पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दि...

पोखरा:  पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन् ।   पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ ।   गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उहाँले निरन्तरता दिइरहनुभएको हो ।   पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।”   परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी -याइँ-याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पूख्र्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।   पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्दर्भहरु सारङ्गी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे ।   यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो । बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गर्नुभयो ।   गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गर्नुभयो । आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उहाँ बताउनुहुन्छ । सारङ्गीलाई गन्दर्भ समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गन्दर्भ समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारङ्गी राख्न भने नछोड्नु है भन्दै आएका छन् ।”   जीवनको सर्वस्व नै सारङ्गी भएको बताउँदै उहाँले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताउनुभयो । “यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो”, उहाँले भन्नुभयो, “त्यस समयमा गन्दर्भहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।”   बाँकी जीवन यही पेसामा समर्पित गर्ने उहाँको रहर छ । नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोलिरहन्छ ।

पोखरा:    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम, जोन नाइन अन्तरगर्तका लायन्स क्लबले पोखरा महानगरपालिका २ स्थितबागलुङ बसपार्कमा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।   लायन्स क्लब अफ पोखरा गतिशिल, लायन्स क्लब अफ पोखरा गोल्डेन भिलेज, लायन्स क्लब अफ पोखरा ग्रिन वेभको सँयुक्त आयोजनामा यही बिहीबार रक्तदानको आयोजना गरिएको ग्रीन वेभकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् ।   उनका अनुसार रक्तदान बिहानी ७ बजेबाट सुरु हुनेछ ।    ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुरीले बताइन् । ‘क्लबले हरेक वर्ष आफ्नो वाषर््िाक कार्यतालिका अनुसार विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘सोही अन्तर्गत हामीले रक्तदानको आयोजना गरेका हौं । यसले रगतको अभावलाई केही हदसम्म कम गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ ।’   अहिले प्राकृतिक विपत्तीका कारण गण्डकी प्रदेशमा तुलनात्मक रुपमा रगतको कमी भएको बताइएको छ ।   सो कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त रञ्चार केन्द्रको रहने छ ।

पोखरा:     गण्डकी प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले प्रहरीलाई उपकरण सहयोग गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहलाई दुई थान ब्रेथलाइजर र एक थान राडर गन हस्तान्तरण गर्नुभयो ।   प्रहरी नायब महानिरीक्षक सिंहले पछिल्लो समय ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गन, टाइम कार्डलगायत प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिनुहुँदै प्राप्त उपकरणले सो अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यस्तै प्रहरीले यहाँ सवारी चालकले मादकपदार्थ सेवन गरेरनगरेको जाँचका लागि ब्रेथलाइजर प्रयोग गर्दै आएको छ । ब्रेथलाइजरको सहयोगमा मादकपदार्थ सेवनगरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालेपछि ‘मापसे’ गरेर सवारी चलाउने प्रवृत्ति घटेको जनाइएको छ । 

पोखरा:    वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ । पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु (द अल्टिमेट एजुकेशन एक्स्पो गर्न लागिए म्यानेजर गौतमले बताए । उच्च शिक्षाका लागि विदेश पढाउन चाहने अभिभावकका लागि कार्यशाला गरिएको हो । यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रुम्जा स्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको एक्सपर्टका म्यानेजर तथा एच।आर हेड सलि देवानले बताए ।  पुम्दीभुम्दीमा गत वर्ष सारिएको बोटविरुवा गोडमेलसहित पार्क सरसफाई कार्यक्रम राखिएको देवानले बताए । विहीबार सिग्नेचर कार्यक्रमका रुपमा नेपाल स्थित २३ वटा ब्राञ्चहरुले एकसाथ विहान साढे सात बजेदेखि रक्तदान कार्यक्रम राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाई, वृक्षारोपण कार्यक्रम राखिएको म्यानेजर देवानले जनाए । अन्तिम दिनको एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने म्यानेजर देवानले जानकारी दिए । अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजिल्याण्ड, यूएसए लगायतका देशका लागि शैक्षिक परामर्श दिइने उनले बताए । शैक्षिक लोनका लागि प्रत्यक्ष परामर्श प्रदान गर्ने हेतु बैंकका प्रतिनिधिसमेत उपस्थित रहनेछन् । एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार एक्स्पर्ट पोखराले जनवरीदेखि अहिलेसम्म ७ महिनाको अवधिमा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ । एक्सपर्ट पोखरामा मात्रै ३५ जना कर्मचारी कार्यरत रहेको बास्तोलाले बताए । अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई गन्तव्य मुलुकमा रहेका शाखाहरुबाटसमेत सहयोग गर्दै आइरहेको बास्तोला बताउँछन् ।

पोखरा:     लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ ।  केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए । उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए । उनले मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नु पर्ने सिजन अहिले भएको बताए ।   सोही अवसरमा अघिल्लो वर्ष लगाएका विरुवाहरुलाई गोडमेल गरेको र १२ वटा विरुवालाई टिगार्ड लगाएको लायन्स क्लब अफ पोखरा मर्दीका सचिब उमाकान्त रिजालले जानकारी दिए । कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोज कुमार अधिकारीले विरुवाको गोडमेल गर्दै विरुवा लगाएर मात्रै नहुने भन्दै त्यसलाई हुकाउनु ठुलो कुरा हुने बताए । 

पोखरा:    पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ ।  महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले  प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए ।  प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिबल क्लबलाई सहभागिताको लागि आमन्त्रण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।  लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेको छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।   

गण्डकी:     गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय ग¥यो ।    महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थाहरुसँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा वर्षदिनसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।       पर्यटकीय राजधानीसमेत रहेको पोखराका मुख्य–मुख्य चोक र सडकमा राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक ठडिएका छन् । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी सालिकलाई स–सम्मान पोखरा महानगरपालिका–१८ स्थित सहिद तथा विभूति उद्यानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । स्थानान्तरण हुनु त परै जाओस् रेखदेख र संरक्षणसमेत नहुँदा केही सालिक बेवारिसे अवस्थामा पुगेका छन् ।       पोखरा–१० अमरसिंहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक त्यसकै एक उदाहरण बनेको छ । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको मुख्य चोकमा अवस्थित उक्त सालिकको दुरावस्थाले मानिसलाई नै गिज्याएको अनुभूति हुन्छ । राष्ट्रिय विभूतिको सम्मानमा राखिएको सालिकमाथि उल्टो अपमान भइरहेको देखिन्छ । घाँसको झाडीभित्र फुङ्ग अडेको अमरसिंहको सालिकले महानगरले सालिक व्यवस्थापनमा देखाएको उदासीनतालाई झल्काउँछ ।       सालिक ठड्याइएको संरचना पनि जीर्ण अवस्थामा पगेको छ । सालिकको चारैतिर बर्खे घाँसले ढाकेको छ । सालिक वरपरको सडक पनि नाजुक अवस्थामा छ । बर्सातका बेला हिलाम्मे र खाल्डाखुल्डी भएको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेकाले उक्त सालिकको चाँडो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।       “महानगरले गत वर्ष नै सडकमा रहेका सालिकलाई सहिद उद्यानमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो तर अहिलेसम्म सो कार्य अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यो विषयमा महानगर प्रमुखलगायतसँग कुरा राख्छु, अमरसिंहचोकसँगै महानगरभित्रका सबै सालिकको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।”      जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नु उचित हुने बताउनुभयो । “सालिक राखिएका संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको सट्टा ट्राफिक आइल्यान्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ”, उहाँले भन्नुभयो, “सालिक भएका कारण अहिलै नै ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको अवस्था नरहे पनि यसको दीर्घकालीन व्यवस्थापनमा भने महानगरले योजना बनाउनुपर्छ ।”       बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । पोखरा–१ हरिचोकदेखि वडा नं २६ अर्घौंचोकसम्मको सडक क्षेत्रमा सालिक छन् ।  अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेको प्रमुख शर्माले बताउनुभयो । “कतिपय ऐतिहासिक व्यक्तित्वहरुका सालिक रहेका ठाउँमा उनीहरुका जयन्तीलगायत कार्यक्रममा मानिसहरुको भीडभाड हुने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या निम्तने गरेको छ”, उहाँले भन्नुभयो ।

पोखरा:     जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।      जनप्रतिनिधिका रुपमा देखे भोगेका अनुभवलाई अधिकारीले तीज गीतमा समेट्नुभएको छ । तुलसी क्षेत्रीको युट्युबबाट सार्वजनिक भएको गीतमा सामाजिक विकास र जनप्रतिनिधिका भोगाइका विषयलाई जीवन्त रुपमा चित्रण गरिएको हो ।      वडाध्यक्ष र उहाँको परिवारबीचको संवादलाई जीवन्त अभिनयका साथ प्रस्तुत गरिएको गीतमा घाम नझुल्कँदै घरबाट निस्कने वडाध्यक्ष साँझ परेपछि तनाब लिँदै घर फर्किएको प्रसङ्गलाई परिवारले आफ्नो कर्मसँग जोड्दै भनेका छन्,      “घर छोडेर हिँड्छौँ तिमी घाम नि नझुल्किँदै,     करिमैले हो मेरो करिमैले हो ।     साँझ परेपछि घर टेक्छौँ सारा तनाव लिँदै,     करिमैले हो मेरो करिमैले हो ।।”       जनताले यस ठाउँबाट आफूलाई निर्वाचित गराएको भन्दै त्यसको जवाफमा भनिएको छ,     “२०७९ मा अघि सारे यो ठाउँबाट मलाई,     जनताले हो मलाई जनताले हो ।     मेरा मनका भावना यी सुनाउँ मैले कस्लाई     जनताले हो मलाई जनताले हो ।।”      घरमा समय दिन नपाउँदाका विवशता, परिवारले गर्ने अनुभूति, गरिबी र बेरोजगारी हटाउनका लागि जनताले दिएको जम्मेवारी, भोट माग्दा सुशासन ल्याउन गरिएका प्रतिबद्धतालगायत विषयवस्तुलाई गीतमा समेटिएको छ ।  वडाध्यक्षको व्यस्तताले घर, खेतबारी, लालाबाला सबै सम्हाल्नुपरेको परिवारको गुनासोका बीच वडाध्यक्षले सपनामा आफूले विकास मात्रै देखेको, दिन दुुःखीका घरमा उनीहरूले छाक टार्न पाएकोलगायत प्रसङ्ग उल्लेख गरिएको छ ।      भरतपोखरीको पुडिटार, कुलिङ हुँदै सिङ्गारेवास बाटोलगायत विकासलाई पनि गीतमा समेटिएको छभने संस्कृति, परम्परा जोगाउनुपर्ने, जनताका समस्या समाधान गर्न घरघरमा पुुगेर गुनासो सुन्ने गरेको विषय प्रस्तुत गरिएको गीतमा रचनाकारसमेत रहनुभएका पोखरा–३३ का वडाध्यक्ष अधिकारीले बताउनुभयो । गीतको छायाङ्कनमा पुडिटारको धार्मिक पर्यटकीयस्थल भुलभुलादेवी मन्दिर, हुडिकोटका साथै वडा कार्यालय देखाइएको उहाँले जानकारी दिनुभयो ।

पोखरा:  नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दाबी गर्नुभएको छ ।   आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।    ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो । त्यसैले यहाँ कुनै गुटका कुरा कसैले गर्छ भने त्यो गुटको हामीले विरोध गर्नुपर्छ’ उहाँले भन्नुभयो ।    यस्तो अवस्थामा पनि साँच्चिकै गुटगत गतिविधि गर्ने र मूलधारमा नआउनेलाई पार्टीको शुद्धिकरण आन्दोलन मार्फत त्यस्ता क्रियाकलापलाई पराजित गरिने समेत उहाँले प्रष्ट पार्नुभयो । प्रदेश अधिवेशनले विभाजनलाई तलतलसम्म पुर्‍याएको भन्दै अब त्यसलाई रोकेर एकमत बनाएर अगाडि बढ्ने बताउनुभयो ।    ‘सबैलाई समेटेर सम्मान गरेर मिसन ८४ मा बहुमतको सरकार स्थापना गर्ने र एक्लै सरकार बनाउने हो’ उहाँले थप्नुभयो ।    एमालेको लोकप्रियता देखेर चारैतिरबाट घेर्ने काम भइरहेको भन्दै उहाँले घेराबन्दी तोडेर लक्ष्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता नहुँदा नेपालमा केही नकारात्मक प्रवृत्ति देखापरेको र जनतामा निराशा छाएको भएपनि राजनीतिक स्थिरता सँगै त्यसको अन्त्य हुने उहाँको भनाई छ ।    ‘राजनीतिक स्थिरता कायम हुने बित्तिकै सबै नकारात्मक प्रवृत्तिहरू अन्त्य हुन्छ, अन्त्य भैसकेपछि त्यसको जगमा उभिएका बनेका नयाँ पार्टीहरू पनि सबै समाप्त हुनेछन्’ उहाँले भन्नुभयो ।   एकताबद्ध ढङ्गले अगाडि बढ्न सक्दा एमाले सबैभन्दा बलियो पार्टी बन्ने ठोकुवा उहाँको थियो । पार्टी भित्र धेरै क्षमतावान व्यक्ति भएकोले सबै एकैपटकमै नेतृत्वमा पुग्न नसकेपनि निरन्तर लागेमा सबैको व्यवस्थापन हुने दावी उहाँको छ ।    नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जगाएको दावी गर्नुभयो ।   नयाँ सरकार गठन पश्चात देशको अर्थतन्त्रले लिएको गतिले त्यसको पुष्टि गर्ने उहाँको भनाई थियो । पार्टीको निर्णयमा बसेर सामुहिक कार्य मार्फत आगामी निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा एमालेको विजय सुनिश्चत गर्ने उहाँले प्रष्ट पार्नुभयो ।   केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । नीतिगत तहमा काम गरे युवालाई नेपालमानै बस्न सक्ने वातावरण बनाउने पूर्व अध्यक्ष समेत रहनुभएका पहारीको वाचा थियो ।   आफूले गर्ने कार्यमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभएका उहाँले युवा सङ्घ नेपालको लोकप्रियताको उचाई बढाउन निरन्तर लाग्ने सुनाउनुभयो । ‘सके इट्टा थप्ने तर मक्कन तथा भत्कन भने कदापी दिन्न’ उहाँले भन्नुभयो ।    नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय युवा सङ्घ नेपालको गरिमालाई बचाउन सबैले मिहेनतका साथ काम गर्नुपर्ने बताउनुभयो ।   राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी इन्चार्ज विकास अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, कास्की सचिव उमेश गुरुङले बोल्नुभएको थियो । कार्यक्रम मार्फत युवा सङ्घ नेपालका इन्चार्जको जिम्मेवारी पूर्व अध्यक्ष राजीव पहारीले प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।