पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो ।    राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।   राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो ।  टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो । ‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’ उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।   राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ । टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

पोखरा:     नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको पोशाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाशलगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो । ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा खोलेको पोशाक घरलाई इजी ग्रुपले पोखरामा भित्राएको छ । पोखरालाई आधार क्षेत्र बनाएर नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा खोलिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए । पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजाभन्दा बढी कामदार उपलब्ध गराएको कम्पनी हो, इजी ग्रुप । इजी ग्रुपले होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्ने ग्रुपका संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए । इजी ग्रुपले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आइरहेको छ । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको विक्री भइरहेको कडेंलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगाइरहेको छ । त्यही इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको हो । पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजी ग्रुपका कडेंल र पोशाक घरका बजगाईंको सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका छन् ।  पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कडेंलले बताए । तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए । गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ थियो । १ करोड लगानीमा खुलेको पोशाक घर हजारौंको मन बस्ने  सपुतको जोड थियो । 

पोखरा:   पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गर्दै साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने लागेको जानकारी दिएको हो ।  नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए । उनले सन् २०१९ देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको बताए ।  ‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, गुरुङले भने, ‘सन् २०१९देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको छ, पछिल्लो समय आदिवासी समुदायको भाषा, सस्कृति लोप हुँदै छ, त्यसैले यस वर्षको दिवसमा लोप भइरहेको भाषा सस्कृति प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराउँदै छौं ।’ अध्यक्ष गुरुङले ३० औं विश्व आदिवासी दिवसमा महासंघले यस दिवसमा भाषाको संरक्षणका लागि नयाँ नारा तय गरेको बताए ।  ‘यस वर्ष हामीले विश्व आदिवासी दिवसमा नयाँ नारा तय गरेका छौं, उनले भने, ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर, भन्ने मूल नारा तय गरेका हौं ।’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन कुमार लामाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २५ गते पोखराको मानवअधिकार चोकबाट सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत हुने बताए ।  विश्व आदिवासी जनजाति दिवसको अवसरमा पोखरामा पत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।   

पोखरा:  पोखरा २१ मट्टिखान सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्स विकको आज अन्त्येष्टी गरिने भएको छ ।   मुक्ति समाज नेपालको अगुवाईमा भएको छलफलबाट मृतक परिवारलाई २१ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी रहेको मुक्ति समाज नेपालका केन्द्रीय  सचिव धन बहादुर नेपालीले जानकारी दिए ।   उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच छलफल भएको थियो ।   उक्त छलफलबाट विद्यालय प्रशासनले, एनप्याप्सन र मुक्ति समाजको तर्फबाट २१ लाख रूपैयाँ दिने सहमति भएको बताइएको छ ।   पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।   ११ जनाको उपचार हुँदैं   उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।   अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् ।   यो पनि पढ्नुहोस   पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै स्कुल बस दुर्घटना अपडेट:  घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो

पोखरा:  तमु धिं नेपाल केन्द्रीय युवा समितिले तमु युवाहरुको क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण तालिम शुरु गरेको छ ।   तमु धिं नेपालको कार्यालयमा सो तालिम शनिबारसम्म चल्नेछ ।   तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बोल्ने कला एवम सफल नेतृत्वका लागि सो तालिम महत्वपूर्ण हुने धारणा राखे ।   उनले क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सघाउने बताउदै आगामी दिननमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तालिममा सहभागि युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।   तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षण दिइन् । यस्तै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।   कुल ३५ जना युवाहरुको सहभागिता रहेको तालिममा युवा समितिका अध्यक्ष रमेश गुरुङको सभापतित्वता भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए ।

पोखरा:    पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको हो ।  हिज्जे प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्राहरुद्वय ममता गुरुङ , प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भएका छन् ।  प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।  

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।  फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने दीपेन्द्र पोखराको एभरेष्ट एफ.एममा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमात अध्यक्ष हुने भने हाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार छन् ।  यस्तै रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य हुन । भने, फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि हुन् ।  उनीहरुलाई फोनिजको स्थापनाका दिवसका दिन साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।  पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।   

पोखरा:   सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित हिजो (बुधबार) पक्राउ गरेको हो ।  प्रहरीले दिप दर्शन होटलका सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थायी घर भई पोखरा बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र होटलका म्यानेजर स्याङ्जा घर भई पोखरा–१७  विरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई ट्रामाडोलको ४३ हजार २ सय ट्याबलेटसहित पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले होटलमा ग्राहक बनेर जाँदा बिक्री वितरणमा रोक लगाएको औषधी  ट्रामाडोलसहित २ जनालाई नियन्त्रणमा लिएको बताए ।  ‘सरकारले यस औषधीको दुरुपयोग बढेपछि बिक्री बितरणमा रोक लगाएको छ’, थापाले भने, ‘हामी होटलमा ग्राहक बनेर जाँदा प्रतिबन्ध लगाइएको औषधी बिक्री बितरण गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हौ ।’   कास्की प्रहरी प्रमुख थापाले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरुले औषधी पसलमा बाँकी रहेको औषधी राखेको खुलाएको जानकारी दिए ।  ‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले औषधी पसलमा बिक्रीमा राखिएको औषधी स्टक रहेको बताएका छन्’, उनले भने, ‘सरकारले यो औषधी विक्री वितरणमा रोक लगाएको छ तर उनीहरुले हामी ग्राहक बनेर जाँदा बिक्री गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेका हौं ।’ उनले होटलबाट बरामद गरेको ट्रामाडोल अहिले अवैध रुपमा बिक्री गर्दा ४० देखि ५० लाख पर्नेे देखिएको बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीले सरकारले बिक्री वितरणमा रोक लगाएको औषधीहरु पसलमा भए नष्ट गर्न समेत अनुरोध गरेको छ ।   

पोखरा:  नेपाली बजारमा लोकप्रिय बन्दै गएको चिनियाँ विद्युतिय गाडी  दिपल (DEEPAL) को पोखरामा पनि बुकिङ खुलेको छ ।   नेपालको आधिकारीक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि हिमालय अर्गानाइजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि. आधिकारिक विक्रेताको रुपमा जिम्मा दिएको छ ।   पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिले बुकिङ खुला गरिएको प्रालिका जनरल म्यानेर मनोज इटानीले बताए ।   उनका अनुसार नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गएर गाडीको बुकिङ गर्न सकिनेछ ।   उनले टेस्ट ड्राइभका लागि एकसाता गाडी  पोखराभित्र उपलब्ध गरिने जानकारी दिए ।   कम्पनीले दिपलको एस०७ र एल०७ लगायत अन्य विभिन्न आकर्षक मोडेलहरु उपलब्ध गर्नेछ ।  उनले ग्राहकले बुकिङ गरेको एक सातामै गाढी उपबल्ध गराइने बताए ।   दिपल एस ०७ कस्तो छ ?   दिपलको एस ०७ इ  एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ ।   नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४ सय १० देखि ४ सय ८५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ ।   एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । छोटो समयमा निकै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।   हिमालय अर्गनाइजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडी लागि नेपालको आधिकारिक विक्रेता हो ।   विगत ३ दशक भन्दा बढि समयखि उक्त अर्गनाइजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहदैँ आएको छ ।  (बुकिङका लागि सम्पर्क ९८५६०४७६६६ वा ९८५६०३७३४९)