पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

पोखरा: मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् ।  प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज सहित फस्र्ट रनरअप सोममाया तामाङ  बनिन् । सोनी तामाङले मिस बेस्ट वक सहित सेकेण्ड रनरअप हुदा कविना घिसिङ तामाङ मिस पंक्चुवल सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । माया लामाले मिस कल्चरसंगै पपुलर अवार्ड हात पारिन् । यसैगरि खुसी तामाङले मिस ट्यालेण्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनिन् ।  प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकीछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् । विजेता तथा उपविजेताहरुलाइ बिशेष अतिथी नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ,लभ मिस तामाङ पोखरा २०२४ का विजेता एवम कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, मिस तामाङ पोखरा २०२५ का विजेता शिशा लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, कलाकार फुलकुमार बोम्जन, राम लामा लगायतले पुरस्कार वितरण गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणलाई अघि बढाउने कुरामा जोड दिए । मिस तामाङ पोखरा जस्ता कार्यक्रमले तामाङ समुदायका युवतीलाई नेतृत्व, चेतना र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको उनले बताए ।  कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोशिला ब्लोन तामाङ, सह संयोजक शिशा लामा तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ रहेका थिए । गायक फुलकुमार बोम्जन , विवेक दोङ, सन्तोष बस्याललगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

पोखरा:  पोखरामा केही दिन यता फोहोर उठ्न नसकेपछि महानगरपालिकाले आज एक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा केही व्यवधान उत्पन्न भएको जनाएको छ ।  पोखरामा केही दिन यता नियमित फोहोर उठ्न नसक्दा दुर्घन्ध समेत फैलिन थालेको छ । महानगरको शहरी विकास पर्यटन तथा वातारण महाशाखाले एक सूचना जारी गर्दै फोहोर व्यवस्थापनमा देखिएको समस्याको समाधान नहुँदा सम्म सार्वजनिक स्थानमा फोहोर नफाल्न समेत अनुरोध गरेको छ ।  सूचनामा भनिएको , ‘पछिल्लो विकसित समस्याको निराकरणका लागि महानगरपालिका अनवरत रुपमा प्रयत्नशील छ । यस समस्याको समाधान नभएसम्म आफ्नो घर, व्यवसायीक स्थल तथा अन्य क्षेत्रमा उत्पन्न हुने फोहोर सार्वजनिक स्थल, सडक चोक, बसपार्क, ताल तथा नदी किनारामा जथाभावी नफ्याक्नुहुन हार्दिक अनुरोध गर्दछ ।’ यस्तै महाशाखाले सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने एवम् कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न समेत आग्रह गरेको छ ।  पोखरा महानगरपालिकाले अहिले वडा नम्बर ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको छ ।  पोखरा–३३ को झाँक्रीबगरमा पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीयवासीले विरोध गरिरहेका छन् । 

पोखरा:  पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ ।  पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो । अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्थापनमा २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ ।   उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछ भने साँझ ८ बजे पोखरा आइपुग्नेछ ।  यात्रुहरुलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाईटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरु एक स्थानबाट दुई भन्दा बढी यात्रुहरु भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ । महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएका स्टलहरुको समेत कारोबार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए । महोत्सवको छैठौं दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महानगरका विद्यालयहरुमा लागू गर्न आफू तत्पर रहेको बताएका छन् ।    पोखरा सेन्ट मेरिजमा पुस ३० देखि सुरु भएको १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलनको समापन समारोहमा बोल्दै मेयर आचार्यले यस्तो बताएका हुन् ।  शिक्षा क्षेत्रमा सरकारको कतिपय कुराहरु नमिल्ने, पाठ्यक्रम बनाउने सन्दर्भमा होस् वा शिक्षकहरु समेत पुस्तक बिना कक्षाकोठामा नजाने कुराहरुलाई एक्स्ट्रा करिकुलमको माध्यामबाट विद्यार्थीलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने सन्दर्भमा क्वेष्ट नेपालले विद्यार्थी गुणीय चक्र कार्यक्रमबाट उल्लेख्नीय काम गरेको उनको भनाइ रहेको थियो । कार्यक्रममा विभिन्न विद्याका पुरस्कार वितरण गरिएको थियो । जस अन्तर्गत क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईकी कान्छी छोरी मनशा शर्माको सम्झनामा स्थापित मनशा स्मृति सर्व गुणीय व्यक्तित्व पुरस्कारबाट गृष्मा भट्ट ब्राइट फ्युचर सेकेन्डरी स्कुल काठमाडौं, खुशी भट्टराई कुडोस विद्यालय सदन मोरङ, प्रमेस मण्डल झापा मोडल इ. स्कुल, दमक, सम्यक पोखरेल, काठमाडौं युनिभर्सिटी हाइस्कुल चौकोट र सारा काफ्ले बेबिलोन नेश्नल स्कुल काठमाण्डौं सम्मानित भए । यो उक्त पुरस्कारको नवौं शृङ्खला हो । यसै वर्ष स्थापना गरिएको दिनेश चापागाईं अन्तराष्ट्रिय गुणस्तर पुरस्कारबाट भारतका डा. विनिता कामरन पुरस्कृत भइन् । उक्त पुरस्कारको लागि नेपालबाट ३ जना, बेलायतबाट १ जना र पाकिस्तानबाट १ जना गरी ५ सदस्यीय निर्णायक मण्डल बनेको थियो । साथै यसै वर्ष शुरु भएको एसक्युसी क्वालिटी हब अवार्डको लागि देशभरका २६ हबमध्ये एफिनिटी हब, झापा हब र श्रीनगर हब छनौट भएका छन् । त्यसैगरी राष्ट्रिय विद्यार्थी गुणीय चक्र विद्यालय पुरस्कारबाट बेथेल इङ्ग्लिस स्कुल पाल्पा, पाल्पा परागाउँ स्कुल पाल्पा, पिनाकल ज्ञान मन्दिर स्कुल मोरङ पुरस्कृत भए ।   साथै सम्मेलनमा सहकार्यात्मक कला तथा कोलाज प्रतियोगितामा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बारा र अर्किड स्कूल भरतपुरले प्रथम स्थान हासिल गरे भने आरम्भ एकेडेमी नवलपुर र जेसीस इन्टरनेशनल बोर्डिङ स्कूल काठमाडौंले दोश्रो र लिटिल स्टेप एकेडेमी नवलपुर र शान्ति नमुना माध्यामिक विद्यालय रुपन्देहीले तेस्रो स्थान हासिल गरे । सहकार्यात्मक विद्यार्थी गुणीय चक्र ट्रेजर हन्टतर्फ सम्यक गुरुङ, अकुल अधिकारी, आर्या महतो र सियासी सारुको समुह प्रथम, इदुशी राजउपाध्याय, श्वेच्छा आचार्य, आयुष चौधरी र नारायण वलीको समुह दोस्रो र हिमाल भट्टराई, अदिती बजगाई, प्रियंका राजवंशी र युनिका सोतीको समुहले तेस्रो स्थान हासिल गरे । पुरस्कार वितरण समारोहमा क्वेष्ट नेपालका अध्यक्ष नारद कुमार रिजाल, क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश चपागाईं, आयोजक विद्यालयकी प्रिन्सिपल सिस्टर जेसी, क्वेस्ट नेपालका संस्थापक सल्लाहकार फादर लरेन्स मनियार लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सहभागी विद्यालयहरू, सहयोगी संस्था, स्वयंसेवक र आयोजक टोलीलाई प्रशंसापत्र र स्मृति चिह्न प्रदान गरिएको थियो भने समारोहमा क्वेस्ट नेपालका मुख्य सल्लाहकार सुनयनी गुरुङ, एसक्यूसी थिङ्क ट्याङ्क निराजन अधिकारी र सुवर्ण राज केसी, महासचिव राम बाबु अधिकारी, उपाध्यक्ष मोहन कुमार कार्की, सचिव रबि श्रेष्ठ, कोषाध्यक्ष जमुना महर्जन लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सेन्ट जेभियर्स जावलाखेल, ग्यालेक्सी, विजयपुर स्कूल, एलआरआई, एपेक्स स्कूल, सैनिक आवासीय महाविद्यालय, स्मल हेभन स्कूललगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्को २७औँ अन्तर्राष्ट्रिय तथा २०औँ राष्ट्रिय सम्मेलन सन् २०२७ मा सेन्ट जेभियर्स जावलाखेल, ललितपुरमा आयोजना हुने भएको छ । समापन समारोहमा आगामी वर्षको सम्मेलनको लागि झण्डा हस्तान्तरण कार्यक्रममा उक्त विद्यालयका प्रिन्सिपल फादर बोनिफेस टिग्गा, सहायक प्रिन्सिपल रमेश महर्जन र गोदावरी हब संयोजक कुन्दन रिजाललाई झण्डा हस्तान्तरण गरिएको थियो । सेन्ट मेरिजका विद्यार्थी द्वय आश्र्या गुरुङ र साराह गुरुङले सञ्चालन गरेको कार्यक्रममा एसएमएसका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।  

पोखरा:  पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच  प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल बीच प्रतिस्पर्धा हुने छ । माघ ८ गते अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरु बीच माघ १० गते फाइनल प्रतिस्पर्धासंगै सोही दिन पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान हाँसिल गर्ने दुई समुहले क्रमश नगद ५०, ३५, २५, १५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन । चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति दिन प्रतिदिन बढीरहेकोे महोत्सवका सचिवालय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवमा दर्शकको उपस्थितिसँगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार बढीरहेको महोत्सवका अर्थ तथा सटल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा लत्ताकपडा तथा घरायसी सामाग्रीको ब्यापार बढ्दो रहेको छ । महोत्सवमा शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । पंगेनीसंगै कलाकारहरु चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी अर्चना चापागाईको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने हाँस्य ब्यंग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । साँझको लाइभ कन्सर्टमा  पोखरेली ब्याण्ड डी मर्चाको प्रस्तुती रहेको थियो । महोत्सवको पाँचौ दिन माघ ३ गते शनिवार प्रकाश सपुतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्ट तर्फ अनुप्रस्थाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।  

पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।   प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्नुृहुँदै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएको चिन्ता व्यक्त गर्नुभयो ।   ‘नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिरहेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘मुलुकका प्रबुद्ध वर्गहरु, पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति सम्मिलित आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’   आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ७३ करोड ८९ लाख र प्रदेश भित्रका स्थानीय सरकारलाई ९ अर्ब २२ करोड ९३ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो ।   यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई पूरै रकम हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएका देखिएको उहाँले बताउनुभयो ।   कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले गण्डकी प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका काम–कारबाहीहरू उक्त वार्षिक प्रतिवेदनमा समेटिएकोे जानकारी दिनुभयो । उहाँले संक्षिप्त विवरणसहित प्रतिवेदन पेस गर्दै आयोगका गतिविधि र सिफारिसबारे प्रदेश प्रमुखलाई अवगत गराउनुभएको थियो ।   संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार आयोगलाई छ ।

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केटारी चोकमा भएको उक्त मेला माघ ५ गते सम्म चल्ने छ । मेला शुभारम्भ अगाडि फुर्केटारी चोकमा निकालिएको झाँकी सहितको ¥याली हेमजा फाट प्रगतिचोक, मिलनचोक हुदै पुन मेला स्थालमा पुगेको थियो ।   मेलामा शुक्रबार देखि स्वं दिल बहादुर शेरपुञ्जा स्मृतिमा खुल्ला पुरुष, महिला तथा प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता हुने धौलागिरी युवा क्लबका अध्यक्ष तुलबहादुर रोका मगरले जानकारी दिए ।   प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले नगद ६१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला भलिबल तर्फ प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।   त्यसैगरी प्रौढ (भेट्रान्स ३५ वर्ष देखि माथि) भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेले खसी र द्धितीय हुनेले २ वटा भाले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।   मेलामा घैटो फुटाउने, लठो तान्ने, छेलो हान्ने, भाले छुने र कर्ची घुमाई प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा विजयी हुनेले नगद र प्रमाण पत्र पाउने छन् । मेलामा विविध साँस्कृति कार्यक्रम समेत रहेको छ ।   शुक्रबार देखि हुने महिला भलिबल तर्फ पहिलो खेल विहान ९ वजे धौलागिरी युवा क्लब रातो र शान्त भलिबल ट्रे सेन्टर बीच हुने छ ।   कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. २५ का कार्यवहाक अध्यक्ष शुवास भण्डारीले आफ्नो संस्कृति र परम्परा जोगाउनका लागि सवै एकिकृत भएर लाग्न आग्रह गरे ।   ‘तपाईहरु जहाँ बाट आउनुभयो त्यो सँगै आफ्नो संस्कृति र परम्परा बोकेर आउनुभएको छ’ उनले भने, ‘अव हेमजा पनि विभिन्न जात जातिका संस्कृतिले धनि भएको छ, यसको जर्गेन गर्नु हामी सबैको दायित्व हो ।’ उनले वडाको तर्फ बाट यहाँ वस्ने सबैलाई समभाव दृष्टिकोण राखेर अगाडि बढेको उल्लेख गरे ।   सुन्दरपुरी टोल विकास संस्थाका अध्यक्ष राम बहादुर पुनले मेलाले मगरहरुको परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने काम गरेको बताए ।   कार्यक्रमा नेपाल मगर साँस्कृति संघ समन्वय समिति कास्कीकी अध्यक्ष दिल कुमारी फगामी मगर, सह कोषाध्यक्ष ललिता पुन, सदस्य विकास फगामी, झलक राना मगर, धौलागिरी आम समूहकी अध्यक्ष प्रमे कुमारी चोचाङ पुन लागयतले बोलेका थिए ।   धौलागिरी हेमजा मगर समाजका अध्यक्ष नेत्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तम बहादुर रोक मगरले स्वागत र सचिव चुडामणि घर्तिमगरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पोखरा:   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे ।  महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तिश्री संगै लोकदोहारी कलाकारहरु चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए । साँझको लाइभ कन्सर्टमा युवाहरुमाझ चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक बद्री पंगेनी, पार्वती जी.सी. चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, अर्चना चापागाई लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्टमा डी मर्चाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा साँझको लाइभकन्सर्टतर्फ माघ ३ गते अनुप्रस्था, माघ ४ गते दुर्गेश थापा, माघ ५ गते लेकाली ब्याण्ड, माघ ६ गते ए वाई जी, माघ ७ गते रकहेड्स, माघ ८ गते जेम्सी, माघ ९ गते सबिन राई एण्ड फारोह र माघ १० गते भी टेनको प्रस्तुती रहने छ । त्यसैगरी लोकदोहोरी तर्फ माघ ३ गते प्रकाश सपुत र प्रजापति पराजुली, माघ ४ गते समिक्षा अधिकारी, माघ ५ गते अर्जुन सापकोटा, माघ ६ गते प्रीति आले, माघ ७ गते शान्तारानी परियार, माघ ८ गते अस्मिता अधिकारी, माघ ९ गते सम्झना लामिछाने मगर र माघ १० गते प्रकाश दुतराजको प्रस्तुती रहने छ । महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्नुका साथै सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्ताले १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ ।   कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरु बीच स्टेज राउण्डमा प्रश्नउत्तर सम्पन्न भएको छ ।  प्रश्नउत्तर कार्यक्रममा देशभरबाट छनौट भएका ९ जना प्रतिभावान विद्यार्थीहरुको सहभागीता रहेको थियो । कपिलवस्तुको बालज्योति इङ्ग्लिश बोर्डिङ स्कुलका आलोक तिवारी, काठमाडौंको ब्राइट फ्युचर सेकेन्डरी स्कुलकी गृष्मा भट्ट, मोरङको कुडोस विद्यासदनकी खुशी भट्टराई, पोखराको ज्ञान बगैंचा ईङ्गलिस बोर्डिङ स्कुलका प्रसून पन्त, झापा मोडल ईङ्गलिस सेकेन्डरी स्कुलका प्रणव मण्डल र प्रिदिशा बराल, काभ्रेको काठमाडौं युनिभर्सिटी हाई स्कुलका सम्यक पोखरेल, काठमाडौंको बेबिलोन नेशनल स्कुलकी सारा काफ्ले र जगत मन्दिर सेकेन्डरी स्कुलका सुमिन कोइराला पनि छनौटमा परेका छन् । क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईंकी कान्छी छोरी स्वर्गीय मनशा शर्माको सम्झनामा स्थापित यो पुरस्कार यस वर्ष नवौं पटक प्रदान भइरहेको छ ।  जुलाई १३, २०१५ मा मात्र ३० वर्षको उमेरमा निधन भएकी मनशाको स्मृतिमा २०१५ मा स्थापना भएको यस पुरस्कारले अहिलेसम्म २१ जना छात्रा र १९ जना छात्रहरूलाई सम्मानित गरिसकिएको छ । विद्यार्थी गुणीय चक्र कार्यक्रममा विभिन्न विद्यालयहरूबाट छनौट भएका विद्यार्थीहरूको वेब–आधारित साइकोमेट्रिक परीक्षणमार्फत टोटल क्वालिटी पर्सन इन्डेक्स मापन गरिएको थियो । काठमाडौं, पोखरा, कपिलवस्तु, झापा, मोरङ र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीहरू अन्तिम चरणमा पुगेका छन् ।   पाँच सदस्यीय निर्णायक समितिमा क्वेष्ट नेपालका सल्लाहकार/थिङ्क ट्याङ्क निराजन अधिकारी र प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङ,  बेटर चितवन संस्थाका संस्थापक सागर क्षेत्री,  सफ्टवेरिका कलेजका कोर्स डाइरेक्टर सिद्धार्थ न्यौपाने र सेन्ट मेरीज सेकेन्डरी स्कूल पोखराकी इत्तुलोजिजु रहेका थिए । पुरस्कार विजेताहरूले मान्यताको प्रमाणपत्र, ट्रफी र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस पुरस्कारको मूल उद्देश्य विद्यार्थीहरूमा राम्रो चरित्र र स्मार्ट चरित्र दुवैको विकास गर्दै सम्पूर्ण गुणस्तरीय व्यक्तित्व निर्माणमा प्रोत्साहन गर्नु रहेको थियोे । सम्मेलनमा जलवायु परिवर्तन, फोहोर व्यवस्थापन, एआइ र कोडिङ जस्ता समसामयिक विषयमा पनि विशेष कार्यशालाहरू सञ्चालन भइरहेका छन् । जस अन्तर्गत कार्याशालामा सहभागी विद्यार्थीहरुलाई कार्बन फुट प्रिन्ट ,फोहोर व्यवस्थापन र विद्यार्थीको रूपमा हाम्रो दायित्व ,जलवायु परिवर्तन÷ग्लोबल वार्मिङको बारेमा ई। सागर कार्कीले सहजीकरण गरेका थिए । त्यस्तै ए आई र कोडिङ, जिम्मेवार एआई निर्माण, एआईका कारण र नैतिकता, राम्रो भविष्यको लागि कोडिङ, भविष्यका नेताहरूको लागि एआईको बारेमा ई। सिद्धार्थ न्यौपानेले सहजीकरण गरेका थिए । हिंजो देखि तीन दिन सम्म हुने सम्मेलनमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ । सम्मेलनको पहिलो दिन झैं  समानान्तर सत्र, प्यानल छलफल, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण (साइट सिइङ) कार्यक्रमहरू सञ्चालन भैरहेका छन् ।