शिरोज कोइराला, वडा सदस्य पार्वती माकाजु लगायतले शुभकामना थिए ।  पोखरा ४ गणेश गुठी परिसरमा भएको प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु कृष्ण सुवेदी, सुनिता नेपाली र दुर्गा कोइराला लगायतको बेजोड प्रस्तुति समेत रहेको थियो । 

पोखरा:    गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ ।  पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भए ।  द्वितीय भएको म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय भएको तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे । प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे ।  सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरे ।  प्रतियोगिताको लागि जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो । 

पोखरा:     पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।   यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद रु एक लाख,  ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको हो । यसैगरी ग्लोबल कलेजियट माविले द्वितीय स्थान हासिल गरी नगद रु ५० हजार तथा फिस्टेल एकेडेमीले तृतीयसहित नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियागिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिष्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिष्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए । त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, बेष्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए । प्रतियोगितामा पब्लिक च्वाइस गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइस मदरल्याण्ड मावि (बी) घोषित भए ।  विधागत रूपमा उत्कृष्ट भएकालाई नगद रु पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष हर्कराज गुरुङलगायतले पुरस्कार वितरण गरे ।  महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । गीत सङ्गीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको उनले बताए । 

पोखरा ४, सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।    सो साधारणसभामा संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेस गरे ।   यस्तै, कोषाध्यक्ष घननाथ सापकोटा र लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज अधिकारीले क्रमश: कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेस गरे ।    सो अवसरमा उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट कारोबारीतर्फ राजकुमार श्रेष्ठ, बुद्धिमाया कार्की, टीकाराम कामी, पार्वती सिग्देल मर्सानी, सचिन अधिकारी, प्रवीण खेतान, कल्याणप्रसाद मल्ल, रेशम थापामगर, समीता अधिकारी, यज्ञ खत्री छन् ।   कर्मचारीतर्फ बजार प्रतिनिधि अनीशा पौडेललाई सम्मान गरिएको थियो ।    सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष श्यामप्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पोखरेल, चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने, सम्मानित व्यक्तित्वतर्फबाट राजकुमार श्रेष्ठ, शेयर सदस्यतर्फबाट सीमा कोइराला, सूर्य लम्सालले मन्तव्य व्यक्त गरे ।    सहकारी अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत र सदस्य सुलोचना देवकोटाले सहकारीका सात सिद्धान्त वाचन गरे ।    संस्थाका सचिव सञ्जय पौडेलले संचालन गरेका थिए ।  

पोखरा:   ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोल्मा सञ्चालित  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीजको अवसरमा पूर्व प्राथमिक तहदेखि मा.वि. तहसम्म बाल गीत तथा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।    पूर्व प्रा.वि.तर्फबाट दुई समूहमा विभाजन गरी मूल्यांकन गरिएकोमा कक्षा नर्सरी र एल.के.जी.मा कक्षा एल.के.जी. प्रथम र कक्षा यू.के.जी. ‘क’ र ‘ख’ र कक्षा १ को मूल्यांकनमा कक्षा १ ले प्रथम स्थान प्राप्त गरेका थिए ।    आधारभूत जुनियरमा कक्षा २ देखि ५ तर्फबाट कक्षा ५ मा अध्ययनरत छात्राहरुद्वय आकृति पाण्डे र अदिती तिमिल्सिना प्रथम, कक्षा ३ का छात्रछात्राहरु मौ भौमिक,सइशा तामाङ, काव्या बि.क., अनुस्का अधिकारी, एस्टल गुरुङ र सौगात हमालको समूह द्वितीय, कक्षा ३ कै छात्रा सुजिता बाल्कोटी तृतीय र कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा २ की छात्रा बिपासा मल्ललेसान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।    कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्राहरु प्रशंसा कार्की,आयुष्का पाइजा, अंशु भुजेल, आरोसी देवकोटा, आशिका देवकोटा र प्रशंसा सुनारको समूह प्रथम, कक्षा १० मा अध्ययनरत छात्राहरु सुजिता सुनार, लुनिभा कपाली र साइना बुद्धाचार्यको समूह द्वितीय र कक्षा १० मा अध्ययनरत छात्रा अनिता बि.कले तृतीय स्थान प्राप्त गरेका थिए ।    विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य कृष्णकुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभएको थियो ।   प्राचार्य श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा एम.बि.बि.एस. अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी यस विद्यालयकी पूर्व छात्रा कृषा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।    यस कार्यक्रमको निर्णायक मण्डलमा स्कुलकी नृत्य शिक्षिका रन्जु बयलकोटी र कविता गुरुङ रहनुभएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।  दुई बर्षे कार्यकाल रहेको समुहको उपाध्यक्षमा मिना द्धारे खाँण, सचिवमा सिर्जना खनाल, सहसचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष निरमाया के.सी र सदस्यहरुमा ज्योती कार्की, लक्ष्मी सापकोटा गिरी,टिका देवी पौडेल, सुवेदी, विमला सुनार, राधा कार्की, मिठु द्धारे खाँण, सन्तोषी गुरुङ रहनु भएको छ ।  पोखरा १७ का वडाअध्यक्ष राधिका शाहीले अधिवेशनको उद्घाटन गर्दै समाजको समग्र विकास निर्माणमा  आमा समुहले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । टोल छिमेक्म्ँ देखिएका विकृती तथा विसंगतिको अन्त्यका लागि आमाहरु संगठित भएर लाग्नु पर्नेमा उहाँको जोड थियो । म्युजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले विभिन्न संघसस्थाको नेतृत्वले आफु नभई समाज केन्द्रीत हुनु पर्नेमा जोड दिंदै आमा समुहहरु क्षमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो । आमा समुहमा आवद्ध परिवारका जेष्ठ नागरिक एवम् दश जोड दुई उत्तिर्ण विद्यार्थीलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको कार्यक्रममा समुहका सदस्यले सामुहिक दर खानुका साथै तीज पर्वको आवरमा शुभकामना आदान प्रदान गरेका थिए । समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व अध्यक्ष हिरा अधिकारी, हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समाजसेवी लिलाबहादुर जिसी, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, पूर्व सहसचिव विष्णुबहादुर द्धारे खाँण, घारिपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेल, सम्मानित विद्यार्थी सम्पन्न श्रेष्ठ, लगायतले आमा समुहको महत्व माथि प्रकाश गर्नुभएको थियो ।  समुहका कोषाध्यक्ष गंगा कुँवरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा  समुहका उपाध्यक्ष अन्जु गुरुङ, सचिव मिना द्धारे खाँण, सहसचिव सिर्जना खनालले समुहले नेतृत्व विकास र बुटिक जुत्ता बनाउने तालिम लगायत विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो । २०५३ सालमा स्थापना भएको आमा समुहले रातोपैह्रास्थित संग्रहालयचोक वहुदेश्यीय भवनका साथै उपल्लो रातोपैरामा शक्तिदेवी मन्दिर निर्माण गर्नुका साथै म्यूजियम मार्गमा चार आना जग्गा समेत खरिद गरेको छ ।   

लेखनाथ:   पोखरा महानगरपालिका  २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।    पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।   सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले आज सयूंक्त रूपमा अनावरण गरे ।   कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।      सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए ।   सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ  ।     यि हुन् कवि पौड्यालका कृतिहरु:-   -ऋतु विचार (खण्डकाव्य) - १९७३ -वुद्धिविनोद (कविताकृति) - १९७३ -सत्यकलि संवाद (कविताकृति) - १९७६ -सत्यस्मृति - २००९ -मेरो राम - २०११ -त्याग र उदयको सन्देश - २००१ -गीताञ्जली (कविताकृति) - १९८६ -तरुण तपसी (नव्यकाव्य) - २०१० -लक्ष्मीपूजा (नाटक) - १९९४ -गौरी-गौरव (नाटक) -लालित्य (कविता सङ्ग्रह भाग १, २) -भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार -भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४ -पञ्चतन्त्र (नेपाली अनुवाद)

पोखरा:    पोखरामा आजदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो ।  कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।   प्रतियोगितामा यस वर्ष सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल प्रतिष्पर्धामा छन् । त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धामा छन् ।   ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।   संघका अनुसार शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले शुक्रबार गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् । फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन शनिबार दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ । संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए ।   प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका सचिव भाष्करध्वज श्रेष्ठले  ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।   प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।