पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दि...

पोखरा:    पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।    मोटरसाइकल मोडिफाइड गरि ध्वनी प्रदुषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।    ‘कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छौं, डिएसपी शर्माले भने, ‘हामीले पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गर्ने तयारीमा छौं ।’ उ​नले अभियानको क्रममा पहिलो पटके देखि चौथो पटक सम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताए ।    उनले यस अगाडि समेत कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना नै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने २२ वटालाई कारवाही गरिएको समेत बताए ।  मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने (मोडिफाइड) गरी ध्वनी प्रदुषण गर्ने २ हजार ३५ थान मोटरसाइकललाई कारवाही गर्दा २९ लाख ८ सय रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए ।    यो पनि पढ्नुहोस   एक्सनमा कास्की प्रहरी: मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुन्ने कास्की प्रहरीले यस अगाडि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसपलाई समेत नियन्त्रणमा लिई मोडिफाइड नगर्ने शर्तमा छाडेको थियो ।  मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न सवारी धनी र वर्कसप सञ्चालकहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्धा चलाउने कास्की प्रहरीले जनाएको छ ।    स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पाटपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।   

पोखरा:    अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ ।’ अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको उनले जानकारी दिए । भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका लुगा पसल, ह्यान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए । अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ’पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको थापाले दाबी गरे । जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् । यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ । यस अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् । नेपालमा नै रोजगारीको सिर्जना गर्दै विदेश पलायन हुनबाट युवालाई रोक्ने चाहना सौगातको छ । समयसापेक्ष व्यवसायिक लगानीमा उनी विश्वास गर्छन् । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय बजारीकरणमा समेत अंशुभराको प्रचारप्रसारमा उक्त प्रोजेक्ट मार्फत सहयोग पुग्ने विश्वास उनको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै यहाँ बन्ने व्यवसायिक संरचना पनि पर्यटनमैत्री नै बन्नुपर्ने ध्येयका साथ लगानी गरिएको उनले उल्लेख गरे ।

पोखरा:    नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन  पोखरा  पाँचौ इकाई  अधिबेशनले निरोज खतिवडाको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार  सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब  हिमाल पौडेल सह(सचिब  राजन बाबू ढुंगाना  र कोषाध्यक्षमा बिनाय श्रेष्ठ , सह (कोषाध्यक्षमा उत्तम सुबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ , रेशम बिष्ट चयन भएका छन । कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका  उपाध्यक्ष  डा। कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा , एन।एम ।एस ।आर।ए केन्द्रका महासचिव निरज पन्त  एन।एम ।एस ।आर।ए पोखरा इकाई  अध्यक्ष गोपाल बस्नेत साथै  नारायणगढ र लुम्बिनी  इकाई   प्रतिनिधिहरुको समेत उपस्तिथि  थियो ।कार्यक्रममा निबर्तमान अध्यक्ष  सन्तोष श्रेष्ठले सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।  यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले पुर्ब (अध्यक्षहरु प्रमोद ढकाललाई र  दशरथ पाण्डेलाई  संगठनको  सल्लाहकारमा नियुक्त गरेको छ। कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै संगठनका अध्यक्षले मनोनीत  सदस्यमा पहिलो पल्ट महिला सदस्य चयन भएको  खुसी ब्यक्ति गर्दै  मनोनीत सदस्यमा सदिक्षा अर्याल  चयन भएको जानकारी गराए ।   समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै बसेको बैठकबाट  अब अझै  ससक्त रुपमा औषधि र बिक्री बितरण , प्रबर्द्धन  सम्बन्धि  समस्याहरुको समाधानको निम्ति लागीरहने जानकारी दिए ।  

पोखरा  महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।   हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।   थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।   यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्याे ।   तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्याे । चौथो खेलमा ढिकी डाँडालाई लौरुकले हराउदै अघिल्लो चरणमा स्थान बनायो ।   पाँचौ खेलमा सेती दोभानलाई मामा भान्जाको टोलीले पराजित गर्याे । छैटौं खेलमा मट्टिखानलाई बटालियनले पाखा लगाउदै बटालियन दोस्रो चरणमा प्रवेश गर्याे ।    आज भएको अन्तिम खेलमा स्काई लिंकले ताराखोला जापानलाई पराजित गदै दोसो चरणमा स्थान पक्का गरेको सचिव थापाले जानकारी दिए ।     यसअघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माले गरे ।   उनले सो अवसरमा बोल्दै भलिबलको विकासमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताले थप टेवा पुर्याउने धारणा राखे ।   खेलकुद अनुशासनको पहरेदार भएको बताउदै उनले खेलाडीलाई अनुशासित बन्न र एकताको सुत्रमा बाध्न सघाउ पुर्याउने बताएका थिए ।   हल्लनचोक भलिबल कोर्टमा यही ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको छ । आइतबार पनि बिहान ८ बजेदेखि नै बाँकी खेलहरु सञ्चालन गरिने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    

पोखरा:     पोखरा उद्योग वाणिज्य संघको ७० औं  अधिवेशन तथा ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ ।  ३५ औं महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।   संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशनमा अध्यक्षका पत्यासी अर्जुन पोखरेलले आफ्नो प्यानलबाट पदाधिकारीको नामसहित उमेदवारी घोषणा गरे ।  पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कर्माचार्य, उपाध्यक्ष (उद्योग)मा दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य)मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, उपमहासचिवमा बालकृष्ण कोइराला र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् । 

पोखरा:  लेखनाथमा क्रियाशिल आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ दोहोरिएका छन् ।   २७ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनबाट पदम अध्यक्षमा निर्वाचित भएका हुन् ।   सो समितिको उपाध्यक्षमा ओम प्रकाश गुरुङ चुनिए । यस्तै सचिवमा सन्तोष गुरुङ, सहसचिवमा उद्दव गिरी र कोषाध्यक्षमा विष्णु हमाल निर्वाचित भए ।   यसैगरी कार्यसमिति सदस्यहरुमा  कर्ण बहादुर गुरुङ, राजिव भण्डारी, ओम प्रकाश कुमाल, कृष्ण कुमाल, विनोद गुरुङ र सञ्जय पौडेल चयन भएका छन् ।   सो समितिले विविध कारणले रोकिएको आदर्श कप फुटबल प्रतियोगिता को २५ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको नवनिर्वाचित अध्यक्ष पदम गुरुले जानकारी दिए ।   यस्तै उक्त समितिले सामाजिक दायित्वलाई गम्भीरतापूर्वक बहन गर्दै सामाजिक, संस्कृतिक, जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।   भण्डारढिकमा त्रियाशिल रहेको उक्त क्लब विगत लामो समयदेखि खेलकुदसँगै सामाजिक क्षेत्रमा सक्रिय रहदैं आएको छ ।

पोखरा:     नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ ।  पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो ।    प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् ।   मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै  अन्य क्यान्सरको परीक्षण  र होलबडी परीक्षणको प्याकेजसमेत रहेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए  ।  रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस÷इन्सेफ्लाइर्टस प्यानललगायतका परीक्षणको सुविधा नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । ‘हामीले गुणस्तरमा पनि उत्तिकै जोड दिएका छौं’, जोशीले भने ।  २०६९ सालमा बुटवलबाट सुरु भएको नेशनल प्याथ ल्याबले पोखरासहित देशका नौै सहरमा शाखा विस्तार गरेको छ ।  काठमाडांै, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा प्रयोगशाला छन् ।  जसमध्ये काठमाडौं र बुटवल शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता पाएका प्रयोगशाला हुन् । पोखरा शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा ‘बि’ ग्रेड मा सूचिकृत छ ।   संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि पोखरामा प्रयोगशाला स्थापना गरिएको बताए । ‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना संकलन गर्ने व्यवस्था मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्नेछन्’, कार्कीले भने ।  पोखरामा नेशनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धि परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परीक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउछन् ।  प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निशुल्क जाँचको व्यवस्था मिलाइएकोे  पोखरा शाखा प्रमुख अच्युतराज अधिकारीले बताए ।  ग्रामिण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उनले जानकारी दिए ।  नेशनल प्याथ ल्याबले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षण सेवा दिदैं आइरहेको छ । नमुना परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो प्रयोगशाला हो ।  पोखराको प्रयोगशालामा २२ जनाले रोजगारी पाएका छन् । शुभारम्भको अवसरमा होल बडी चेकअपका लागि दुई हजार रुपैैयाँको अफर ल्याएको ल्याबले प्याकेजमा विशेष छुट दिएको छ ।  

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।  स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो । महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्गसहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।   “यस क्षेत्रको धार्मिक पर्यटन वृद्धिका लागि यहाँका बासिन्दाले आस्था राख्नुहुने अन्य धार्मिक क्षेत्रलाई पनि जोड्ने र प्रवर्द्धनको उद्देश्य महायज्ञको छ । माछापुच्छ«े हिमालको सुन्दर पृष्ठभूमिमा सुन्दरमूर्ति निर्माण हुनेछन्”, उहाँले भन्नुभयो ।   भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरूका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेका छन् ।   आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चारदेखि पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताउनुभयो । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका–२ वडा कार्यालय रहेको छ ।   श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ ।  महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण सङ्घसंस्था, आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागिपरेको बताइन्छ ।   माछापुच्छ«े माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले समग्र कास्की जिल्लावासीकै अर्को आकर्षणको केन्द्र बनाई पोखरा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको बसाइ अवधि लम्ब्याउन धार्मिक क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल)ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वस्त छु।’ कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो । मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको, स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तालिमका साथै बाल सुधार गृह र कारगार निरिक्षण, कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । प्रदेश न्याय सेवा आयोग गठन र प्रदेश कानुन निर्माण भएपछि स्थानीय अदालत गठन हुने विषय संविधानले उल्लेख गरेको जनाउँदै उहाँले संघीयता खर्चिलो भएको भनिरहँदा स्थानीय स्तरमा अदालत पुग्दा झनै खर्चभार बढाउनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशलाई सशक्त बनाउनुपर्ने तर देशको व्ययभार घटाउन मुख्य न्यायाधिवक्ताहरुको भेलाबाट सरकारलाई सुझाव प्रदान गरिएको पनि बताउनुभयो । नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ । कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।