पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगर...

पोखरा:    विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ । विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरि रहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो । पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । होटल पोखरा ग्राण्डका एचआर मेनेजर कल्पना बरालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोगी पुस्तक उपलव्ध गराएको जानकारी दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, सदस्यहरु हरिप्रसाद बास्तोला, डिलमाया भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, कमल आचार्य, भिम रिजाल, पोखरा ग्राण्डका प्रेम कुमार कटुवाल, विष्णुप्रकाश श्रेष्ठ र तिलक शर्मा लगायतले विद्यार्थीलाई पुस्तक वितरण गर्नुभएको थियो ।     पुस्तक एक बर्षपछि फिर्ता गरि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पुनः वितरण गरिने कार्यक्रम रहेको विद्यालयका शिक्षक तुलसी गिरीले  कार्यक्रममा जानकारी दिनुभयो ।   

पोखरा:     गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ ।      सङ्घले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा आज पोखरामा आयोजित समारोहमा उक्त पदमार्ग घोषणा गरेको हो ।      पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै औपचारिक रुपमा घोषणा गर्नुभयो । उहाँले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।      पर्यटन क्षेत्रको विकासलाई दृष्टिगत गर्दै प्रदेश सरकारले प्रदेशस्तरीय पर्यटन गुरुयोजना तयार गर्ने मन्त्री गुरुङले बताउनुभयो । गण्डकी प्रदेशमा आठ हजार मिटर भन्दामाथि तीनवटा हिमाल रहेका चर्चा गर्दै उहाँले यहाँको पर्वतीय र पदयात्रा पर्यटनको सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।      गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले गत जेठ २१ देखि ३० गतेसम्म ताङतिङबाट तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा इञ्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट, सञ्चारविज्ञ, पर्यटक पथप्रदर्शकसहित ३७ सदस्यीय टोलीले स्थलगत अनुसन्धान गरेको जानकारी दिनुभयो ।       सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताउनुभयो । प्रकृति र संस्कृतलाई पर्यटनसँग जोड्ने यो पदमार्गको संरक्षण, प्रवर्द्धन र उपयोगमा राज्य तथा निजी क्षेत्रको सामूहिक प्रयास आवश्यकरहेकामा उहाँले जोड दिनुभयो ।      सङ्घका केन्द्रीय सदस्य सञ्जीव गुरुङले हिमाललाई नजिकबाट नियाँल्दै पदयात्रा गर्न सकिने यस पदमार्गको पर्यटकीय दृष्टिकोणबाट पनि प्रवद्र्धन गर्न सकेमा नेपालको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।      गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेदबहादुर गुरुङले यसको संरक्षणसहित पर्यटकीय उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताउनुुभयो ।      प्रदेशसभा सदस्य देवका पहारी, मादी गाउँपालिका अध्यक्ष देवीजङग गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गुरुङ पर्यटन व्यवसायी सङ्घ केन्द्रका कार्यवाहक अध्यक्ष बाबुराम गुरुङ, गण्डकी प्रदेशका महासचिव तुल गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) का प्रमुख रवीन कडरिया, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायत सहभागीले पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।  -RSS

पोखरा:     पोखरा महानगरपालिका–२१ कृष्ती क्षेत्रका सुन्तलामा कत्ले कीराको प्रकोप देखिएको छ ।  यहाँको काफलबोटेलगायतका स्थानमा झण्डै एक सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा कत्ले कीराको प्रकोप देखिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।      कत्ले कीराको प्रकोप बढ्दै गएको कृषकहरूबाट जानकारी आएपछि प्राविधिकसहितको टोली पुुगेर सुुन्तला बगैँचाको स्थलगत अवलोकन गरिएको उहाँले बताउनुुभयो ।  उक्त कीराको प्रकोपबाट सुन्तलालाई बचाउनका लागि कृषकहरूलाई आवश्यक प्राविधिक सल्लाह दिइएको र त्यसअनुसार उनीहरू लागिसकेको उहाँले जानकारी दिनुभयो ।      उहाँका अनुुसार कत्ले कीराको शरीरको रङ्ग रुखको पात तथा बोक्रसँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न सकिदैन । मसिना, गोला तथा चेप्टा राता खैरा रङ्गका यी कीराहरु मैनाको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागमा चुसी नोक्सान गर्छन् । यो कीरा लागेको ठाउँमा कमिला देखिन्छ ।       यसले विरुवाको पात, डाँठ, मुना र फलबाट रस चुस्दछन जसको फलस्वरुप बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यी कीराले धेरै क्षति पु¥याउँछन् । नरम शरीर भएका कत्लेकीराले आफ्नो शरीरबाट मह जस्तो गुलियो पदार्थ निकाल्छन् ।  यस्तो गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भइ पातलाई ध्वासो जस्तो पदार्थले ढाक्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी पातमा खाना बन्ने प्रक्रियामा अवरोध पु¥याउछ । ध्वाँसो लागेका फलको गुणस्तर राम्रो हुँदैन । कतिपय कत्ले कीराले कलिला फलमा पनि आक्रमण गर्ने उहाँले जानकारी दिनुुभयो ।      कृष्ती क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि समय समयमा विभिन्न कीरा एवं रोगको प्रकोपका साथै फूल फूल्ने तथा बतिला लाग्ने समयमा आउने असिना गम्भीर समस्याका रुपमा रहेको यहाँका स्थानीयवासी बताउँछन् । 

पोखरा:     पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।  पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।      यस सम्बन्धमा तल्लो गगनगौँडाडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुभयो ।      यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुुभयो ।

पोखरा:  वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले तानेको छ ।    गत सालको असोजमा बैदामको कमाण्ड सम्हालेका श्रेष्ठलाई गत शुक्रबार प्रहरी प्रधान कार्यालयले कार्य विभाग अन्तरगत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो ।   लेकसाइडका व्यवसायीहरुबाट नगद असुलेको र विभिन्न बहानामा दुख दिएको आरोप लगाउदै उनी विरुद्ध पोखराका पर्यटन व्यवसायीको नाममा अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।   उक्त उजुरी गत महिनाको ३० गते दर्ता भएको थियो ।    यो पनि पढ्नुहोस   बैदामका प्रहरी प्रमुख डिएसपी श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी त्यसपछि श्रेष्ठ प्रहरी प्रधान कार्यालय तानिएका हुन् भने उनको स्थानमा मानवस्रोत विभागमा कार्यरत सन्तोष निरौलालाई सिफारिस गरेको छ ।  प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । 

पोखरा:    आज साउनको पहिलो सोमबार ।   पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ ।    यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ ।   केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ ।   बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो ।     मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ  भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ । थप तस्बिरहरु:-                            

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।   मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षा हुने प्रक्षेपण छ।   महाशाखाले सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई  स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।

पोखरा:    पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ ।      समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुुभयो ।      प्रत्यक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उहाँले उक्त दिन सार्वजनिक विदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताउनुुभयो ।      एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रिन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताउनुुभयो । यस अभियानले पोृखरालाई सफा बनाउने कुरामा जनचेतना अभिबृद्धि समेत गर्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।      कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारीहरू समाजिक उत्तरदायित्व अन्तर्गत यस अभियानमा जोडिने बताउनुुभयो । प्रत्येक महिनाको एक दिन यस अभियान अन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उहाँले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुुभयो ।      पोखराको फेवातालस्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो । सरसफाईमा तीनवटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्रसेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायी लगायतको उपस्थिति थियो । 

पोखरा:   पोखराः  सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४६ युनिट संकलन भएको छ ।   ‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित शनिबार नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।   उनले प्राकृतिक प्रकोप तथा विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको बताए । ‘हामीले खेलकुदसँगै सामाजिक काममा पनि निरन्तर लागिरहेका छौं, उनले भने, ‘अहिले विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरेका हौं ।’   कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उचित समयमा रक्तदानको आयोजना गरेको भन्दै किङ्स क्लबको प्रशंसा गरेका थिए ।   उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।